< न्यायकर्ताहरू 8 >

1 एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो ।
وَقَالَ لَهُ رِجَالُ أَفْرَايِمَ: «مَا هَذَا ٱلْأَمْرُ ٱلَّذِي فَعَلْتَ بِنَا، إِذْ لَمْ تَدْعُنَا عِنْدَ ذِهَابِكَ لِمُحَارَبَةِ ٱلْمِدْيَانِيِّينَ؟». وَخَاصَمُوهُ بِشِدَّةٍ.١
2 तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र?
فَقَالَ لَهُمْ: «مَاذَا فَعَلْتُ ٱلْآنَ نَظِيرَكُمْ؟ أَلَيْسَ خُصَاصَةُ أَفْرَايِمَ خَيْرًا مِنْ قِطَافِ أَبِيعَزَرَ؟٢
3 परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो ।
لِيَدِكُمْ دَفَعَ ٱللهُ أَمِيرَيِ ٱلْمِدْيَانِيِّينَ غُرَابًا وَذِئْبًا. وَمَاذَا قَدِرْتُ أَنْ أَعْمَلَ نَظِيرَكُمْ؟». حِينَئِذٍ ٱرْتَخَتْ رُوحُهُمْ عَنْهُ عِنْدَمَا تَكَلَّمَ بِهَذَا ٱلْكَلَامِ.٣
4 गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तिन सय जना मानिसले त्यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।
وَجَاءَ جِدْعُونُ إِلَى ٱلْأُرْدُنِّ وَعَبَرَ هُوَ وَٱلثَّلَاثُ مِئَةِ ٱلرَّجُلِ ٱلَّذِينَ مَعَهُ مُعْيِينَ وَمُطَارِدِينَ.٤
5 तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिं मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्दैछु ।”
فَقَالَ لِأَهْلِ سُكُّوتَ: «أَعْطُوا أَرْغِفَةَ خُبْزٍ لِلْقَوْمِ ٱلَّذِينَ مَعِي لِأَنَّهُمْ مُعْيُونَ، وَأَنَا سَاعٍ وَرَاءَ زَبَحَ وَصَلْمُنَّاعَ مَلِكَيْ مِدْيَانَ».٥
6 तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्‍ना अब तिम्रा हातमा छन् र? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो?”
فَقَالَ رُؤَسَاءُ سُكُّوتَ: «هَلْ أَيْدِي زَبَحَ وَصَلْمُنَّاعَ بِيَدِكَ ٱلْآنَ حَتَّى نُعْطِيَ جُنْدَكَ خُبْزًا؟»٦
7 गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”
فَقَالَ جِدْعُونُ: «لِذَلِكَ عِنْدَمَا يَدْفَعُ ٱلرَّبُّ زَبَحَ وَصَلْمُنَّاعَ بِيَدِي أَدْرُسُ لَحْمَكُمْ مَعَ أَشْوَاكِ ٱلْبَرِّيَّةِ بِٱلنَّوَارِجِ».٧
8 त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।
وَصَعِدَ مِنْ هُنَاكَ إِلَى فَنُوئِيلَ وَكَلَّمَهُمْ هَكَذَا. فَأَجَابَهُ أَهْلُ فَنُوئِيلَ كَمَا أَجَابَ أَهْلُ سُكُّوتَ،٨
9 तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।”
فَكَلَّمَ أَيْضًا أَهْلَ فَنُوئِيلَ قَائِلًا: «عِنْدَ رُجُوعِي بِسَلَامٍ أَهْدِمُ هَذَا ٱلْبُرْجَ».٩
10 यति बेला जेबह र सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्यहाँ तरवार चलाउने एक लाख बिस हजार मानिसहरू मारिएका थिए ।
وَكَانَ زَبَحُ وَصَلْمُنَّاعُ فِي قَرْقَرَ وَجَيْشُهُمَا مَعَهُمَا نَحْوُ خَمْسَةَ عَشَرَ أَلْفًا، كُلُّ ٱلْبَاقِينَ مِنْ جَمِيعِ جَيْشِ بَنِي ٱلْمَشْرِقِ. وَٱلَّذِينَ سَقَطُوا مِئَةٌ وَعِشْرُونَ أَلْفَ رَجُلٍ مُخْتَرِطِي ٱلسَّيْفِ.١٠
11 नोबह र योगबहाभन्दा उता पालमा बस्‍नेहरूका हिंड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्छ भनेर तिनीहरूले सोचेका थिएनन् ।
وَصَعِدَ جِدْعُونُ فِي طَرِيقِ سَاكِنِي ٱلْخِيَامِ شَرْقِيَّ نُوبَحَ وَيُجْبَهَةَ، وَضَرَبَ ٱلْجَيْشَ وَكَانَ ٱلْجَيْشُ مُطْمَئِنًّا.١١
12 जेबह र सल्मुन्‍ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्‍नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए ।
