< न्यायकर्ताहरू 20 >

1 त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
Hahoi Isarelnaw teh pouknae buet touh lah a kamhluem awh teh, Dan hoi Beersheba totouh Gilead ram e naw hoi Mizpah vah BAWIPA koe a kamkhueng awh.
2 इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
Hahoi taminaw kahrawikungnaw hoi, Isarelnaw abuemlah Cathut taminaw a kamkhuengnae hmuen koe, koung a bawk awh. Tahloi ka patuem e ransaNaw 400000 touh a pha.
3 बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”
Benjaminnaw ni, Isarelnaw hah, Mizpah vah a takhang awh tie a panue awh. Hahoi Isarelnaw ni bangkongmaw hettelah tailai thoenae hah khuet na sak awh vaw. Na dei pouh awh loe atipouh awh.
4 त्यो मारिएकी स्‍त्रीका पति ती लेवीले जवाफ दिए, “म र मेरी उपपत्‍नी बेन्यामीनको इलाकामा पर्ने गिबामा रात कटाउन गएका थियौं ।
Levih miphun, a yu a thei pouh e a vâ ni, Benjamin miphun onae Gibeah kho roe hanelah noe laihoi a kâen.
5 रातको बेला गिबाका अगुवाहरूले घरलाई घेरेर मलाई मार्ने उद्देश्यले आक्रमण गरे । तिनीहरूले मेरी उपपत्‍नीलाई बलात्कार गरे र त्यो मरी ।
Hahoi Gibeahnaw ni na cusin awh teh, karum vah kai kecu dawk im teh a ven awh. Thei han na noe awh ei, kai na thei yueng lah, ka yu ado a pacekpahlek awh teh, a due sak awh.
6 मैले मेरी पत्‍नीलाई ल्‍याएँ र त्यसको लाशलाई टुक्रा-टुक्रा गरी काटें, र ती इस्राएलको उत्तराधिकारको हरेक इलाकामा पठाएँ, किनभने तिनीहरूले इस्राएलमा यतिसम्मको दुष्‍टता र अत्याचार गरेका छन् ।
Hottelah ka yu ado ro hah ka la teh, koung ka raban. Isarelnaw ao awh nah tangkuem koe koung ka patawn. Bangkongtetpawiteh, Isarel ram vah panuettho e hno hoi pathunae hno hah a sak awh.
7 यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”
Nangmouh Isarelnaw abuemlahoi na pouknae hah ahawi na ti awh e patetlah dei awh haw telah ati.
8 सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
Hahoi teh, tamimaya teh lungkânging lah a tahung awh teh, apihai mae im dawk kâen awh hanh. Apihai mae rim thung kâen awh hanh.
9 तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।
Hatei, Gibeahnaw tak dawk sak hane kong dawk teh cungpam rayu hoi tuk awh sei.
10 हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”
Isarelnaw tak dawk kamhnawngnae hno a sak awh dawkvah, Gibeahnaw tuk navah, taminaw hane rawca ka thak hanlah, Isarel miphunnaw thung dawk 100 touh dawk 10 touh, 1000 touh dawk 100 touh, 10,000 touh dawk 1,000 touh rawi awh sei telah ati awh.
11 यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
Hottelah hoi Isarelnaw pueng teh khopui tuk hanelah, lungthin buet touh lah a kamhluem awh.
12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?
Hahoi, Isarel miphunnaw ni Benjamin miphunnaw pueng koe, nangmouh koe het patetlah e hno kaawm e heh, bang dawk na maw.
13 यसकारण, गिबाका ती दुष्‍ट मानिसहरूलाई हामीलाई सुम्‍पिदेओ, ताकि हामी तिनीहरूलाई मार्नेछौं र यसरी इस्राएलबाट हामी यो दुष्‍टता पूर्ण रूपमा हटाउनेछौं ।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ, अर्थात् इस्राएलका मानिसहरूको कुरा सुनेनन् ।
Gibeah e tami kaponaw thokhai awh. Hot patetlah Isarel ram e yon pâmen nahanelah, ka thei awh han titeh, tami a patoun awh. Hatei, Benjamin miphunnaw ni a hmaunawngha Isarelnaw ni a dei e hah ngai awh hoeh.
14 त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
Benjamin miphunnaw teh, Isarelnaw tuk hanlah khopui thung hoi a tâco awh teh, Gibeah vah a kâen awh.
15 बेन्यामीनका मानिसहरूले त्यस दिन आफ्ना सहरहरूबाट तरवार बोकेर युद्ध लड्नको निम्ति तालिम प्राप्‍त छब्बीस हजार सिपाहीलाई एकसाथ ल्याए । यसका साथै, त्‍यहाँ गिबाका बासिन्दाहरूबाट सात सय चुनिएकाहरू मानिसहरू थिए ।
Hot hnin vah, Benjaminnaw tahloi ka patuem hoi, katâcawtnaw teh, Gibeah vah a rawi awh e tami 700 touh touksin laipalah, 26,000 touh a pha awh.
