< न्यायकर्ताहरू 17 >

1 एफ्राइमको पहाडी देशमा एक जना मानिस थिए, र तिनको नाउँ मीका थियो ।
Bijaše u Efrajimovoj gori čovjek po imenu Mikajehu.
2 तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्‍का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । त्‍यो चाँदी मसँग छन् । त्‍यो मैले ती चोरें ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!”
On reče majci: “Tisuću i sto srebrnih šekela što su ti ukradeni i zbog kojih si izustila kletvu - uši su je moje čule - taj je novac kod mene, ja sam ga uzeo.” Mati mu odgovori: “Jahve te blagoslovio, sine moj!”
3 तिनले ती चाँदीका १,१०० सिक्‍काहरू आफ्नी आमालाई दिए र तिनकी आमाले भनिन्, “खोपिएको र ढलौटे मूर्तिहरू बनाउनलाई मेरो छोराको निम्ति यो चाँदी म परमप्रभुमा अलग गर्छु । यसैले अब यो म तिमीलाई दिन्‍छु ।”
I Mikajehu vrati joj tisuću i sto srebrnih šekela. A mati mu njegova reče: “Te sam novce posvetila Jahvi iz svoje ruke za tebe, sine moj, da se izdjela za to rezan ili ljeven idol. I evo, za to ih dajem.”
4 जब तिनले त्‍यो पैसा आफ्नी आमालाई दिए, तब तिनकी आमाले चाँदीका दुई सय सिक्‍का लिईन् र त्‍यो शिल्पकारलाई दिईन् जसले तीबाट खोपिएको र ढलौटे मूर्तिहरू बनाए, र ती मीकाको घरमा राखियो ।
Majka uze dvije stotine srebrnih šekela i dade ih zlataru. On načini od njih rezani i ljeveni idol koji postaviše u Mikajehuovoj novoj kući.
5 त्‍यो मानिस मीकासित मूर्तिहरूको एउटा घर थियो र तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र तिनले आफ्ना छोरामध्ये एक जनालाई पुजारी हुनको निम्ति नियुक्त गरे ।
On mu sagradi svetište, zatim načini efod i terafe te posveti jednoga od svojih sinova da mu bude svećenik.
6 ती दिनहरूमा इस्राएलमा कोही राजा थिएन, र हरेकले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो ।
U to vrijeme u Izraelu nije bilo kralja i svatko je radio po miloj volji.
7 यहूदाको बेथलेहेमका यहूदाका वंशका एक जना जवान मानिस थिए जो एक जना लेवी थिए । आफ्नो जिम्मेवारी पुरा गर्न तिनी त्यहाँ बसे ।
Bijaše neki mladić iz Betlehema u Judi, iz Judina plemena; bio je levit i boravio je ondje kao došljak.
8 ती मानिसले यहूदाको बेथलेहेमलाई छोडेर गए र बस्‍ने एउटा ठाउँ खोजे । तिनले यात्रा गर्दै जाँदा, तिनी एफ्राइमको पहाडी देशमा भएको मीकाको घरमा आए ।
Taj čovjek ode iz grada Betlehema u Judi da se nastani na kakvu prikladnu mjestu kao došljak. Putujući, dođe u Efrajimovu goru do Mikine kuće.
9 मीकाले तिनलाई भने, “तिमी कहाँबाट आएका हौ?” ती मानिसले तिनलाई भने, “म यहूदाको बेथलेहेमको एउटा लेवी हुँ, र बसोबास गर्नको निम्ति ठाउँ खोज्न भनेर म यात्रा गरिरहेको छु ।”
Mika ga upita: “Odakle dolaziš?” “Ja sam levit iz Judina Betlehema”, odgovori mu on, “i putujem da se negdje nastanim.”
10 मीकाले तिनलाई भने, “मसँग बस, र मेरो निम्ति बुबा र पुजारी होऊ । म तिमीलाई वर्षको दश सिक्‍का चाँदी, एक जोर लुगा र तिम्रो खाना दिनेछु ।” यसैले ती लेवी तिनको घरभित्र गए ।
“Ostani kod mene”, reče mu Mika, “i budi mi ocem i svećenikom, a ja ću ti davati deset srebrnih šekela na godinu, haljine i hranu.” I levit uđe.
11 ती लेवी मीकासँग बस्‍न सन्तुष्‍ट भए, र ती जवान मानिस मीकाका छोरामध्ये एक जनाझैं भए ।
Levit je pristao da ostane u njega, i mladić mu bijaše kao jedan od sinova.
12 मीकाले ती लेवीलाई पवित्र जिम्‍मेवारीका लागि अलग गरे, र ती जवान मानिस तिनको पुजारी भए, र मीकाको घरमा बसे ।
Mika posveti levita za svećenika; mladić je postao njegovim svećenikom i živio je u Mikinoj kući.
13 तब मीकाले भने, “अब मलाई थाहा छ, कि परमप्रभुले मेरो निम्ति असल गर्नुहुनेछ, किनभने त्यो लेवी मेरो पुजारी बनेको छ ।”
“Sad znam”, reče Mika, “da će mi Jahve učiniti dobro kad imam levita za svećenika.”

< न्यायकर्ताहरू 17 >