< न्यायकर्ताहरू 6 >
1 परमप्रभुको दृष्टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।
Èinili pak synové Izraelští to, což jest zlého před očima Hospodinovýma, i vydal je Hospodin v ruku Madianským za sedm let.
2 मिद्दानीको शक्तिले इस्राएललाई अत्याचार गर्यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्लाहरू बस्न लागे ।
A zmocnila se velmi ruka Madianských nad Izraelem, tak že synové Izraelští před Madianskými zdělali sobě jámy, kteréž jsou na horách, a jeskyně a pevnosti.
3 यस्तो भयो, जति बेला इस्राएलीहरूले आफ्ना बालीहरू लगाउँथे, त्यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।
A bývalo, že jakž co oseli Izraelští, přitáhl Madian a Amalech a národ východní, povstávaje proti nim.
4 तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे ।
Kteřížto rozbijeli stany proti nim, a kazili úrody země, až kudy se vchází do Gázy, a nenechávali potravy v Izraeli, ani ovce, ani vola, ani osla.
5 तिनीहरूले आफ्ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे ।
Nebo i sami i s stády svými i s stany přitáhli, a jako kobylky ve množství přicházívali, aniž jich neb velbloudů jejich byl počet; tak přicházejíce do země, hubili ji.
6 मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
Tedy znuzen byl velmi Izrael od Madianských, protož volali synové Izraelští k Hospodinu.
7 जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,
Když pak volali synové Izraelští k Hospodinu příčinou Madianských,
8 तब परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति एक जना अगमवक्ता पठाउनुभयो । ती अगमवक्ताले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः ‘मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ । मैले तिमीहरूलाई दासत्वको घरबाट बाहिर निकालेर ल्याएँ ।
Poslal Hospodin muže proroka k synům Izraelským, a řekl jim: Takto praví Hospodin Bůh Izraelský: Já jsem vás vyvedl z Egypta, a vyvedl jsem vás z domu služby,
9 मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।
A vytrhl jsem vás z rukou Egyptských a z rukou všech, jenž vás ssužovali, kteréž jsem vyhnal před tváří vaší, a dal jsem vám zemi jejich.
10 मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”
I řekl jsem vám: Já jsem Hospodin Bůh váš, nebojte se bohů Amorejských, v jejichž zemi bydlíte. Ale neposlechli jste hlasu mého.
11 यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए ।
Tedy přišel anděl Hospodinův a posadil se pod dubem, jenž byl v Ofra, kteréž bylo Joasa Abiezeritského. Gedeon pak syn jeho mlátil obilí na humně, aby vezma, utekl s tím před Madianskými.
12 परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”
I ukázal se jemu anděl Hospodinův, a řekl jemu: Hospodin s tebou, muži udatný.
13 गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ ।”
Odpověděl jemu Gedeon: Ó Pane můj, jestliže Hospodin s námi jest, pročež pak na nás přišlo všecko toto? A kde jsou všickni divové jeho, o kterýchž vypravovali nám otcové naši, řkouce: Zdaliž nás z Egypta nevyvedl Hospodin? A nyní opustil nás Hospodin a vydal v ruku Madianských.
14 परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्नुभयो, “तँसँग भएको बलमा तँ जा । इस्राएललाई मिद्दानीको हातबाट छुटा । के मैले तँलाई पठाएको होइन र?”
A pohleděv na něj Hospodin, řekl: Jdi v této síle své, a vysvobodíš Izraele z ruky Madianských. Zdaliž jsem tě neposlal?
15 गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु ।”
Kterýž odpověděl jemu: Poslyš mne, Pane můj, čím já vysvobodím Izraele? Hle, rod můj chaterný jest v pokolení Manassesovu, a já nejmenší v domě otce svého.
16 परमप्रभुले तिनलाई भन्नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस् ।”
Tedy řekl jemu Hospodin: Poněvadž já budu s tebou, protož zbiješ Madianské jako muže jednoho.
17 गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।
Jemuž on řekl: Prosím, jestliže jsem nalezl milost před očima tvýma, dej mi znamení, že ty mluvíš se mnou.
18 म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”
Prosím, neodcházej odsud, až zase přijdu k tobě, a vynesu obět svou a položím před tebou. Odpověděl on: Jáť posečkám, až se navrátíš.
19 गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए । उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्याए र ती टक्र्याए ।
Tedy Gedeon všed do domu, připravil kozelce, a po měřici mouky přesných chlebů. I vložil maso do koše, a polívku vlil do hrnce, i vynesl to k němu pod dub a obětoval.
20 तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्याइदे ।” गिदोनले त्यसै गरे ।
I řekl jemu anděl Boží: Vezmi to maso a chleby ty nekvašené, a polož na tuto skálu, a polívkou polej. I učinil tak.
21 तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।
Potom zdvihl anděl Hospodinův konec holi, kterouž měl v rukou svých, a dotekl se masa a chlebů přesných; i vystoupil oheň z skály té, a spálil to maso i chleby přesné. A v tom anděl Hospodinův odšel od očí jeho.
22 तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
A vida Gedeon, že by anděl Hospodinův byl, řekl: Ach, Panovníče Hospodine, proto-liž jsem viděl anděla Hospodinova tváří v tvář, abych umřel?
23 परमप्रभुले तिनलाई भन्नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस् ।”
I řekl jemu Hospodin: Měj pokoj, neboj se, neumřeš.
24 यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए । तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने । आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ ।
Protož vzdělal tu Gedeon oltář Hospodinu, a nazval jej: Hospodin pokoje, a až do tohoto dne ještě jest v Ofra Abiezeritského.
