< न्यायकर्ताहरू 3 >
1 यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्यक्तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो ।
Iyi ndi mitundu ya anthu yomwe Yehova anayisiya kuti ayese nayo Aisraeli amene sanadziwe kumenya nkhondo mu Kanaani
2 (युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो ।)
(Yehova anachita izi kuti Aisraeli onse aphunzire kumenya nkhondo; makamaka amene nʼkale lonse sanadziwe kumenya nkhondo.
3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्ने हिव्वीहरू ।
Mitundu ya anthuyo ndi: Mafumu asanu a Afilisti, Akanaani onse, Asidoni, ndi Ahivi amene ankakhala ku mapiri a Lebanoni kuyambira ku phiri la Baala-Herimoni mpaka ku Lebo Hamati.
4 इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।
Iwowa Yehova anawasiya kuti aziyesa nawo Aisraeli kuti aone ngati angamvere malamulo a Yehova, amene anapatsa makolo awo kudzera mwa Mose.
5 यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।
Choncho Aisraeli anakhala pakati pa Akanaani, Ahiti, Aamori, Aperezi, Ahivi ndi Ayebusi.
6 तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।
Tsono Aisraeli aja amalola ana awo aamuna ndi aakazi kuti azikwatira ndi kukwatiwa ndi anthu amitundu ina. Kenaka anayamba kupembedza milungu yawo.
7 परमप्रभुको नजरमा जे कुरा दुष्ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से । तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे ।
Aisraeli anachita zinthu zoyipira Yehova. Iwowa anayiwala Yehova Mulungu wawo ndi kumatumikira Abaala ndi Asera.
8 यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो । इस्राएलका मानिसहरूले आठ वर्षसम्म कूशन-रिशातैमको सेवा गरे ।
Choncho Yehova anawapsera mtima Aisraeliwo ndipo anawagulitsa kwa Kusani-Risataimu mfumu ya ku Mesopotamiya. Choncho Aisraeli anakhala pansi pa ulamuliro wake zaka zisanu ndi zitatu.
9 जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्निएल (कालेबका भाइ) थिए ।
Koma pamene Aisraeliwo analirira kwa Yehova, Iye anawawutsira mpulumutsi, Otanieli mwana wamwamuna wa Kenazi, mngʼono wake wa Kalebe. Iyeyu ndiye anawapulumutsa.
10 परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
Mzimu wa Yehova unatsika pa iye, choncho anasanduka mtsogoleri wa Israeli. Iye anapita kukamenya nkhondo, ndipo Yehova anapereka Kusani-Risataimu mfumu ya Aaramu mʼmanja mwake. Choncho anayigonjetsa.
11 देशमा चालिस वर्षसम्म शान्ति भयो । त्यसपछि कनजका छोरा ओत्निएलको मृत्यु भयो ।
Ndipo mʼdzikomo munakhala mtendere zaka makumi anayi. Kenaka Otanieli mwana wa Kenazi anamwalira.
12 त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो ।
Aisraeli anachitanso zinthu zoyipira Yehova. Tsono Yehova anapatsa mphamvu Egiloni, mfumu ya Mowabu kuti alimbane ndi Aisraeli aja popeza anachita zinthu zoyipira Yehova.
13 एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे ।
Egiloniyo anamemeza Aamori ndi Aamaleki kupita kukamenyana ndi Israeli, ndipo analanda Yeriko, mzinda wa migwalangwa.
14 इस्राएलका मानिसहरूले अठार वर्षसम्म मोआबका राजा एग्लोनको सेवा गरे ।
Aisraeli anatumikira ngati akapolo Egiloni mfumu ya Mowabu kwa zaka 18.
15 जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो । इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए ।
Aisraeli analiranso kwa Yehova, ndipo Iye anawawutsira mpulumutsi, Ehudi. Iyeyu anali mwana wa Gera, munthu wamanzere, wa fuko la Benjamini. Aisraeli ankatumiza msonkho kwa Egiloni, mfumu ya Mowabu, kudzera kwa Ehudi.
