< न्यायकर्ताहरू 16 >
1 शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्यानमा गए ।
Şimşon bir gün Gazze'ye gitti. Orada gördüğü bir fahişenin evine girdi.
2 गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे । तिनीहरू रातभर शान्त बसे । तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्यसपछि उसलाई हामी मारौं ।”
Gazzeliler'e, “Şimşon buraya geldi” diye haber verilince çevreyi kuşattılar. Bütün gece kentin kapısında pusuya yattılar. “Gün ağarınca onu öldürürüz” diyerek gece boyunca yerlerinden kımıldamadılar.
3 शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे । मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते । तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्ने डाँडाको चुचुरासम्म बोकेर लगे ।
Şimşon gece yarısına dek yattı. Gece yarısı kalktı, kent kapısının iki kanadıyla iki direğini tutup sürgüyle birlikte yerlerinden söktü. Hepsini omuzlayıp Hevron'un karşısındaki tepeye çıkardı.
4 यसपछि, शिमशोन सोरेकको बेसीमा बस्ने गर्ने एक जना स्त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।
Bir süre sonra Şimşon Sorek Vadisi'nde yaşayan Delila adında bir kadına aşık oldu.
5 पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं ।”
Filist beyleri kadına gelip, “Şimşon'un üstün gücünün kaynağı nedir, onu kandırıp öğrenmeye bak” dediler, “Böylece belki onu bağlar, etkisiz hale getirip yenebiliriz. Her birimiz sana bin yüzer parça gümüş vereceğiz.”
6 तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्न सकिन्छ?”
Bunun üzerine Delila Şimşon'a, “Lütfen, söyle bana, bu üstün gücü nereden alıyorsun?” diye sordu, “Seni bağlayıp yenmek olası mı?”
7 शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु ।”
Şimşon, “Beni kurumamış yedi taze sırımla bağlarlarsa sıradan bir adam gibi güçsüz olurum” dedi.
8 तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी ।
Bunun üzerine Filist beyleri Delila'ya kurumamış yedi taze sırım getirdiler. Delila bunlarla Şimşon'u bağladı.
9 त्यस स्त्रीको भित्री कोठामा त्यसले गुप्तमा मानिसहरू लुकाएकी थिई । त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए । यसैले तिनको शक्तिको रहस्य खोलिएन ।
Adamları bitişik odada pusuya yatmıştı. Delila, “Şimşon, Filistliler geldi!” dedi. Şimşon sırımları ateş değdiğinde dağılıveren kendir lifleri gibi koparıp attı. Gücünün sırrını vermemişti.
10 त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ । कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।”
Delila, “Beni kandırdın, bana yalan söyledin” dedi, “Lütfen söyle bana, seni neyle bağlamalı?”
11 तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”
Şimşon, “Beni hiç kullanılmamış yeni urganla sımsıkı bağlarlarsa sıradan bir adam gibi güçsüz olurum” dedi.
12 यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए । तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए ।
Böylece Delila yeni urgan alıp Şimşon'u bağladı. Sonra, “Şimşon, Filistliler geldi!” dedi. Adamlar hâlâ bitişik odada pusu kurmuş bekliyorlardı. Şimşon urganları iplik koparır gibi koparıp kollarından sıyırdı.
13 दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”
Delila ona, “Şimdiye kadar beni hep kandırdın, bana yalan söyledin” dedi, “Söyle bana, seni neyle bağlamalı?” Şimşon, “Başımdaki yedi örgüyü dokuma tezgahındaki kumaşla birlikte dokuyup kazıkla burarsan sıradan bir adam gibi güçsüz olurum” dedi.
14 जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।
Şimşon uyurken Delila onun başındaki yedi örgüyü dokuma tezgahındaki kumaşla birlikte dokuyup kazıkla burdu. Sonra, “Şimşon, Filistliler geldi!” dedi. Şimşon uykusundan uyandı, saçını tezgah kazığından ve kumaştan çekip kurtardı.
15 त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्न सक्नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्नुभएको छैन ।”
Delila, “Bana güvenmiyorsan nasıl olur da, ‘Seni seviyorum’ diyorsun?” dedi, “Üç kezdir beni kandırıyorsun, üstün gücünün nereden geldiğini söylemiyorsun.”
