< न्यायकर्ताहरू 6 >

1 परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।
A sinovi Izrailjevi èiniše što je zlo pred Gospodom, i Gospod ih dade u ruke Madijanima za sedam godina.
2 मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे ।
I osili ruka Madijanska nad Izrailjem, te od straha Madijanskoga naèiniše sebi sinovi Izrailjevi jame koje su po gorama, i peæine i ograde.
3 यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।
I kad bi Izrailjci posijali, dolažahu Madijani i Amalici i istoèni narod, dolažahu na njih.
4 तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे ।
I stavši u oko protiv njih, potirahu rod zemaljski dori do Gaze, i ne ostavljahu hrane u Izrailju, ni ovce ni vola ni magarca.
5 तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे ।
Jer se podizahu sa stadima svojim i sa šatorima svojim, i dolažahu kao skakavci, tako mnogo, i ne bješe broja njima ni kamilama njihovijem, i dolazeæi u zemlju pustošahu je.
6 मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
Tada osiromaši Izrailj veoma od Madijana, i povikaše ka Gospodu sinovi Izrailjevi.
7 जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,
A kad povikaše sinovi Izrailjevi ka Gospodu od Madijana,
8 तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।
Gospod posla proroka k sinovima Izrailjevijem, a on im reèe: ovako veli Gospod Bog Izrailjev: ja sam vas izveo iz Misira, i izveo sam vas iz doma ropskoga,
9 मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।
I izbavio sam vas iz ruke Misirske i iz ruke svijeh onijeh koji vas muèahu; i odagnao sam ih ispred vas, i dao sam vama zemlju njihovu.
10 मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”
Pak vam rekoh: ja sam Gospod Bog vaš, na bojte se bogova Amoreja u kojih zemlji živite. Ali ne poslušaste glasa mojega.
11 यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।
Potom doðe anðeo Gospodnji i sjede pod hrastom u Ofri koji bijaše Joasa Avijezerita; a sin njegov Gedeon vrsijaše pšenicu na gumnu, da bi pobjegao s njom od Madijana.
12 परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”
I javi mu se anðeo Gospodnji, i reèe mu: Gospod je s tobom, hrabri junaèe!
13 गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”
A Gedeon mu reèe: o gospodaru moj! kad je Gospod s nama, zašto nas snaðe sve ovo? i gdje su sva èudesa njegova, koja nam pripovijedaše oci naši govoreæi: nije li nas Gospod izveo iz Misira? a sada nas je ostavio Gospod i predao u ruke Madijanima.
14 परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”
A Gospod ga pogleda i reèe mu: idi u toj sili svojoj, i izbaviæeš Izrailja iz ruku Madijanskih. Ne poslah li te?
15 गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु ।”
A on mu reèe: o Gospode, èim æu izbaviti Izrailja? eto, rod je moj najsiromašniji u plemenu Manasijinu, a ja sam najmanji u domu oca svojega.
16 परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”
Tada mu reèe Gospod: ja æu biti s tobom, te æeš pobiti Madijance kao jednoga.
17 गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।
A Gedeon mu reèe: ako sam našao milost pred tobom, daj mi znak da ti govoriš sa mnom.
18 म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”
Nemoj otiæi odavde dokle se ja ne vratim k tebi i donesem dar svoj i stavim preda te. A on reèe: èekaæu dokle se vratiš.
19 गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए ।
Tada otide Gedeon, i zgotovi jare i od efe brašna hljebove prijesne, i metnu meso u kotaricu a juhu u lonac, i donese mu pod hrast, i postavi.
20 तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे ।” गिदोनले त्यसै गरे ।
A anðeo Božji reèe mu: uzmi to meso i te hljebove prijesne, i metni na onu stijenu, a juhu prolij. I on uèini tako.
21 तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।
Tada anðeo Gospodnji pruži kraj od štapa koji mu bješe u ruci i dotaèe se mesa i hljebova prijesnijeh; i podiže se oganj sa stijene i spali meso i hljebove prijesne. I anðeo Gospodnji otide ispred oèiju njegovih.
22 तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
A Gedeon vidjeæi da bješe anðeo Gospodnji, reèe: ah Gospode Bože! zato li vidjeh anðela Gospodnjega licem k licu?
23 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”
A Gospod mu reèe: budi miran, ne boj se, neæeš umrijeti.
