< न्यायकर्ताहरू 2 >
1 परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ ।
Malaika wa Bwana akatoka Gilgali, akaenda Bokimu, akasema, “Nimekuleta kutoka Misri, na nimekuleta katika nchi niliyoapa kuwapa baba zako.
2 यस देशमा बस्नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ?
Nikasema, 'Sitakuvunja kamwe agano langu na wewe. Usifanye agano na wale wanaoishi katika nchi hii. Ziangushe madhabahu zao. Lakini hukusikiliza sauti yangu. Je! ni nini hiki ulichokifanya?
3 यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन् ।’”
Basi sasa nasema, “Sitawafukuza Wakanaani mbele yenu, nao watakuwa miiba kwenu, na miungu yao itakuwa mtego kwa ajili yenu.”
4 जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्चाए र रोए ।
Malaika wa Bwana alipowaambia maneno hayo kwa watu wote wa Israeli, watu wakapiga kelele na kulia.
5 तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए । त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए ।
Waliita mahali hapo Bokimu. Hapo wakatoa dhabihu kwa Bwana.
6 अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए, इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए ।
Yoshua alipowaruhusu watu waende zao, wana wa Israeli kila mmoja akaenda mahali alipopewa, wakiwa na umiliki wa ardhi yao.
7 यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।
Watu walimtumikia Bwana wakati wa maisha ya Yoshua na wazee walioendelea baada yake, ni wale waliokuwa wameona matendo yote makuu ya Bwana aliyoyafanya kwa Israeli.
8 परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्यु भयो ।
Yoshua mwana wa Nuni, mtumishi wa Bwana, alikufa akiwa na umri wa miaka 110.
9 तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे ।
Wakamzika ndani ya mpaka wa nchi aliyopewa huko Timnath Heresi, katika mlima wa Efraimu, kaskazini mwa Mlima Gaash.
10 त्यस पुस्ताका सबै जना आफ्ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।
Kizazi hicho chote kilikusanyika kwa baba zao. Kizazi kingine kilichofuata baada yao ambao hakikumjua Bwana au kile alichokifanya kwa Israeli.
11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्टिमा जे कुरा दुष्ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।
Watu wa Israeli walifanya yaliyo mabaya machoni pa Bwana, nao wakawatumikia Mabaali.
12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने,
Wakaondoka kwa Bwana, Mungu wa baba zao, aliyewatoa kutoka Misri. Wakaifuata miungu mingine, miungu ya watu waliokuwa karibu nao, nao wakaisujudia. Wakamkasirisha BWANA kwa sababu
13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।
waliondoka kwa Bwana na kumwabudu Baal na Maashtoreti.
14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
Hasira ya Bwana ikawaka juu ya Israeli, naye akawapa washambuliaji walioiba mali zao kutoka kwao. Aliwauza kama watumwa waliofanyika kwa nguvu za maadui zao waliowazunguka, hivyo hawakuweza kujikinga dhidi ya adui zao.
15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्यन्तै सकसमा परे ।
Israeli walipokwenda kupigana, mkono wa Bwana ulikuwa dhidi yao kuwashinda, kama alivyowaapia. Na walikuwa katika shida kali.
16 त्यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।
Ndipo Bwana akawainua waamuzi, waliowaokoa katika mikono ya wale waliokuwa wakiba mali zao.
17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।
Hata hivyo hawakuwasikiliza waamuzi wao. Hawakuwa waaminifu kwa Bwana na wakajitoa wenyewe kama makahaba kwa miungu mingine na kuabudu. Waligeuka upesi na kuiacha njia waliyoishi baba zao-wale waliotii amri za Bwana-lakini wao wenyewe hawakufanya hivyo.
18 जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्याचार गर्ने र कष्ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।
Bwana aliinua waamuzi kwa ajili yao, Bwana akawasaidia waamuzi na kuwakomboa kutoka kwa mikono ya adui zao siku zote muamuzi aliishi. Bwana aliwahurumia walipougua kwa sababu ya wale waliowadhulumu na kuwasumbua.
19 तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्न इन्कार गरे ।
Lakini mwamuzi alipokufa, waligeuka na kufanya mambo ambayo yalikuwa mabaya zaidi kuliko baba zao walivyofanya. Wakaenda kuifuata miungu mingine kuitumikia na kuiabudu. Walikataa kuacha matendo yao yote mabaya au njia zao za ukaidi.
20 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले,
Hasira ya Bwana iliwaka juu ya Israeli; akasema, Kwa sababu taifa hili limevunja masharti ya agano langu ambalo nililiweka kwa ajili ya baba zao-kwa sababu hawakuisikiliza sauti yangu.
21 यहोशू मृत्यु हुँदा, त्यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ ।
Tangu sasa sitaliondoa mbele yao taifa lolote aliloliacha Yoshua baada ya kufa.
22 इस्राएलका मानिसहरू आफ्ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन् या छैनन् भनेर जाँच्नको निम्ति म यसो गर्नेछु ।”
Nitafanya hivi ili kuwajaribu Israeli, ikiwa watafuata njia ya Bwana au sivyo, kama vile baba zao walivyoifuata.
23 यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो र तिनीहरूलाई तुरुन्तै धपाउनुभएन र यहोशूको हातमा सुम्पनुभएन ।
Ndiyo sababu Bwana aliwaacha mataifa hayo, wala hakuwafukuza haraka na kuwatia mikononi mwa Yoshua.