16 यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे । तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्‍न सक्‍थे र निशाना चुकाउँदैनथे ।
Hotnaw hloilah, avoilah ka hno thai e tami 700 touh ao. Abuemlahoi pahlarui payang e thaw laipalah, talungdêikathoum e seng doeh.
17 बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्‍त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।
Isarelnaw teh Benjaminnaw touksin laipalah, tahloi ka patuem thai e 400000 touh a pha awh. Hotnaw pueng teh taran ka tuk thai e seng doeh.
18 इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
Isarelnaw ni a thaw awh teh, Bethel lah a takhang awh. Benjaminnaw hah apinimaw hmaloe a tuk han telah Cathut koe pouknae a pacei awh. BAWIPA ni Judahnaw hmahman naseh atipouh.
19 इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।
Hottelah Isarelnaw teh amom vah a thaw awh teh, Gibeah tuk hanlah a roe awh.
20 इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।
Isarelnaw teh Benjamin tuk hanlah a kamthaw awh teh Gibeah vah, a tuk awh.
21 बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।
Hahoi Benjaminnaw teh Gibeah hoi a tâco awh teh, hot hnin vah Isarelnaw 22,000 touh a thei awh.
22 तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।
Isarelnaw pueng ni tha a kâla awh teh, apasuek hnin kâtuknae hmuen koe, bout a kâtuk awh.
23 तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूलाई आक्रमण गर!”
(Hahoi Isarelnaw teh a takhang awh teh, Cathut hmalah tangmin totouh a khuika awh. Ka nawngha Benjaminnaw tuk hanlah bout kathâw awh han maw telah BAWIPA koe a pacei awh. BAWIPA ni bout tuk awh ati pouh).
24 यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।
Apâhni hnin Isarelnaw ni Benjaminnaw hah a hnaisin awh.
25 दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्‍त मानिसहरू थिए ।
Benjaminnaw hai apâhni hnin bout kâtuk hanlah Gibeah hoi a tâco awh. Isarelnaw hah 18,000 bout a thei awh. Hetnaw teh tahloi ka patuem seng doeh.
26 त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
Hottelah Isarelnaw teh a takhang awh teh, Bethel vah a cei awh teh, a khuika awh. BAWIPA hmalah a tahung awh teh, hat hnin teh, tangmin totouh rawca a hai awh. Hahoi BAWIPA koe hmaisawi thuengnae hoi roum thuengnae hah a poe awh.
27 इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,
Isarelnaw ni BAWIPA koe pouknae a hei awh. ( Hatnae tueng dawk Cathut lawkkam thingkong teh haw vah a o).
28 र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
Hatnae tueng nah Aron Capa Eleazar e capa Phinehas ni thaw ouk a tawk). Hmaunawngha Benjamin teh ka tuk awh han rah maw, ka o takhai awh han toung ou telah ati awh. BAWIPA ni takhang sin awh. Bangkongtetpawiteh, tangtho teh na kut dawk na poe awh han toe telah atipouh.
29 यसैले इस्राएलले गिबा वरिपरि गुप्‍त ठाउँहरूमा मानिसहरूलाई राखे ।
Isarelnaw ni Gibeah teng vah arulahoi lampawp a ta awh.
30 तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
Hahoi Isarelnaw teh Benjamin tuk hanlah apâthum a kamthaw awh teh, a hmoun e patetlah Gibeah kho tuk hanlah bout a kâcai awh.
31 बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्‍याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
Hahoi Benjaminnaw teh, tuk hanlah kho dawk hoi a tâco awh. Ahmoun e patetlah tuk vaiteh, thei han a kamtawng awh. Law hoi Bethel lah takhangnae koe Gibeah lam koevah, Isarelnaw 30 touh a thei awh.
32 तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
Benjaminnaw ni yampa e patetlah a sung awh toe ati awh. Isarelnaw ni yawng awh vaiteh, ahnimanaw hah khopui lamthung koe tâcawt sak sei telah ati awh.
33 इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
Hottelah Isarelnaw ni amamae hmuen hah a ceitakhai teh, Baaltamar hmuen koe a kamtue awh. Hahoi arulahoi ka pawm e Isarelnaw hah a pawpnae Geba hmuen koe a tâco awh.
34 सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।
Isarelnaw thung dawk hoi rawi e 10000 touh hah Geba kho lahoi a tho teh, puenghoi a kâtuk awh. Hatei, Benjaminnaw ni a tak dawk rawknae a pha hane panuek awh hoeh.
35 परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्‍त थिए ।
BAWIPA ni, Benjaminnaw teh Isarelnaw hmalah, a tâ pouh. Hahoi Isarelnaw ni hot hnin dawk 25100 touh a thei awh. Hotnaw teh tahloi ka patuem seng doeh.
