< न्यायकर्ताहरू 14 >

1 शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे ।
و شمشون به تمنه فرود آمده، زنی ازدختران فلسطینیان در تمنه دید.۱
2 जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”
وآمده، به پدر و مادر خود بیان کرده، گفت: «زنی ازدختران فلسطینیان در تمنه دیدم، پس الان او رابرای من به زنی بگیرید.»۲
3 तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ ।”
پدر و مادرش وی راگفتند: «آیا از دختران برادرانت و در تمامی قوم من دختری نیست که تو باید بروی و از فلسطینیان نامختون زن بگیری؟» شمشون به پدر خود گفت: «او را برای من بگیر زیرا در نظر من پسند آمد.»۳
4 तर तिनका बुबा र आमालाई यो कुरा परमप्रभुबाट आएको हो भन्‍ने कुरा थाहा थिएन, किनकि उहाँले पलिश्तीहरूसँग झगडा ल्याउने योजना गर्नुभएको थियो (किनकि त्यो समयमा पलिश्तीहरूले इस्राएलमाथि शासन गरिरहेको थियो) ।
اما پدر و مادرش نمی دانستند که این از جانب خداوند است، زیرا که بر فلسطینیان علتی می‌خواست، چونکه در آن وقت فلسطینیان براسرائیل تسلط می‌داشتند.۴
5 तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए । अनि हेर, त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो ।
پس شمشون با پدر و مادر خود به تمنه فرودآمد، و چون به تاکستانهای تمنه رسیدند، اینک شیری جوان بر او بغرید.۵
6 परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन । तर आफूले जे गरेका थिए, त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन् ।
و روح خداوند بر اومستقر شده، آن را درید به طوری که بزغاله‌ای دریده شود، و چیزی در دستش نبود و پدر و مادرخود را از آنچه کرده بود، اطلاع نداد.۶
7 तिनी गए र त्यो स्‍त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन् ।
و رفته، باآن زن سخن گفت وبه نظر شمشون پسند آمد.۷
8 केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए । अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो ।
وچون بعد از چندی برای گرفتنش برمی گشت، ازراه به کنار رفت تا لاشه شیر را ببیند و اینک انبوه زنبور، و عسل در لاشه شیر بود.۸
9 तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए । जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए । तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन् ।
و آن را به دست خود گرفته، روان شد و در رفتن می‌خورد تابه پدر و مادر خود رسیده، به ایشان داد وخوردند. اما به ایشان نگفت که عسل را از لاشه شیر گرفته بود.۹
10 शिमशोनका बुबा तल त्यो स्‍त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्‍यो दुलहाले गर्नैपर्ने प्रचलन थियो ।
و پدرش نزد آن زن آمد و شمشون در آنجامهمانی کرد، زیرا که جوانان چنین عادت داشتند.۱۰
11 स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए ।
و واقع شد که چون او را دیدند، سی رفیق انتخاب کردند تا همراه او باشند.۱۱
12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु । तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु ।
و شمشون به ایشان گفت: «معمایی برای شما می‌گویم، اگر آن را برای من در هفت روز مهمانی حل کنید و آن رادریافت نمایید، به شما سی جامه کتان و سی دست رخت می‌دهم.۱۲
13 तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने, तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनुपर्नेछ ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्‍यो सनौं ।”
و اگر آن را برای من نتوانید حل کنید آنگاه شما سی جامه کتان و سی دست رخت به من بدهید.» ایشان به وی گفتند: «معمای خود را بگو تا آن را بشنویم.»۱۳
14 तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो ।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन् ।
به ایشان گفت: «از خورنده خوراک بیرون آمد، و اززورآور شیرینی بیرون آمد.» و ایشان تا سه روزمعما را نتوانستند حل کنند.۱۴
15 चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”
و واقع شد که در روز هفتم به زن شمشون گفتند: «شوهر خود را ترغیب نما تا معمای خودرا برای ما بیان کند مبادا تو را و خانه پدر تو را به آتش بسوزانیم، آیا ما را دعوت کرده‌اید تا ما راتاراج نمایید یا نه.»۱۵
16 शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन् । उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न । तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन ।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ?”
پس زن شمشون پیش اوگریسته، گفت: «به درستی که مرا بغض می‌نمایی و دوست نمی داری زیرا معمایی به پسران قوم من گفته‌ای و آن را برای من بیان نکردی.» او وی راگفت: «اینک برای پدر و مادر خود بیان نکردم، آیابرای تو بیان کنم.»۱۶
17 भोजको सातौं दिनसम्म त्यो रोई । सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् । उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई ।
و در هفت روزی که ضیافت ایشان می‌بود پیش او می‌گریست، و واقع شد که در روز هفتم چونکه او را بسیار الحاح می‌نمود، برایش بیان کرد و او معما را به پسران قوم خودگفت.۱۷
18 सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ ।”
و در روز هفتم مردان شهر پیش از غروب آفتاب به وی گفتند که «چیست شیرین تراز عسل و چیست زورآورتر از شیر.» او به ایشان گفت: «اگر با گاو من خیش نمی کردید، معمای مرادریافت نمی نمودید.»۱۸
19 तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो । शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तिस जना मानिसहरूलाई मारे । तिनले तिनीहरूका लुटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए । रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए ।
و روح خداوند بر وی مستقر شده، به اشقلون رفت و از اهل آنجا سی نفر را کشت، و اسباب آنها را گرفته، دسته های رخت را به آنانی که معما را بیان کرده بودند، داد وخشمش افروخته شده، به خانه پدر خودبرگشت.۱۹
20 शिमशोनको साथमा बसेको मित्रलाई तिनको पत्‍नी दिएर पठाइयो ।
و زن شمشون به رفیقش که او رادوست خود می‌شمرد، داده شد.۲۰

< न्यायकर्ताहरू 14 >