24 यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।
I Gedeon naèini ondje oltar Gospodu, i nazva ga mir Gospodnji. Stoji i danas u Ofri Avijezeritskoj.
25 त्यस रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।
I istu noæ reèe mu Gospod: uzmi junca, koji je oca tvojega, junca drugoga od sedam godina; i raskopaj oltar Valov koji ima otac tvoj, i isijeci lug koji je kod njega.
26 यो शरणस्थानको माथिल्‍लो भागमा परमप्रभु तेरा परमेश्‍वरको निम्ति एउटा वेदी बना र त्‍यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
I naèini oltar Gospodu Bogu svojemu navrh ove stijene, na zgodnu mjestu; pa onda uzmi drugoga junca, i prinesi žrtvu paljenicu na drvima onoga luga koji isijeèeš.
27 यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्‍नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।
Tada uze Gedeon deset ljudi izmeðu sluga svojih, i uèini kako mu zapovjedi Gospod; ali se bojaše doma oca svojega i mještana, te ne uèini danju nego uèini noæu.
28 बिहान जब नगरका मानिसहरू उठे, तब बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।
A kad ujutru ustaše mještani, a to raskopan oltar Valov i lug kod njega isjeèen; a junac drugi prinesen na žrtvu paljenicu na oltaru naèinjenom.
29 सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”
I rekoše jedan drugomu: ko to uèini? I traživši i raspitavši rekoše: Gedeon sin Joasov uèini to.
30 अनि सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ, ताकि त्यो मारियोस्, किनभने त्यसले बाल देवताको वेदी भत्काइदिएको र त्‍यस छेऊको अशेरा देवीको मुर्ति ढालिदिएको छ ।”
Pa rekoše mještani Joasu: izvedi sina svojega da se pogubi, što raskopa oltar Valov i što isijeèe lug kod njega.
31 आफ्नो विरुद्धमा भएका सबै जनालाई योआशले भने, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउँछौ? जसले त्यसको पक्षमा बोल्छ, त्यो बिहानकै समयमा मारियोस् । बाल देवता हो भने, कसैले त्यसको वेदी भत्काइदिंदा त्यसले आफ्नो सुरक्षा आफैं गरोस् ।”
A Joas reèe svjema koji stajahu oko njega: vi li hoæete da branite Vala? vi li hoæete da ga izbavite? ko ga brani, poginuæe jutros. Ako je bog, neka sam raspravi s njim što mu je raskopao oltar.
32 त्‍यसकारण, त्यो दिनमा तिनीहरूले गिदोनलाई “यरूब-बाल” भने, किनभने तिनले यसो भनेका थिए, “बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस्,” किनभने गिदोनले बालको वेदी भत्काए ।
I prozva ga onoga dana Jeroval govoreæi: neka raspravi s njim Val što mu raskopa oltar.
33 यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
A svi Madijani i Amalici i istoèni narod bijahu se skupili i prešavši preko Jordana bijahu stali u oko u dolini Jezraelu,
34 तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।
A duh Gospodnji naoruža Gedeona, i on zatrubi u trubu, i skupi oko sebe porodicu Avijezerovu.
35 उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्‍न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्‍तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।
I posla glasnike po svemu plemenu Manasijinu, i skupiše se oko njega; posla glasnike i u pleme Asirovo i Zavulonovo i Neftalimovo, te i oni izidoše pred njih.
36 गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—
Tada reèe Gedeon Bogu: ako æeš ti izbaviti mojom rukom Izrailja, kao što si rekao,
37 हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”
Evo, ja æu metnuti runo na gumnu: ako rosa bude samo na runu a po svoj zemlji suho, onda æu znati da æeš mojom rukom izbaviti Izrailja, kao što si rekao.
38 यस्तो भयो – भोलिपल्‍ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे ।
I bi tako; jer kad usta sjutradan, iscijedi runo, i isteèe rose iz runa puna zdjela.
39 त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”
Opet reèe Gedeon Bogu: nemoj se gnjeviti na me, da progovorim još jednom; da obidem runom još jednom, neka bude samo runo suho, a po svoj zemlji neka bude rosa.
40 तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्‍वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।
I Bog uèini tako onu noæ; i bi samo runo suho a po svoj zemlji bi rosa.

< न्यायकर्ताहरू 6 >