< न्यायकर्ताहरू 8 >
1 एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
I rzekli do niego mężowie z Efraim: Przeczżeś to nam uczynił, iżeś nas nie wezwał, gdyś szedł walczyć przeciwko Madyjanitom? i swarzyli się z nim srodze.
2 तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्न छुटेका दाख नै असल छैनन् र?
A on rzekł: Cóżem ja takiego uczynił, jako wy? izali nie lepsze jest poślednie zbieranie wina Efraimowe, niż pierwsze zbieranie Abieserowe?
3 परमेश्वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्यो ।
W rękę waszą podał Bóg książęta Madyjańskie, Oreba i Zeba; i cóżem mógł takiego uczynić, jako wy? Tedy się uśmierzył duch ich przeciw niemu, gdy mówił te słowa.
4 गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्ने काम गरिरहे ।
A gdy przyszedł Giedeon do Jordanu, przeprawił się przezeń sam, i trzy sta mężów, którzy z nim byli spracowani w pogoni.
5 तिनले सुक्कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्नालाई खेद्दैछु ।”
I rzekł do mieszczan w Sokot: Dajcie proszę po bochenku chleba ludowi, który idzie za mną, bo są spracowani, a ja będę gonił Zebeę i Salmana, króle Madyjańskie.
6 तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्यो?”
Ale mu rzekli przedniejsi z Sokot: Izali już moc Zeby i Salmana jest w rękach twoich, żebyśmy dać mieli wojsku twemu chleba?
7 गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”
Którym rzekł Giedeon: Więc kiedy poda Pan Zebeę i Salmana w rękę moję, tedy będę młócił ciała wasze cierniem z tej puszczy i ostem.
8 त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।
Szedł zasię stamtąd do Fanuel, i mówił także do nich; ale mu odpowiedzieli mężowie z Fanuel, jako odpowiedzieli mężowie w Sokot.
9 तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”
Tedy też powiedział mężom z Fanuel, mówiąc: Gdy się wrócę w pokoju, rozwalę tę wieżę.
10 यति बेला जेबह र सल्मुन्ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
Ale Zebee i Salmana byli w Karkor, i wojska ich z nimi około piętnastu tysięcy, wszyscy, którzy byli pozostali ze wszystkiego wojska z ludzi od wschodu słońca; a pobitych było sto i dwadzieścia tysięcy mężów walecznych.
11 नोबह र योगबहाभन्दा उता पालमा बस्नेहरूका हिंड्ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
Tedy ciągnął Giedeon drogą tych, co mieszkali w namiociech, od wschodu słońca Nobe i Jegbaa, i uderzył na obóz, (a obóz się był ubezpieczył, )
12 जेबह र सल्मुन्ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्याए ।
A uciekli Zebee i Salmana, i gonił je, i pojmał onych dwóch królów Madyjańskich, Zebeę i Salmana, i wszystko wojsko ich strwożył.
13 योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्ज्याङ्को बाटो गए ।
Potem się wrócił Giedeon, syn Joasów, z bitwy, niż weszło słońce;
14 तिनले सुक्कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
A pojmawszy młodzieńca z mężów Sokot, wypytał go, który spisał mu przedniejszych w Sokot i starszych jego, siedemdziesiąt i siedem mężów.
15 गिदोन सुक्कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्यौ र यसो भन्यौ, ‘के तिमीले जेबह र सल्मुन्नालाई परास्त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’”
A przyszedłszy do mężów Sokot, rzekł: Otóż Zebeę i Salmana, którymiście mi urągali, mówiąc: Izali moc Zeby i Salmana jest w rękach twoich, abyśmy mieli dać mężom twoim spracowanym chleba?
16 गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।
Przetoż wziąwszy starsze miasta onego, i ciernia z onej pustyni i ostu, dał na nich przykład innym mężom Sokot.
17 तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
Wieżę też Fanuel rozwalił, i pobił męże miasta.
