< न्यायकर्ताहरू 9 >
1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,
Abimelech, son of Jerub-baal, went to his mother's brothers at Shechem and told them and all his mother's relatives,
2 “यो कुरा सोध्नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्ने कुरा सम्झनुहोस् ।”
“Please ask all the leaders of Shechem, ‘What's best for you? That seventy men, all of them Jerub-baal's sons, rule over you—or just one man?’ Remember I'm your own flesh and blood!”
3 तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन् ।”
His mother's brothers shared his proposal with all the leaders of Shechem, and they decided to follow Abimelech, because they said, “He is our relative.”
4 उनीहरूले तिनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरीवटा सिक्का दिए र अबीमेलेकले ती सिक्काले हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे ।
They gave him seventy shekels of silver from the temple of Baal-berith. Abimelech used the money to hire some arrogant troublemakers as his gang.
5 अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे । यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए ।
He went to his father's house in Ophrah, and on one stone killed his seventy half-brothers, the sons of Jerub-baal. But Jotham, Jerub-baal's youngest son, escaped by going into hiding.
6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।
Then the leaders of Shechem and Beth-millo all assembled by the oak at the pillar in Shechem and made Abimelech their king.
7 जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्वरले तिमीहरूलाई सुनून् ।
When Jotham got to hear this, he went up to the top of Mount Gerizim, and shouted in a loud voice: “Listen to me, leaders of Shechem, and God may to listen to you!
8 एकपल्ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्य गर्नुहोस् ।’
Once upon a time the trees were determined to anoint a king to rule over them. They said to the olive tree, ‘You shall be our king.’
9 तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
But the olive tree replied, ‘Should I stop giving my rich oil that benefits both gods and men just to go and sway to and fro over the trees?’
10 ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
Then the trees asked the fig tree, ‘You come and be our king.’
11 तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
But the fig tree replied, ‘Should I stop giving my good sweet fruit just to go and sway to and fro over the trees?’
12 ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
Then the trees asked the grape vine, ‘You come and be our king.’
13 दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्य गर्न म फर्केर जाऊँ?’
But the grape vine replied, ‘Should I stop giving my wine that makes both gods and men happy just to go and sway to and fro over the trees?’
14 अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्य गर्नुहोस् ।’
Then all the trees asked the thorn bush, ‘You come and be our king.’
15 त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’
The thorn bush replied to the trees, ‘If you're really sincere about anointing me as your king, come and find shelter in my shade. But if not, may fire flame out of the thorn bush and burn up the cedars of Lebanon!’
16 अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने,
Have you acted sincerely and honestly by making Abimelech your king? Have you been acted honorably to Jerub-baal and his family? Have you respected him for all that he accomplished?
17 र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,
Don't forget how my father fought for you and risked his own life to save you from the Midianites!
18 तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो ।
But you have rebelled against my father's family today. You have killed his seventy sons on one stone and have made Abimelech, the son of his slave woman, king over the leaders of Shechem simply because he's related to you.
19 तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।
Have you acted sincerely and honestly toward Jerub-baal and his family today? If so, may you be happy with Abimelech, and may he be happy with too!
20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”
But if you haven't, then may fire flame out from Abimelech, and may it burn up the leaders of Shechem and Beth-millo, and may fire flame out from the leaders of Shechem and Beth-millo and burn up Abimelech!”
21 योताम भागेर बेअरमा गए । उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो ।
Then Jotham escaped and ran away. He went to Beer and stayed there because of the threat of Abimelech his brother.
22 अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्म राज्य गरे ।
Abimelech ruled over Israel for three years.
23 परमेश्वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्ट आत्मा पठाउनुभयो । शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्वासमा धोका दिए ।
Then God sent an evil spirit to cause trouble between Abimelech and the leaders of Shechem. The leaders of Shechem betrayed Abimelech.
24 यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्वरले यस्तो गर्नुभयो ।
This happened because of the murder of the seventy sons of Jerub-baal and that responsibility for their blood be placed on Abimelech their brother, who killed them, and on the leaders of Shechem, who provided the means to kill his brothers.
25 यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।
The leaders of Shechem sent men to the hill passes to lie in wait and attack Abimelech, and, in the meantime, they robbed everyone who passed by on the road. Abimelech found out what was happening.
26 एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए । शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे ।
Gaal, son of Ebed, had moved to Shechem with his relatives, and he gained the loyalty of the leaders of Shechem.
27 तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्ना देवताहरूका मन्दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे ।
At harvest time they went out into the countryside and gathered the grapes from their vineyards and trod them. They celebrated by having a festival in the temple of their god, where they ate and drank, and cursed Abimelech.
