< न्यायकर्ताहरू 21 >

1 इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
Sasa watu wa Israeli walikuwa wameahidi huko Mispa, “Hakuna hata mmoja wetu atakayempa binti yake kuolewa na Mbenyamini.”
2 त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।
Ndipo watu wakaenda Betheli, wakakaa huko mbele ya Mungu hata jioni; wakalia kwa sauti kubwa.
3 तिनीहरूले यसो भनी पुकारा गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, इस्राएलमा हामीमध्येको एउटा कुलचाहिं आजको दिनामा किन विलिन भयो?”
Walipiga kelele, “Kwa nini, Bwana, Mungu wa Israeli, amefanya jambo hili kwa Waisraeli, kwamba moja ya makabila yetu linapotea leo?”
4 भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।
Siku iliyofuata watu waliamka mapema na wakajenga madhabahu huko na kutoa sadaka za kuteketezwa na sadaka za amani.
5 इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”
Watu wa Israeli wakasema, “Ni nani kati ya kabila zote za Israeli hawakuja katika mkutano wa Bwana?” Kwa kuwa walikuwa wamefanya ahadi muhimu juu ya mtu yeyote ambaye hakuja kwa Bwana huko Mispa. Wakasema, “Hakika yeye atauawa.”
6 इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।
Watu wa Israeli walikuwa na huruma kwa ndugu yao Benyamini. Wakasema, “Leo hii kabila moja limekatiliwa mbali kutoka Israeli.
7 बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”
Ni nani atakayewapa wale walioachwa wake, kwa kuwa tumeahidi kwa Bwana kwamba hatuwezi kuwaruhusu yeyote kati yao aoe binti zetu?”
8 तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो ।
Wakasema, “Ni nani kati ya kabila za Israeli hawakuja kwa Bwana huko Mispa? Ilionekana kuwa hakuna mtu aliyekuja kwenye mkusanyiko kutoka Jabeshi-Gileadi.
9 किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् ।
Kwa maana watu walipokuwa wamepangwa kwa utaratibu, tazama, hakuna hata mmoja wa wenyeji wa Yabeshi Gileadi.
10 त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए ।
Mkutano huo uliwatuma watu kumi na wawili wa watu wao wenye ujasiri kwa maagizo ya kwenda Jabeshi-gileadi na kuwaangamiza, na kuwaua, hata wanawake na watoto.
11 “यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।”
“Fanya hivi unapaswa kuua kila mume na kila mwanamke aliyelala na mwanaume.”
12 याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे ।
Watu wale walikuta watu kati ya hao waliokaa Yabeshi-gileadi, wanawake mia nne ambao hawakulala na mwanaume, wakawapeleka kwenye kambi huko Shilo, huko Kanaani.
13 सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए ।
Mkutano wote ukatuma ujumbe na kuwaambia watu wa Benyamini waliokuwa kwenye mwamba wa Rimoni kwamba walikuwa wanawapa amani.
14 ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् ।
Wabenyamini walirudi wakati huo na walipewa wanawake wa Yabeshi Gileadi, lakini hapakuwa na wanawake wa kutosha kwa wote.
15 बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो ।
Watu waliomboleza kwa kile kilichotokea Benyamini, kwa kuwa Bwana alifanya mgawanyiko kati ya makabila ya Israeli.
16 त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”
Kisha wakuu wa mkutano wakasema, “Tutafanyaje ili Wabenyamini wapate wake, kwa kuwa wanawake wa Benyamini wameuawa?”
17 तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् ।
Wakasema, 'Lazima kuwe na urithi kwa Wabenyamini waliosalia, ili kabila lisiharibiwe kutoka Israeli.
18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’”
Hatuwezi kuwapa wake kutoka kwa binti zetu, kwa kuwa wana wa Israeli walikuwa wametoa ahadi, 'Na alaaniwe mtu atakayempa Benyamini mke.'”
19 यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।”
Wakasema, “Mnajua kuwa kuna sikukuu kwa Bwana kila mwaka huko Shilo ( ambayo ni kaskazini ya Betheli, mashariki ya barabara inayopanda kutoka Betheli hadi Shekemu, na kusini mwa Lebona).
20 तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख ।
Wakawaagiza wana wa Benyamini, wakisema, “Nendeni, mjifiche kwa siri, na kusubiri katika mashamba ya mizabibu.
21 शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क ।
Tazama wakati ambapo wasichana kutoka Shilo watatoka kucheza, Tokeni nje ya mizabibu na kila mmoja wenu anapaswa kunyakua mke kutoka kwa wasichana wa Shilo, kisha kurudi kwenye nchi ya Benyamini.
22 जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”
Wakati baba zao au ndugu zao watakapokuja kutupinga, tutawaambia, 'Tupeni neema! Waache wabaki kwa sababu hatukupata wake kwa kila mtu wakati wa vita. Na ninyi hamna hatia juu ya ahadi, kwa sababu hamkuwapa wao binti zenu.'”
23 बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।
Watu wa Benyamini walifanya hivyo. Walichukua idadi ya wake waliowahitaji kutoka kwa wasichana waliokuwa wakicheza, nao wakawachukua ili wawe wake zao. Wakaenda na kurudi mahali pa urithi wao; wakajenga tena miji, na wakaishi ndani yao.
24 तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए ।
Kisha watu wa Israeli wakatoka mahali hapo na kwenda nyumbani, kila mmoja kwa kabila lake na ukoo, na kila mmoja kwa urithi wake mwenyewe.
25 ती दिनहरूमा इस्राएलमा कोही पनि राजा थिएन । हरेक व्‍यक्‍तिले आ-आफ्नो दृष्‍टिमा जे ठिक लाग्‍यो त्यही गर्थ्यो ।
Siku hizo hapakuwa na mfalme huko Israeli. Kila mtu alifanya yaliyo sawa machoni pake mwenyewe.

< न्यायकर्ताहरू 21 >