25 त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो बुबाको एउटा साँढे, र अर्को सात वर्षको एउटा साँढे ले, र तेरो बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति ढालिदे ।
Stalo se pak té noci, že řekl jemu Hospodin: Vezmi volka vyspělého, kterýž jest otce tvého, totiž volka toho druhého sedmiletého, a zboříš oltář Bálův, kterýž jest otce tvého, háj také, kterýž jest vedlé něho, posekáš.
26 यो शरणस्थानको माथिल्लो भागमा परमप्रभु तेरा परमेश्वरको निम्ति एउटा वेदी बना र त्यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
A vzděláš oltář Hospodinu Bohu svému na vrchu skály této, na rovině její, a vezma volka toho druhého, obětovati budeš obět zápalnou s dřívím háje, kterýž posekáš.
27 यसैले गिदोनले आफ्ना दश जना सेवकलाई लिए र परमप्रभुले तिनलाई भन्नुभएझैं गरे । तर दिनको समयमा त्यो काम गर्न तिनी आफ्ना पिताका घराना र नगरका मानिसहरूसँग सह्रै डराएका हुनाले, तिनले त्यो काम रातमा गरे ।
Tedy vzal Gedeon deset mužů z služebníků svých, a učinil, jakž mluvil jemu Hospodin; a boje se čeledi otce svého a mužů města, neučinil toho ve dne, ale v noci.
28 बिहान जब नगरका मानिसहरू उठे, तब बाल देवताको वेदी भत्किएको, र त्यसको छेऊमा भएको अशेरा देवीको मुर्ति काटेर ढलिएको थियो, र त्यहाँ बनाइएको वेदीमाथि त्यो दोस्रो साँढेलाई चढाइएको थियो ।
Když pak vstali muži města ráno, uzřeli zbořený oltář Bálův, a háj, kterýž byl vedlé něho, že byl posekaný, a volka toho druhého obětovaného v obět zápalnou na oltáři v nově vzdělaném.
29 सहरका मानिसहरूले एक-अर्कामा यसो भने, “यो कसले गरेको हो?” जब तिनीहरूले अरूसँग कुरा गरे र जवाफको खोजे, तब तिनीहरूले भने, “योआशका छोरा गिदोनले यो कुरा गरेको हो ।”
I mluvili jeden k druhému: Kdo to udělal? A vyhledávajíce, vyptávali se a pravili: Gedeon syn Joasův to učinil.
30 अनि सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ, ताकि त्यो मारियोस्, किनभने त्यसले बाल देवताको वेदी भत्काइदिएको र त्यस छेऊको अशेरा देवीको मुर्ति ढालिदिएको छ ।”
Tedy řekli muži města k Joasovi: Vyveď syna svého, ať umře, proto že zbořil oltář Bálův, a že posekal háj, kterýž byl vedlé něho.
31 आफ्नो विरुद्धमा भएका सबै जनालाई योआशले भने, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउँछौ? जसले त्यसको पक्षमा बोल्छ, त्यो बिहानकै समयमा मारियोस् । बाल देवता हो भने, कसैले त्यसको वेदी भत्काइदिंदा त्यसले आफ्नो सुरक्षा आफैं गरोस् ।”
Odpověděl Joas všechněm stojícím před sebou: A což se vy nesnadniti chcete o Bále? Zdali vy jej vysvobodíte? Kdož by se zasazoval o něj, ať jest zabit hned jitra tohoto. Jestližeť jest bohem, nechať se sám zasazuje o to, že jest rozbořen oltář jeho.
32 त्यसकारण, त्यो दिनमा तिनीहरूले गिदोनलाई “यरूब-बाल” भने, किनभने तिनले यसो भनेका थिए, “बालले त्यसको विरुद्ध आफ्नो सुरक्षा आफैं गरोस्,” किनभने गिदोनले बालको वेदी भत्काए ।
I nazval jej toho dne Jerobálem, řka: Nechť se zasadí Bál proti němu, že zbořil oltář jeho.
33 यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।
Tedy všickni Madianští a Amalechitští a národové východní shromáždili se spolu, a přešedše Jordán, položili se v údolí Jezreel.
34 तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्न सकून् ।
Duch pak Hospodinův posilnil Gedeona, kterýžto zatroubiv v troubu, svolal Abiezeritské k sobě.
35 उनले मनश्शेभरि नै दूतहरू पठाए, र उनीहरूलाई पनि तिनको पछि लाग्न बोलाइयो । तिनले आशेर, जबूलून, र नप्तालीकहाँ पनि दूतहरू पठाए, र उनीहरू तिनलाई भेट्न निस्के ।
A poslal posly ke všemu pokolení Manassesovu, a svoláno jest k němu; poslal též posly k Asserovi, k Zabulonovi a k Neftalímovi, i přitáhli jim na pomoc.
36 गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्छ भने—
Tedy mluvil Gedeon k Bohu: Vysvobodíš-li skrze ruku mou Izraele, jakož jsi mluvil,
37 हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्नेछु ।”
Aj, já položím rouno toto na humně. Jestliže rosa bude toliko na rouně, a na vší zemi vůkol sucho, tedy věděti budu, že vysvobodíš skrze ruku mou Izraele, jakož jsi mluvil.
38 यस्तो भयो – भोलिपल्ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे ।
I stalo se tak. Nebo vstav nazejtří, stlačil rouno, a vyžďal rosu z něho, i byl plný koflík vody.
39 त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्ट बोल्नेछु । मलाई फेरि एकपल्ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।”
Řekl také Gedeon Bohu: Nerozpaluj se prchlivost tvá proti mně, že promluvím ještě jednou. Prosím, nechažť zkusím ještě jednou na rouně. Nechť jest, prosím, samo rouno suché, a na vší zemi rosa.
40 तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।
I učinil Bůh té noci tak, a bylo samo rouno suché, a na vší zemi byla rosa.