< न्यायकर्ताहरू 7 >

1 त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
Gokinyi mangʼich, Jerub-Baal (mano en Gideon) kod joge duto nojot e soko mar Harod. Kambi jo-Midian ne nitiere yo nyandwat margi e holo man but got More.
2 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्‍दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
Jehova Nyasaye nowachone Gideon niya, “In-gi ji mangʼeny ma ok anyal chiwo jo-Midian e lwetgi. Mondo kik jo-Israel sungrena ni tekogi ema oresogi,
3 यसकारण अब मानिसहरूले सुन्‍ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
go milome ne ji ni, ‘Ngʼato angʼata ma luoro omako ogom kendo oa e Got Gilead.’” Omiyo ji alufu piero ariyo gariyo noa, to ji alufu apar nodongʼ.
4 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
To Jehova Nyasaye nodwoko Gideon niya, “Pod nitie ji mangʼeny ahinya. Kawgi itergi e pi, kendo abiro miyogi penj kuno. Ka awacho ni, ‘Ma biro dhi kodi,’ to obiro dhi; to ka awacho ni, ‘Ma ok bi dhi kodi,’ to ok obi dhi.”
5 यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
Omiyo Gideon noterogi e dho pi. Kanyo Jehova Nyasaye nowachone niya, “Pog jogo magado pi gi lewgi kaka guok kuom jogo magoyo chong-gi piny mondo omodhi.”
6 तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
Ji mia adek nogado pi gi lwetgi. Jogo modongʼ nogoyo chonggi piny mondo gimodhi.
7 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
Jehova Nyasaye nowachone Gideon niya, “Kuom ji mia adek mane ogado pi gi lwetgi, anaresu kendo achiw jo-Midian e lwetu. We ji mamoko odhi, ka moro ka moro dok dalane.”
8 यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
Omiyo Gideon nooro jo-Israel mamoko e hembegi, to ji mia adek mane odongʼ-go nokawo chiemo kod turumbete mag joma nodok e miechgi. Kambi jo-Midian ne ni e holo gi mwalo.
9 त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।
Otienono Jehova Nyasaye nowachone Gideon niya, “Aa malo, dhiyo imonj kambi, nikech adhi chiwe e lweti.
10 तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,
Kiluor mar monjogi, to dhi e kambi gi jatichni Pura
11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
kendo ichik iti iwinj gima giwacho. Bangʼe, inibed gi mijingʼo mar monjo kambino.” Omiyo en kod Pura jatichne negidhi machiegni gi kambi.
12 मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
Jo-Midian, jo-Amalek kod jogo moa yo wuok chiengʼ nojot e holo mane oyugno ka kama bonyo ochokore. Ne gin gi ngamia mangʼeny mane ok nyal kwan mana ka kwoyo manie dho nam.
13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”
Gideon nochopo mana ka ngʼat moro ne nyiso osiepene lek. Ngʼatno ne wachone osiepene niya, “Ne aleko ni makati molos gi mogo mar shairi molworore nobiro e kambi jo-Midian. Nogoyo hema gi teko ma hema olokore kendo olwar piny.”
14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
Osiepne nodwoko niya, “Ma ok en wach moro machielo makmana ligangla mar Gideon wuod Joash, ma ja-Israel. Nyasaye osechiwo jo-Midian kod kambi duto e lwete.”
15 जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्‍टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”
Ka Gideon nowinjo lekno kod kaka oloke, nopako Nyasaye. Nodok e kambi jo-Israel kendo owacho niya, “Chungʼuru malo! Jehova Nyasaye osechiwo jo-Midian e lwetu.”
16 ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।
Nopogo ji mia adekgo e migepe adek, komiyogi duto turumbete kod njagi maonge gimoro e iye e lwetgi, ka nitiere toch ei njagigo.
17 तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।
Nowachonegi niya, Luwauru ka ungʼiyo kendo ka achopo but hema, to timuru mana kaka atimo.
18 जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”
Ka agoyo turumbete kaachiel jogo duto ma an-go, eka un joma uselworo kambi bende ugo turumbete ka ukok niya, “Wakedo ni Jehova Nyasaye kod Gideon.”
19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।
Gideon kod ji mia achiel mane ni kode nochopo e bath kambi chuny otieno, mana bangʼ kane gisewilo jorito. Negigoyo turumbetegi kendo gitoyo agulni mane ni e lwetegi.
20 तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।”
Kambi adekgi nogoyo turumbete kendo gitoyo njagi. Ka gimako toje gi lwetgi koracham kendo ka gitingʼo turumbete mane onego gi goo gi lwetgi korachwich, ne gikok niya, “Ligangla en mar Jehova Nyasaye kod Gideon!”
21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।
E sa ma ngʼato ka ngʼato nokawo kare ka gilworo kambi, jo-Midian duto noringo, kendo negiringo ka giywak.
22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
E sa ma turumbete mia adekgo nogoo, Jehova Nyasaye noketo ji duto mane ni e kambi ochako kedo e kindgi giwegi ka ginegore gi ligangla. Jolweny noringo odhi Beth Shitta kochiko Zerera mochopo nyaka e tongʼ mar Abel Mehola man but Tabath.
23 नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।
Noluong jo-Israel moa Naftali, Asher kod Manase, kendo negilawo jo-Midian.
24 गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्‍नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
Gideon nooro joote e piny gode mag Efraim duto, kowacho, “Biuru uked kod jo-Midian kendo udhi nyimgi ma umak pige mag Jordan mochopo nyaka Beth Bara.” Omiyo jo-Efraim duto nowuok oko kendo negikawo pige mag Jordan mochopo Beth Bara.
25 तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्‍जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।
Negimako bende jotelo ariyo mag jo-Midian, Oreb kod Zeb. Neginego Oreb e lwanda mar Oreb, kod Zeb e kar biyo divai mar Zeb. Negilawo jo-Midian kendo gikelo wiye Oreb kod Zeb ni Gideon, kama ne entie but aora Jordan.

< न्यायकर्ताहरू 7 >