36 यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
Hot patetlah Benjaminnaw ni a sung awh e hah a hmu awh. Isarelnaw ni Gibeah tuk hanlah arulahoi lampawp a ta awh e hah, a kâuep awh dawkvah, Benjaminnaw hah hnuklah a kâhnawn takhai awh e doeh.
37 तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।
Arulahoi kapawmnaw ni Gibeah kho dawk a saueng awh teh, a khoca pueng hah tahloi hoi koung thei awh.
38 इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच एउटा चिन्हको सल्लाह भएको थियो र त्योचाहिं सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्‍ने थियो ।
Isarelnaw hoi lampawp katahungnaw lawk a kâkam awh e teh, a khopui hmai lah muengkhu sak hane doeh.
39 त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”
Hahoi Isarelnaw teh hnuklah bout a kâhnawn awh teh, Benjaminnaw ni a saueng awh. Isarelnaw 30 tabang a thei awh. Kâtuk pasueknae patetlah maimae hmalah a sung awh toe ati awh.
40 तर जब सहरबाट धुँवाको मुस्लो माथि उठ्‍न थाल्‍यो, तब बेन्यामीनीहरूले फर्केर हेरे र सारा सहरबाट आकाशतर्फ धुँवा उडेको देखे ।
Hatei, khopui dawk hmaikhu a kangdue navah, Benjaminnaw teh a kamlang awh teh, khenhaw! khopui e hmaikhu teh kalvan lah a luen parai toe.
41 त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।
Hahoi Isarelnaw teh hnuklah a kamlang awh teh, Benjaminnaw ni runae a kâhmo awh toe tie a panue awh navah,
42 यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
Isarelnaw hmalah, kahrawng lah a yawng awh. Hatei, pou a pâlei awh. Hahoi, khopui thung hoi ka tâcawt e naw hah hawvah a thei awh.
43 तिनीहरूले बेन्यामीनीहरूलाई घेरे, तिनीहरूलाई खेदे र तिनीहरूलाई गिबाको पूर्वमा नोहामा खत्तम पारे ।
Benjaminnaw teh he a kalup awh. A pâlei awh teh, kanîtholah Gibeah kho teng kâhatnae koe a pha awh teh, a katin awh.
44 बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्‍ट थिए ।
Benjaminnaw teh tami 18000 touh a due awh. Abuemlahoi athakaawme taminaw hoi a tarankahawinaw seng doeh.
45 तिनीहरू युद्धबाट फर्के र उजाड-स्‍थानमा रिम्मोनको चट्टानतर्फ भागे । इस्राएलीहरूले बाटोहरूमा तिनीहरूका अरू पाँच हजार जना मानिसहरूलाई मारे । उनीहरूले तिनीहरूलाई गीदोमसम्मै लखेटिरहे र त्यहाँ अरू दुई हजार जनालाई मारे ।
Hahoi kaawm e naw ni, a ban awh teh, ramke lae Rimmon lungsong koe lah a yawng awh. Tami 5,000 touh teh lam vah hmawi a man awh. Gidom totouh pou a pâlei awh teh, tami 2,000 touh a thei awh.
46 त्यस दिन मर्नेहरूमा पच्‍चीस हजार बेन्यामीनी सेनाहरू थिए जो तरवारले लडाइँ गर्नको निम्ति तालिम प्राप्‍त थिए । तिनीहरू सबै युद्ध गर्न निपुण थिए ।
Hottelah, hat hnin Benjaminnaw kadoutnaw pueng hah, tahloi ka patuem e 25,000 touh a pha. Abuemlah hoi athakaawme taminaw hoi a tarankahawinaw seng doeh.
47 तर छ सय मानिसहरू उजाड-स्‍थानमा रिम्मोनको चट्टानतिर भागे । चार महिनासम्म तिनीहरू रिम्मोनको चट्टानमा बसे ।
Hatei, tami 600 touh teh, ram ka ke koelah, Rimmon lungsong koe a yawng awh teh, hawvah, thapa yung pali touh ao awh.
48 इस्राएलका सेनाहरू बेन्यामीनी मानिसहरूका विरुद्ध फर्के र तिनीहरूलाई, र सहर र पशुहरू, र त्यहाँ भएका सबै कुरालाई तरवारको धारले प्रहार गरे । आफ्नो बाटोमा सबै नगरलाई समेत तिनीहरूले जलाइदिए ।
Hahoi Isarelnaw niteh, Benjaminnaw koe bout a kamthaw awh teh, a khopui thung taminaw pueng hoi saring thoseh, a hmu awh e naw pueng hah tahloi hoi a thei awh. Hothloilah, kho a hmu awh e naw pueng hai hmai a sawi pouh awh.

< न्यायकर्ताहरू 20 >