فَهَرَبَ زَبَحُ وَصَلْمُنَّاعُ، فَتَبِعَهُمَا وَأَمْسَكَ مَلِكَيْ مِدْيَانَ زَبَحَ وَصَلْمُنَّاعَ وَأَزْعَجَ كُلَّ ٱلْجَيْشِ.١٢
13 योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्को बाटो गए ।
وَرَجَعَ جِدْعُونُ بْنُ يُوآشَ مِنَ ٱلْحَرْبِ مِنْ عِنْدِ عَقَبَةِ حَارَسَ.١٣
14 तिनले सुक्‍कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्यस जवान मानिसले सुक्‍कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।
وَأَمْسَكَ غُلَامًا مِنْ أَهْلِ سُكُّوتَ وَسَأَلَهُ، فَكَتَبَ لَهُ رُؤَسَاءَ سُكُّوتَ وَشُيُوخَهَا، سَبْعَةً وَسَبْعِينَ رَجُلًا.١٤
15 गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्‍नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्‍यौ र यसो भन्‍यौ, ‘के तिमीले जेबह र सल्मुन्‍नालाई परास्‍त गरिसकेका छौ र? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्‍ने कुरा हामीलाई थाहा छैन ।’”
وَدَخَلَ إِلَى أَهْلِ سُكُّوتَ وَقَالَ: «هُوَذَا زَبَحُ وَصَلْمُنَّاعُ ٱللَّذَانِ عَيَّرْتُمُونِي بِهِمَا قَائِلِينَ: هَلْ أَيْدِي زَبَحَ وَصَلْمُنَّاعَ بِيَدِكَ ٱلْآنَ حَتَّى نُعْطِي رِجَالَكَ ٱلْمُعْيِينَ خُبْزًا؟»١٥
16 गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।
وَأَخَذَ شُيُوخَ ٱلْمَدِينَةِ وَأَشْوَاكَ ٱلْبَرِّيَّةِ وَٱلنَّوَارِجَ وَعَلَّمَ بِهَا أَهْلَ سُكُّوتَ.١٦
17 तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
وَهَدَمَ بُرْجَ فَنُوئِيلَ وَقَتَلَ رِجَالَ ٱلْمَدِينَةِ.١٧
18 तब गिदोनले जेबह र सल्मुन्‍नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्‍यौ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए । तिनीहरूमध्‍ये हरेक व्‍यक्‍ति राजाका छोराजस्‍ता देखिन्थे ।”
وَقَالَ لِزَبَحَ وَصَلْمُنَّاعَ: «كَيْفَ ٱلرِّجَالُ ٱلَّذِينَ قَتَلْتُمَاهُمْ فِي تَابُورَ؟» فَقَالَا: «مَثَلُهُمْ مَثَلُكَ. كُلُّ وَاحِدٍ كَصُورَةِ أَوْلَادِ مَلِكٍ».١٨
19 गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।”
فَقَالَ: «هُمْ إِخْوَتِي بَنُو أُمِّي. حَيٌّ هُوَ ٱلرَّبُّ لَوِ ٱسْتَحْيَيْتُمَاهُمْ لَمَا قَتَلْتُكُمَا!».١٩
20 तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ्‍ र उनीहरूलाई मार् ।” तर त्यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्‍म एउटा सानो केटो नै थियो ।”
وَقَالَ لِيَثَرَ بِكْرِهِ: «قُمِ ٱقْتُلْهُمَا». فَلَمْ يَخْتَرِطِ ٱلْغُلَامُ سَيْفَهُ، لِأَنَّهُ خَافَ، بِمَا أَنَّهُ فَتًى بَعْدُ.٢٠
21 त्यसपछि जेबह र सल्मुन्‍नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्‍नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे ।
فَقَالَ زَبَحُ وَصَلْمُنَّاعُ: «قُمْ أَنْتَ وَقَعْ عَلَيْنَا، لِأَنَّهُ مِثْلُ ٱلرَّجُلِ بَطْشُهُ». فَقَامَ جِدْعُونُ وَقَتَلَ زَبَحَ وَصَلْمُنَّاعَ، وَأَخَذَ ٱلْأَهِلَّةَ ٱلَّتِي فِي أَعْنَاقِ جِمَالِهِمَا.٢١
22 त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।”
وَقَالَ رِجَالُ إِسْرَائِيلَ لِجِدْعُونَ: «تَسَلَّطْ عَلَيْنَا أَنْتَ وَٱبْنُكَ وَٱبْنُ ٱبْنِكَ، لِأَنَّكَ قَدْ خَلَّصْتَنَا مِنْ يَدِ مِدْيَانَ».٢٢
23 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