18 तब गिदोनले जेबह र सल्मुन्नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्ये हरेक व्यक्ति राजाका छोराजस्ता देखिन्थे ।”
Rzekł potem do Zeby i do Salmana: Co zacz byli mężowie oni, któreście pobili w Tabor? A oni odpowiedzieli: Takowi byli jakoś ty; każdy z nich na wejrzeniu był, jako syn królewski.
19 गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।”
I rzekł: Braciać to moi, synowie matki mojej byli; żywie Pan, byście je byli żywo zachowali, nie pobiłbym was.
20 तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ् र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्म एउटा सानो केटो नै थियो ।”
I rzekł do Jetra, pierworodnego swego: Wstań, a pobij je. Ale nie dobył młodzieńczyk miecza swego, przeto iż się bał; bo jeszcze był pacholęciem.
21 त्यसपछि जेबह र सल्मुन्नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
Tedy rzekli Zebee i Salmana: Wstań ty, a rzuć się na nas; bo jaki mąż, taka siła jego. A tak wstawszy Giedeon, zabił Zebeę i Salmana, i pobrał klejnoty, które były na szyjach wielbłądów ich.
22 त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”
I rzekli Izraelczycy do Giedeona: Panuj nad nami, i ty, i syn twój, i syn syna twego; boś nas wybawił z ręki Madyjańczyków.
23 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
Na to odpowiedział im Giedeon: Nie będę ja panował nad wami, ani będzie panował syn mój nad wami; Pan panować będzie nad wami.
24 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)
Nadto rzekł do nich Giedeon: Będę was prosił o jednę rzecz, aby mi każdy z was dał nausznicę z łupu swego; (bo nausznice złote mieli, będąc Ismaelczykami.)
25 तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।
I rzekli: Radzić damy; i rozpostarłszy szatę rzucali na nię każdy nausznicę z łupów swoich.
26 उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
I była waga nausznic onych złotych, które sobie uprosił, tysiąc i siedemset syklów złota, oprócz klejnotów i zawieszenia i szat szarłatowych, które były na królach Madyjańskich, i oprócz łańcuchów, które były na szyjach wielbłądów ich.
27 गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।
I sprawił z tego Giedeon Efod, a położył go w mieście swem w Efra; i scudzołożył się tam wszystek Izrael, chodząc za nim, a było to Giedeonowi i domowi jego sidłem.
28 यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्म शान्ति भयो ।
A tak byli poniżeni Madyjańczycy przed synami Izraelskimi, i nie podnieśli więcej głowy swojej; i była w pokoju ziemia przez czterdzieści lat za dni Giedeona.
29 योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
Wrócił się tedy Jerobaal, syn Joasów, i mieszkał w domu swoim.
30 गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्नीहरू थिए ।
A miał Giedeon siedmdziesiąt synów, którzy poszli z biódr jego; albowiem miał wiele żon.
31 शकेमामा बस्ने तिनकी उपपत्नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।
Miał też założnicę, która była z Sychem, a ta mu urodziła syna, i dała mu imię Abimelech.
32 योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।
Umarł potem Giedeon, syn Joasów, w starości dobrej, a pogrzebion jest w grobie Joasa, ojca swego w Efra, które jest ojca Esrowego.
33 गिदोनको मृत्यु हुनेबित्तिकै यस्तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पुजा गरेर वेश्याजस्ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।
A gdy umarł Giedeon, odwrócili się synowie Izraelscy, i scudzołożyli się, idąc za Baalem, i postawili sobie Baalberyt za boga.
34 इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरलाई सम्मान गर्न सम्झेनन्, जसले तिनीहरूलाई आफ्ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।
I nie pamiętali synowie Izraelscy na Pana, Boga swego, który je wyrwał z rąk wszystkich nieprzyjaciół ich okolicznych;
35 यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।
I nie uczynili miłosierdzia z domem Jerobaala Giedeona według wszystkich dobrodziejstw, które on był uczynił Izraelowi.