16 एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए । त्यो तिनले आफ्नो दाहिने जाँघमा आफ्नो लुगाभित्र बाँधे ।
Ndipo Ehudi anapanga lupanga lakuthwa kuwiri lotalika masentimita makumi asanu, ndipo anamangirira lupangalo pa ntchafu yake ya kumanja mʼkati mwa zovala zake.
17 तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे । (एग्लोन धेरै मोटो मानिस थिए ।)
Iye anakapereka msonkho kwa Egiloni, mfumu ya Mowabu, amene anali munthu wonenepa kwambiri.
18 एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के ।
Ehudi atapereka msonkhowo, anawuza anthu amene ananyamula msonkhowo kuti azipita.
19 गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्त सन्देश छ ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए ।
Iye mwini anabwerera pamalo a miyala yozokotedwa ku Giligala ndipo anati, “Zikomo mfumu, ine ndili ndi mawu achinsinsi kuti ndikuwuzeni.” Mfumuyo inawuza onse amene amayitumikira kuti akhale chete, ndipo kenaka anawatulutsa.
20 एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
Kenaka Ehudi anayandikira pafupi ndi mfumuyo, ndipo iyo inakhala yokha mʼchipinda chapamwamba, mozizira bwino. Tsono Ehudi anati, “Ndili ndi mawu ochokera kwa Mulungu woti ndikuwuzeni.” Mfumuyo itadzuka pa mpando wake waufumu,
21 एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए ।
Ehudi ndi dzanja lake lamanzere, anasolola lupanga pa ntchafu yake ya kumanja ndi kubaya nalo mfumuyo pa mimba.
22 त्यो तरवार बींडसितै छिर्यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
Lupanga linalowa mʼmimba pamodzi ndi chogwirira chake. Mafuta anaphimba lupangalo popeza silinatulutsidwe mʼmimbamo. Ndiponso matumbo anatuluka.
23 त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
Kenaka Ehudi anatuluka panja pa khonde, atatseka ndi kukhoma zitseko za chipinda chapamwambacho.
24 एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
Ehudi atachoka, atumiki a mfumu aja anabwera, ndipo ataona kuti zitseko za chipinda chapamwamba zinali zokhoma anaganiza kuti mwina mfumu ikudzithandiza mʼkatimo.
25 राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
Iwo anadikira nthawi yayitali koma popanda chochitika. Koma ataona kuti mfumuyo sikutsekulabe zitseko za chipindacho, iwo anatenga makiyi ndi kutsekula zitsekozo, ndipo anangoona mbuye wawo atagwera pansi, ali wakufa.
26 अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
Ehudi anathawa pamene iwo ankadikira. Iye anadzera ku malo a miyala yozokotedwa kuja ndi kuthawa kupita ku Seiri.
27 जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
Atafika kumeneko, anayimba lipenga ku dziko la ku mapiri la Efereimu. Iye akutsogolera, Aisraeli onse anatsika naye pamodzi kuchoka ku mapiriko.
28 उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।
Iye anawawuza kuti, “Nditsatireni, chifukwa Yehova wapereka Amowabu, adani anu mʼmanja mwanu.” Choncho anthuwo anamutsatira, nalanda madooko a Yorodani opita ku Mowabu. Iwo sanalole kuti wina aliyense awoloke.
29 त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए । एउटा पनि उम्केन ।
Nthawi imeneyo anapha Amowabu pafupifupi 10,000. Ophedwawo anali anthu amphamvu komanso odziwa kumenya nkhondo, ndipo panalibe ndi mmodzi yemwe anathawa.
30 यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो ।
Tsiku limenelo Amowabu anakhala pansi pa ulamuliro wa Israeli, ndipo dzikolo linakhala pa mtendere kwa zaka 80.
31 एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे । उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए ।
Ehudi atamwalira, panabwera Samugara mwana wa Anati. Iye anapha Afilisti 600 ndi ndodo yomenyera ngʼombe. Nayenso anapulumutsa Israeli.