< न्यायकर्ताहरू 2 >

1 परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनें, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ ।
Mala’ikan Ubangiji ya haura daga Gilgal zuwa Bokim ya ce, “Na hauro da ku daga Masar zuwa ƙasar da na rantse zan ba wa kakanninku. Na ce, ‘Ba zan taɓa tā da yarjejjeniyata da ku ba,
2 यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नुहुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ?
ku kuma kada ku shiga wata yarjejjeniya da mazaunan ƙasan nan, sai dai za ku rurrushe bagadansu.’ Duk da haka ba ku yi biyayya mini ba. Me ya sa kuka yi haka?
3 यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।’”
Saboda haka ina gaya muku cewa ba zan kore su a gabanku ba; za su zama muku ƙaya, gumakansu kuma za su zama muku tarko.”
4 जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए ।
Da mala’ikan Ubangiji ya faɗa wa dukan Isra’ilawa waɗannan abubuwa, sai mutane suka yi kuka mai zafi,
5 तिनीहरूले त्यस ठाउँलाई बोकीम नाउँ दिए । त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए ।
sai suka sa wa wannan wuri suna, Bokim. A nan suka miƙa hadaya a gaban Ubangiji.
6 अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए, इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए ।
Bayan Yoshuwa ya sallami Isra’ilawa, sai suka tafi don su mallaki ƙasar, kowa da nasa gādon.
7 यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।
Mutane suka bauta wa Ubangiji duk tsawon kwanakin Yoshuwa da na dattawan da suka rayu bayansa waɗanda suka ga manyan abubuwan da Ubangiji ya yi wa Isra’ila.
8 परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो ।
Yoshuwa ɗan Nun, bawan Ubangiji, ya mutu yana da shekara ɗari da goma.
9 तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे ।
Aka binne shi a ƙasar gādonsa, a Timnat Heres a ƙasar tudu ta Efraim, arewa da Dutsen Ga’ash.
10 त्यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।
Bayan tsaran nan duka suka rasu, sai wata tsara ta taso wadda ba tă san Ubangiji ko abin da ya yi wa Isra’ila ba.
11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।
Sai Isra’ilawa suka yi mugaye abubuwa a gaban Ubangiji suka kuma bauta Ba’al.
12 तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने,
Suka yashe Ubangiji Allah na kakanninsu, wanda ya fitar da su daga Masar. Suka bi suka kuma bauta alloli dabam-dabam na mutanen da suke kewaye da su. Suka tsokani Ubangiji ya yi fushi
13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पुजा गरे ।
domin sun bar shi suka bauta wa Ba’al da Ashtarot.
14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
Cikin fushinsa a kan Isra’ila Ubangiji ya ba da su ga hannun waɗanda suka kawo musu hari suka washe su. Ya sayar da su ga abokan gābansu da suke kewaye da su, waɗanda ba za su iya yin tsayayya da su ba.
15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।
Duk sa’ad da Isra’ila suka fita yaƙi, Ubangiji yakan yi gāba da su don a ci su a yaƙi, kamar dai yadda ya rantse musu. Suka kuwa shiga wahala ƙwarai.
16 त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।
Sa’an nan Ubangiji ya naɗa mahukunta, waɗanda suka cece su daga hannun waɗannan musu hari.
17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।
Duk da haka ba su saurari mahukuntansu ba amma sai suka shiga ha’inci da waɗansu alloli suka kuma bauta musu. Ba kamar kakanninsu ba, nan da nan suka kauce daga hanyar da kakanninsu suka bi, hanyar biyayya ga umarnan Ubangiji.
18 जब परमप्रभुले तिनीहरूका निम्ति न्यायकर्ताहरू खडा गर्नुभयो, ती न्यायकर्ताहरू बाँचुन्जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।
Duk sa’ad da Ubangiji ya naɗa musu mahukunci, yakan kasance tare da mahukuncin, yă kuma cece su daga hannun abokan gāba, muddin mahukuncin yana a raye; gama Ubangiji yakan ji tausayinsu yayinda suke gunaguni ƙarƙashin waɗanda suka danne su suke kuma gasa musu azaba.
19 तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे ।
Amma sa’ad da mahukuncin ya mutu, mutanen suka koma hanyar da ta fi ta kakanninsu muni, sukan bi waɗansu alloli suna bauta musu. Suka ƙi barin mugun ayyukansu da taurin zuciyarsu.
20 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले,
Saboda haka sai Ubangiji ya fusata da Isra’ila ya ce, “Domin wannan al’umma ta tā da yarjejjeniyar da na yi da kakanninsu ba su kuwa saurare ni ba,
21 यहोशू मृत्‍यु हुँदा, त्यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ ।
ba zan ƙara kori wata al’ummar da Yoshuwa ya bari sa’ad da ya rasu ba.
22 इस्राएलका मानिसहरू आफ्‍ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन् या छैनन् भनेर जाँच्नको निम्ति म यसो गर्नेछु ।”
Zan yi amfani da su in gwada Isra’ila in ga ko za su bi hanyar Ubangiji su kuma yi tafiya a cikinta kamar yadda kakanninsu suka yi.”
23 यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो र तिनीहरूलाई तुरुन्तै धपाउनुभएन र यहोशूको हातमा सुम्पनुभएन ।
Ubangiji ya bar waɗannan al’ummai su kasance; bai kore su nan take ta wurin ba da su a hannun Yoshuwa ba.

< न्यायकर्ताहरू 2 >