< न्यायकर्ताहरू 3 >
1 यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्यक्तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।
А ово су народи које остави Господ да њима куша Израиљ, све оне који не знаху за ратове хананске,
2 (युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो ।)
Да би барем наслеђе синова Израиљевих знало и разумело шта је рат, барем они који од пре нису знали:
3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्ने हिव्वीहरू ।
Пет кнежевина филистејских, и сви Хананеји и Сидонци и Јевеји, који живљаху на гори Ливану од горе Вал-Ермона до Емата.
4 इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
Ти народи осташе да се Израиљ њима куша, да се види хоће ли слушати заповести Господње, које је заповедио оцима њиховим преко Мојсија.
5 यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
И живљаху синови Израиљеви усред Хананеја и Хетеја и Амореја и Ферезеја и Јевеја и Јевусеја.
6 तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
И жењаху се кћерима њиховим и удаваху кћери своје за синове њихове, и служаху боговима њиховим.
7 परमप्रभुको नजरमा जे कुरा दुष्ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
И чињаху синови Израиљеви што је зло пред Господом, и заборавише Господа Бога свог и служаху Валима и луговима.
8 यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्म कूशन-रिशातैमको सेवा गरे ।
Зато се разгневи Господ на Израиља, и даде их у руке Хусан-Рисатајиму цару месопотамском; и служаше синови Израиљеви Хусан-Рисатајиму осам година.
9 जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्निएल (कालेबका भाइ) थिए ।
Потом вапише синови Израиљеви ка Господу, и подиже Господ избавитеља синовима Израиљевим да их избави, Готонила сина Кенезовог, млађег брата Халевовог,
10 परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
И беше на њему дух Господњи, и суђаше Израиљу; и изиђе на војску, и предаде му Господ у руке Хусан-Рисатајима цара месопотамског; и рука његова надјача Хусан-Рисатајима.
11 देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्निएलको मृत्यु भयो ।
И земља би мирна четрдесет година. Потом умре Готонило син Кенезов.
12 त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
А синови Израиљеви стадоше опет чинити што је зло пред Господом; а Господ укрепи Еглона цара моавског на Израиља, јер чињаху што је зло пред Господом.
13 एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
Јер скупи к себи синове Амонове и Амалике, и изашавши поби Израиља, и освојише град палмов.
14 इस्राएलका मानिसहरूले अठार वर्षसम्म मोआबका राजा एग्लोनको सेवा गरे ।
И синови Израиљеви служише Еглону цару моавском осамнаест година.
15 जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
Потом вапише синови Израиљеви ка Господу; и Господ им подиже избавитеља Аода сина Гире сина Венијаминовог, човека који беше левак. И послаше синови Израиљеви по њему дар Еглону цару моавском.
16 एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्यो तिनले आफ्नो दाहिने जाँघमा आफ्नो लुगाभित्र बाँधे ।
А Аод начини себи мач са обе стране оштар, од лакта у дужину; и припаса га под хаљине своје уз десну бедрицу.
17 तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
И однесе дар Еглону цару моавском; а Еглон беше човек врло дебео.
18 एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
И кад предаде дар, отпусти људе који су носили дар.
19 गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
Па сам врати се од ликова камених, који беху код Галгала, рече: Имам, царе, неку тајну да ти кажем. А он рече: Ћути! И отидоше од њега сви који стајаху пред њим.
20 एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
А Аод приступи к њему; а он сеђаше сам у летњој соби; па рече Аод: Реч Божју имам да ти кажем. Тада он уста с престола.
21 एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए ।
А Аод потеже левом руком својом и узе мач од десне бедрице и сатера му га у трбух,
22 त्यो तरवार बींडसितै छिर्यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
И држак уђе за мачем, и сало се склопи за мачем, те не може извући мача из трбуха; и изиђе нечист.
23 त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
Потом изиђе Аод из собе, и затвори врата за собом и закључа.
24 एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
А кад он отиде, дођоше слуге, и погледаше, а то врата од собе закључана, па рекоше: Ваљда иде напоље у клети до летње собе.
25 राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
И већ им се досади чекати а врата се од собе не отварају, те узеше кључ и отворише, а гле, господар им лежи на земљи мртав.
26 अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
А Аод докле се они забавише побеже и прође ликове камене, и утече у Сериот.
27 जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
А кад дође, затруби у трубу у гори Јефремовој; и сиђоше с њим синови Израиљеви с горе, а он напред.
28 उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।
Па им рече: Хајдете за мном, јер Господ предаде вам у руке непријатеље ваше Моавце. И сиђоше за њим, и узеше Моавцима бродове јорданске, и не даваху никоме прећи.
29 त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन ।
И тада побише Моавце, око десет хиљада људи, све богате и храбре, и ни један не утече.
30 यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।
Тако у тај дан потпадоше Моавци под руку Израиљеву; и земља би мирна осамдесет година.
31 एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।
А после њега наста Самегар син Анатов, и поби шест стотина Филистеја останом волујским, и избави и он Израиља.