< विलाप 2 >
1 परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।
主何竟发怒,使黑云遮蔽锡安城! 他将以色列的华美从天扔在地上; 在他发怒的日子并不记念自己的脚凳。
2 परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।
主吞灭雅各一切的住处,并不顾惜。 他发怒倾覆犹大民的保障, 使这保障坍倒在地; 他辱没这国和其中的首领。
3 भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।
他发烈怒,把以色列的角全然砍断, 在仇敌面前收回右手。 他像火焰四围吞灭,将雅各烧毁。
4 शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।
他张弓好像仇敌; 他站着举起右手, 如同敌人将悦人眼目的,尽行杀戮。 在锡安百姓的帐棚上 倒出他的忿怒,像火一样。
5 परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।
主如仇敌吞灭以色列和锡安的一切宫殿, 拆毁百姓的保障; 在犹大民中加增悲伤哭号。
6 उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।
他强取自己的帐幕,好像是园中的窝棚, 毁坏他的聚会之处。 耶和华使圣节和安息日在锡安都被忘记, 又在怒气的愤恨中藐视君王和祭司。
7 परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।
耶和华丢弃自己的祭坛, 憎恶自己的圣所, 将宫殿的墙垣交付仇敌。 他们在耶和华的殿中喧嚷, 像在圣会之日一样。
8 परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्ट गर्नबाट आफ्नो हात रोक्नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
耶和华定意拆毁锡安的城墙; 他拉了准绳, 不将手收回,定要毁灭。 他使外郭和城墙都悲哀, 一同衰败。
9 त्यसका मूल ढोकाहरू भुइँमा ढलेका छन् । उहाँले त्यसका मूल ढोकाका गजबारहरू नष्ट गर्नुभएको छ, र भाँच्नुभएको छ । त्यसका राजा र राजकुमारहरू जाति-जातिहरूका बिचमा छन्, र व्यवस्था रहँदैन, अनि त्यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन् ।
锡安的门都陷入地内; 主将她的门闩毁坏,折断。 她的君王和首领落在没有律法的列国中; 她的先知不得见耶和华的异象。
10 सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन् । तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्ग्रा लगाएका छन् । यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन् ।
锡安城的长老坐在地上默默无声; 他们扬起尘土落在头上,腰束麻布; 耶路撒冷的处女垂头至地。
11 तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।
我眼中流泪,以致失明; 我的心肠扰乱,肝胆涂地, 都因我众民遭毁灭, 又因孩童和吃奶的在城内街上发昏。
12 तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन् ।
那时,他们在城内街上发昏,好像受伤的, 在母亲的怀里,将要丧命; 对母亲说:谷、酒在哪里呢?
13 हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ?
耶路撒冷的民哪,我可用什么向你证明呢? 我可用什么与你相比呢? 锡安的民哪,我可拿什么和你比较,好安慰你呢? 因为你的裂口大如海, 谁能医治你呢?
14 तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।
你的先知为你见虚假和愚昧的异象, 并没有显露你的罪孽, 使你被掳的归回; 却为你见虚假的默示 和使你被赶出本境的缘故。
15 यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे?”
凡过路的都向你拍掌。 他们向耶路撒冷城嗤笑,摇头,说: 难道人所称为全美的, 称为全地所喜悦的,就是这城吗?
16 तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् । तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलेका छौँ । हामी यही दिनको प्रतीक्षामा थियौँ । यही हेर्न हामी बाँचेका छौँ ।”
你的仇敌都向你大大张口; 他们嗤笑,又切齿说: 我们吞灭她。 这真是我们所盼望的日子临到了! 我们亲眼看见了!
17 परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।
耶和华成就了他所定的, 应验了他古时所命定的。 他倾覆了,并不顾惜, 使你的仇敌向你夸耀; 使你敌人的角也被高举。
18 हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे । दिनरात नदीझैँ तेरा आँसु बगा । कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे ।
锡安民的心哀求主。 锡安的城墙啊,愿你流泪如河, 昼夜不息; 愿你眼中的瞳人泪流不止。
19 रातको हरेक पहरको सुरुमा उठेर चिच्च्या । परमप्रभुको मुहारको सामुन्ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्चाका प्राणको लागि तेरा हात उहाँतिर उठा ।
夜间,每逢交更的时候要起来呼喊, 在主面前倾心如水。 你的孩童在各市口上受饿发昏; 你要为他们的性命向主举手祷告。
20 हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?
耶和华啊,求你观看! 见你向谁这样行? 妇人岂可吃自己所生育手里所摇弄的婴孩吗? 祭司和先知岂可在主的圣所中被杀戮吗?
21 युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।
少年人和老年人都在街上躺卧; 我的处女和壮丁都倒在刀下; 你发怒的日子杀死他们。 你杀了,并不顾惜。
22 चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्ट पारेको छ ।
你招聚四围惊吓我的, 像在大会的日子招聚人一样。 耶和华发怒的日子, 无人逃脱,无人存留。 我所摇弄所养育的婴孩, 仇敌都杀净了。