< न्यायकर्ताहरू 7 >
1 त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
耶路‧巴力就是基甸,他和一切跟隨的人早晨起來,在哈律泉旁安營。米甸營在他們北邊的平原,靠近摩利岡。
2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
耶和華對基甸說:「跟隨你的人過多,我不能將米甸人交在他們手中,免得以色列人向我誇大,說:『是我們自己的手救了我們。』
3 यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
現在你要向這些人宣告說:『凡懼怕膽怯的,可以離開基列山回去。』」於是有二萬二千人回去,只剩下一萬。
4 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मनिसहरू अझै पनि ज्यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
耶和華對基甸說:「人還是過多;你要帶他們下到水旁,我好在那裏為你試試他們。我指點誰說:『這人可以同你去』,他就可以同你去;我指點誰說:『這人不可同你去』,他就不可同你去。」
5 यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
基甸就帶他們下到水旁。耶和華對基甸說:「凡用舌頭舔水,像狗舔的,要使他單站在一處;凡跪下喝水的,也要使他單站在一處。」
6 तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
於是用手捧着舔水的有三百人,其餘的都跪下喝水。
7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
耶和華對基甸說:「我要用這舔水的三百人拯救你們,將米甸人交在你手中;其餘的人都可以各歸各處去。」
8 यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
這三百人就帶着食物和角;其餘的以色列人,基甸都打發他們各歸各的帳棚,只留下這三百人。米甸營在他下邊的平原裏。
9 त्यो रात परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।
當那夜,耶和華吩咐基甸說:「起來,下到米甸營裏去,因我已將他們交在你手中。
10 तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,
倘若你怕下去,就帶你的僕人普拉下到那營裏去。
11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
你必聽見他們所說的,然後你就有膽量下去攻營。」於是基甸帶着僕人普拉下到營旁。
12 मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
米甸人、亞瑪力人,和一切東方人都布散在平原,如同蝗蟲那樣多。他們的駱駝無數,多如海邊的沙。
13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्नो साथीलाई सपनाको बारेमा भन्दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”
基甸到了,就聽見一人將夢告訴同伴說:「我做了一夢,夢見一個大麥餅滾入米甸營中,到了帳幕,將帳幕撞倒,帳幕就翻轉傾覆了。」
14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
那同伴說:「這不是別的,乃是以色列人約阿施的兒子基甸的刀;上帝已將米甸和全軍都交在他的手中。」
15 जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”
基甸聽見這夢和夢的講解,就敬拜上帝,回到以色列營中,說:「起來吧!耶和華已將米甸的軍隊交在你們手中了。」
16 ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।
於是基甸將三百人分作三隊,把角和空瓶交在各人手裏(瓶內都藏着火把),
17 तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।
吩咐他們說:「你們要看我行事:我到了營的旁邊怎樣行,你們也要怎樣行。
18 जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!’”
我和一切跟隨我的人吹角的時候,你們也要在營的四圍吹角,喊叫說:『耶和華和基甸的刀!』」
19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।
基甸和跟隨他的一百人,在三更之初才換更的時候,來到營旁,就吹角,打破手中的瓶。
20 तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार ।”
三隊的人就都吹角,打破瓶子,左手拿着火把,右手拿着角,喊叫說:「耶和華和基甸的刀!」
21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।
他們在營的四圍各站各的地方;全營的人都亂竄。三百人吶喊,使他們逃跑。
22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
三百人就吹角,耶和華使全營的人用刀互相擊殺,逃到西利拉的伯‧哈示他,直逃到靠近他巴的亞伯‧米何拉。
23 नप्ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।
以色列人就從拿弗他利、亞設,和瑪拿西全地聚集來追趕米甸人。
24 गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
基甸打發人走遍以法蓮山地,說:「你們下來攻擊米甸人,爭先把守約旦河的渡口,直到伯‧巴拉。」於是以法蓮的眾人聚集,把守約旦河的渡口,直到伯‧巴拉,
25 तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।
捉住了米甸人的兩個首領:一名俄立,一名西伊伯;將俄立殺在俄立磐石上,將西伊伯殺在西伊伯酒醡那裏;又追趕米甸人,將俄立和西伊伯的首級帶過約旦河,到基甸那裏。