28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?
“Who is this Abimelech?” asked Gaal, son of Ebed. “And who is Shechem, that we should have to serve him? Isn't he the son of Jerub-baal, while Zebul is actually the one in charge? You should serve the family of Hamor, the father of Shechem. Why should we have to serve Abimelech?
29 यी मानिसहरू मेरो कमाण्डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’”
If I was the one in charge of you people, I would dispose of Abimelech! I would tell him, ‘Get your army together, and come and fight!’”
30 जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए ।
When Zebul, the governor of the city, got to hear what Gaal was saying, he became very angry.
31 तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् ।
He secretly sent messengers to Abimelech to tell him, “Look, Gaal, son of Ebed, and his relatives have arrived in Shechem, and they are stirring up the town to rebel against you.
32 अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्नुहोस् ।
So come at night with your army and hide in the countryside.
33 अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।”
In the morning as soon as the sun comes up, go and attack the town. When Gaal and his men come out to fight you, you can do whatever you want to them.”
34 यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे ।
Abimelech left at night along with his army, and they separated into four companies that lay in wait near Shechem.
35 एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के ।
When Gaal, son of Ebed, went out and stood at the town's entrance gate, Abimelech and his army came out from where they had been hiding.
36 जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन्!” जबूलले तिनलाई भने, “तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन् ।”
Gaal saw the army approaching and said to Zebul, “Look! Some people are coming down from the hilltops!” “That's just shadows made by the hills that look like men,” Zebul replied.
37 गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् र एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ ।”
“No really, people are coming down from the high ground,” Gaal repeated. “Plus, there's another company coming down the road that passes the diviners' oak tree.”
38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।”
“Where's your big mouth now? You're the one who said, ‘Who is this Abimelech, that we should have to serve him?’” Zebul told him. “Aren't these the people you detested? Go on then—go and fight with them!”
39 गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे ।
So Gaal led the leaders of Shechem out of the town and fought with Abimelech.
40 अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।
Abimelech attacked, and chased him and his men as they ran away, killing many of them as they tried to get back to the town gate.
41 अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले ।
Abimelech went back to Arumah while Zebul expelled Gaal and his relatives from Shechem.
42 अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो ।
The following day the people of Shechem went out to the fields, and Abimelech was informed about it.
43 तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे ।
He divided his army into three companies and had them lay in ambush in the fields. When he saw the people coming out of the city, he attacked and killed them.
44 अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।
Abimelech and his company raced to occupy the town's entrance gate, while the two companies raced to attack everyone in the fields and kill them.
45 अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए ।
The battle for the town lasted all day but eventually Abimelech captured it. He killed the people, demolished the town, and scattered salt over the ground.
46 शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्लामा प्रवेश गरे ।
When all the leaders of the tower of Shechem realized what had happened, they took refuge in the strongroom of the temple of El-berith.
47 सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो ।
When Abimelech found out that all the leaders in the tower of Shechem had gathered there,
48 अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।”
he and all the men with him went up Mount Zalmon. Abimelech grabbed hold of an ax and cut a branch from the trees. He lifted it onto his shoulder, and told his men, “Quick! You saw what I did. Do the same!”
49 यसैले हरेक व्यक्तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्त्री मरे ।
Each of them cut down a branch and followed Abimelech. They placed the branches against the strongroom and set it on fire. So all the people who lived in the tower of Shechem died, around one thousand men and women.
50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे ।
Then Abimelech went to attack Thebez and captured it.
51 तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए ।
But there was a strong tower inside the city. All the men and women and the town leaders ran there and barricaded themselves in, and then went up to the roof of the tower.
52 अबीमेलेक त्यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे ।
Abimelech went up to the tower to attack it. But as he came close to the tower's entrance to set it on fire,
53 तर एउटी स्त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्लेटो झारी र त्यसले तिनको खप्पर फुट्यो ।
a woman dropped millstone down on Abimelech's head and cracked his skull open.
54 त्यसपछि उनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
He quickly called the young man who carried his weapons, and ordered him, “Draw your sword and kill me, so they won't say about me that a woman killed him.” So the young man drove his sword through him, and he died.
55 जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के ।
When the Israelites saw that Abimelech was dead, they all left and went home.
56 यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्टताको बदला लिनुभयो ।
This is how God paid back Abimelech's crime against his father of murdering his seventy brothers.
57 परमेश्वरले शकेमका मानिसहरूका दुष्टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्यो ।
He also repaid the people of Shechem for their evil, and the curse of Jotham, son of Jerub-baal, came down upon them.