16 हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।
Bu sözlerle Şimşon'u sıkıştırıp günlerce başını ağrıttı. Sonunda Şimşon dayanamayıp
17 यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”
yüreğini kadına tümüyle açtı. “Başıma hiç ustura değmedi” dedi, “Çünkü ben ana rahmindeyken Tanrı'ya adanmışım. Tıraş olursam gücümü yitiririm. Sıradan bir adam gibi güçsüz olurum.”
18 दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन् ।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए ।
Delila Şimşon'un gerçeği söylediğini anlayınca haber gönderip Filist beylerini çağırttı. “Bir kez daha gelin” dedi, “Şimşon bana gerçeği söyledi.” Kadının yanına gelen Filist beyleri gümüşü de birlikte getirdiler.
19 त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।
Delila Şimşon'u dizleri üzerinde uyuttuktan sonra adamlardan birini çağırtıp başındaki yedi örgüyü kestirdi. Sonra alay ederek onu dürtüklemeye başladı. Çünkü Şimşon gücünü yitirmişti.
20 त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु ।” तर परमप्रभुले तिनलाई छोडिसाक्नुभएको छ भन्ने तिनलाई थाहा थिएन ।
Delila, “Şimşon, Filistliler geldi!” dedi. Şimşon uyandı ve, “Her zamanki gibi kalkıp silkinirim” diye düşündü. RAB'bin kendisinden ayrıldığını bilmiyordu.
21 पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्न थाले ।
Filistliler onu yakalayıp gözlerini oydular. Gazze'ye götürüp tunç zincirlerle bağladılar, cezaevinde değirmen taşına koştular.
22 तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो ।
Bu arada Şimşon'un kesilen saçları uzamaya başladı.
23 पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”
Filist beyleri ilahları Dagon'un onuruna çok sayıda kurban kesip eğlenmek için toplandılar. “İlahımız, düşmanımız Şimşon'u elimize teslim etti” dediler.
24 जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्पिदिए ।”
Halk Şimşon'u görünce kendi ilahlarını övmeye başladı. “İlahımız ülkemizi yakıp yıkan, Birçoğumuzu öldüren Düşmanımızı elimize teslim etti” diyorlardı.
25 जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्बाहरूका बिचमा खडा गरेका थिए ।
İyice coşunca, “Şimşon'u getirin, bizi eğlendirsin” dediler. Şimşon'u cezaevinden getirip oynatmaya başladılar, sonra sütunların arasında durdurdular.
26 शिमशोनका आफ्नो हात समाइरहेको केटोलाई भने, “यो मन्दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ ।”
Şimşon, elinden tutan gence, “Beni tapınağın damını taşıyan sütunların yanına götür de onlara yaslanayım” dedi.
27 त्यो मन्दिर पुरुष र स्त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्जन दिंदा हेरिरहेका थिए ।
Tapınak erkeklerle, kadınlarla doluydu. Bütün Filist beyleri de oradaydı. Üç bin kadar kadın erkek Şimşon'un oynayışını damdan seyrediyordu.
28 शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्वर, मेरो सम्झना गर्नुहोस्! परमेश्वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ ।”
Şimşon RAB'be yakarmaya başladı: “Ey Egemen RAB, lütfen beni anımsa. Ey Tanrı, bir kez daha beni güçlendir; Filistliler'den bir vuruşta iki gözümün öcünü alayım.”
29 त्यस मन्दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले ।
Sonra tapınağın damını taşıyan iki ana sütunun ortasında durup sağ eliyle birini, sol eliyle ötekini kavradı.
30 शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो । यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे ।
“Filistliler'le birlikte öleyim” diyerek bütün gücüyle sütunlara yüklendi. Tapınak Filist beylerinin ve bütün içindekilerin üzerine çöktü. Böylece Şimşon ölürken, yaşamı boyunca öldürdüğünden daha çok insan öldürdü.
31 तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए । तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे । शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए ।
Şimşon'un kardeşleriyle babası Manoah'ın bütün ailesi onun ölüsünü almaya geldiler. Şimşon'u götürüp babasının Sora ile Eştaol arasındaki mezarına gömdüler. Şimşon İsrail'i yirmi yıl süreyle yönetmişti.