فَقَالَ لَهُمْ جِدْعُونُ: «لَا أَتَسَلَّطُ أَنَا عَلَيْكُمْ وَلَا يَتَسَلَّطُ ٱبْنِي عَلَيْكُمُ. اَلرَّبُّ يَتَسَلَّطُ عَلَيْكُمْ».٢٣
24 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु: तिमीहरू हरेकले आफ्नो लुटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)
ثُمَّ قَالَ لَهُمْ جِدْعُونُ: «أَطْلُبُ مِنْكُمْ طِلْبَةً: أَنْ تُعْطُونِي كُلُّ وَاحِدٍ أَقْرَاطَ غَنِيمَتِهِ». لِأَنَّهُ كَانَ لَهُمْ أَقْرَاطُ ذَهَبٍ لِأَنَّهُمْ إِسْمَاعِيلِيُّونَ.٢٤
25 तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौं ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लुटको सामनाबाट कुण्डलचाहिँ त्यसमा राखे ।
فَقَالُوا: «إِنَّنَا نُعْطِي». وَفَرَشُوا رِدَاءً وَطَرَحُوا عَلَيْهِ كُلُّ وَاحِدٍ أَقْرَاطَ غَنِيمَتِهِ.٢٥
26 उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
وَكَانَ وَزْنُ أَقْرَاطِ ٱلذَّهَبِ ٱلَّتِي طَلَبَ أَلْفًا وَسَبْعَ مِئَةِ شَاقِلٍ ذَهَبًا، مَا عَدَا ٱلْأَهِلَّةَ وَٱلْحَلَقَ وَأَثْوَابَ ٱلْأُرْجُوَانِ ٱلَّتِي عَلَى مُلُوكِ مِدْيَانَ، وَمَا عَدَا ٱلْقَلَائِدَ ٱلَّتِي فِي أَعْنَاقِ جِمَالِهِمْ.٢٦
27 गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्‍तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।
فَصَنَعَ جِدْعُونُ مِنْهَا أَفُودًا وَجَعَلَهُ فِي مَدِينَتِهِ فِي عَفْرَةَ. وَزَنَى كُلُّ إِسْرَائِيلَ وَرَاءَهُ هُنَاكَ، فَكَانَ ذَلِكَ لِجِدْعُونَ وَبَيْتِهِ فَخًّا.٢٧
28 यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।
وَذَلَّ مِدْيَانُ أَمَامَ بَنِي إِسْرَائِيلَ وَلَمْ يَعُودُوا يَرْفَعُونَ رُؤُوسَهُمْ. وَٱسْتَرَاحَتِ ٱلْأَرْضُ أَرْبَعِينَ سَنَةً فِي أَيَّامِ جِدْعُونَ.٢٨
29 योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।
وَذَهَبَ يَرُبَّعْلُ بْنُ يُوآشَ وَأَقَامَ فِي بَيْتِهِ.٢٩
30 गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।
وَكَانَ لِجِدْعُونَ سَبْعُونَ وَلَدًا خَارِجُونَ مِنْ صُلْبِهِ، لِأَنَّهُ كَانَتْ لَهُ نِسَاءٌ كَثِيرَاتٌ.٣٠
31 शकेमामा बस्‍ने तिनकी उपपत्‍नीले पनि तिनको निम्ति एउटा छोरो जन्माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।
وَسُرِّيَّتُهُ ٱلَّتِي فِي شَكِيمَ وَلَدَتْ لَهُ هِيَ أَيْضًا ٱبْنًا فَسَمَّاهُ أَبِيمَالِكَ.٣١
32 योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।
وَمَاتَ جِدْعُونُ بْنُ يُوآشَ بِشَيْبَةٍ صَالِحَةٍ، وَدُفِنَ فِي قَبْرِ يُوآشَ أَبِيهِ فِي عَفْرَةِ أَبِيعَزَرَ.٣٢
33 गिदोनको मृत्यु हुनेबित्तिकै यस्‍तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पुजा गरेर वेश्याजस्‍ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।
وَكَانَ بَعْدَ مَوْتِ جِدْعُونَ أَنَّ بَنِي إِسْرَائِيلَ رَجَعُوا وَزَنَوْا وَرَاءَ ٱلْبَعْلِيمِ، وَجَعَلُوا لَهُمْ بَعَلَ بَرِيثَ إِلَهًا.٣٣
34 इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।
وَلَمْ يَذْكُرْ بَنُو إِسْرَائِيلَ ٱلرَّبَّ إِلَهَهُمُ ٱلَّذِي أَنْقَذَهُمْ مِنْ يَدِ جَمِيعِ أَعْدَائِهِمْ مِنْ حَوْلِهِمْ.٣٤
35 यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।
وَلَمْ يَعْمَلُوا مَعْرُوفًا مَعَ بَيْتِ يَرُبَّعْلَ، جِدْعُونَ، نَظِيرَ كُلِّ ٱلْخَيْرِ ٱلَّذِي عَمِلَ مَعَ إِسْرَائِيلَ.٣٥

< न्यायकर्ताहरू 8 >