< न्यायकर्ताहरू 13 >
1 इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो ।
Men Israels barn gjorde atter det som var ondt i Herrens øine; og Herren gav dem i filistrenes hånd i firti år.
2 त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो । तिनकी पत्नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन् ।
Der var en mann fra Sora av danittenes ætt, han hette Manoah; hans hustru var ufruktbar og hadde aldri hatt barn.
3 परमप्रभुका एउटा दूत ती स्त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
Og Herrens engel åpenbarte sig for kvinnen og sa til henne: Se, du er ufruktbar og har aldri hatt barn; men du skal bli fruktsommelig og føde en sønn.
4 अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ ।
Så ta dig nu i vare og drikk ikke vin eller sterk drikk og et ikke noget urent!
5 हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।”
For nu skal du bli fruktsommelig og føde en sønn, og det skal ikke komme rakekniv på hans hode, for barnet skal være en Guds nasireer fra mors liv; og han skal begynne å frelse Israel fra filistrenes hånd.
6 तब ती स्त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्वरका दूतका झैं धेरै डरलाग्दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्नुभएन ।
Og kvinnen kom og sa til sin mann: En Guds mann kom til mig; han var å se til som Guds engel, såre forferdelig; men jeg spurte ham ikke hvorfra han var, og han sa mig ikke sitt navn.
7 उहाँले मलाई भन्नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’”
Men han sa til mig: Nu skal du bli fruktsommelig og føde en sønn; drikk nu ikke vin eller sterk drikk og et ikke noget urent! For barnet skal være en Guds nasireer fra mors liv og til sin dødsdag.
8 त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”
Da bad Manoah til Herren og sa: Hør mig, Herre! La den Guds mann som du sendte, komme til oss igjen og lære oss hvad vi skal gjøre med det barn som skal fødes!
9 परमेश्वरले मानोहको पुकार सुन्नुभयो, र परमेश्वरका दूत फेरि ती स्त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।
Og Gud hørte Manoahs bønn; og Guds engel kom atter til kvinnen, mens hun satt ute på marken, og Manoah, hennes mann, ikke var med henne.
10 यसैले ती स्त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”
Da skyndte kvinnen sig og løp hjem og fortalte det til sin mann og sa: Nu har han vist sig for mig igjen den mann som kom til mig her om dagen.
11 मानोह उठे र आफ्नी पत्नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”
Manoah stod op og fulgte efter sin hustru, og da han kom til mannen, sa han til ham: Er du den mann som talte til min kone? Han svarte: Ja.
12 यसैले मानोहले भने, “तपाईंका वचन पुरा होऊन् । त्यो बालकको निम्ति नियमहरू के हुनेछन्, र उसको काम के हुनेछ?”
Og Manoah sa: Når nu dine ord går i opfyllelse, hvorledes skal vi da bære oss at med barnet, og hvad skal vi gjøre med ham?
13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ ।
Da sa Herrens engel til Manoah: Alt det jeg har nevnt for kvinnen, skal hun ta sig i vare for.
14 दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू । मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ ।”
Hun skal ikke ete noget av det som kommer av vintreet, og ikke drikke vin eller sterk drikk og ikke ete noget urent; alt det jeg har pålagt henne, skal hun holde sig efter.
15 मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।”
Da sa Manoah til Herrens engel: Kan vi ikke få dig til å bli en stund her, sa vi kan lage til et kje for dig!
16 परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)
Men Herrens engel sa til Manoah: Om du får mig til å bli, så eter jeg allikevel ikke av din mat; men vil du stelle til et brennoffer, så skal du ofre det til Herren. For Manoah visste ikke at det var Herrens engel.
17 मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”
Da sa Manoah til Herrens engel: Hvad er ditt navn? - så vi kan ære dig når dine ord går i opfyllelse.
18 परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्चर्यपूर्ण छ!”
Men Herrens engel sa til ham: Hvorfor spør du om mitt navn? - Det er et underlig navn!
19 यसैले मानोहले अन्नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए । मानोह र तिनकी पत्नीले हेरिरहँदा उहाँले केही आश्चर्य काम गर्नुभयो ।
Så tok Manoah kjeet og matofferet og ofret det på berget til Herren. Da lot han et under skje mens Manoah og hans hustru så på det:
20 जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्टो पारे ।
Da luen steg op fra alteret mot himmelen, fór Herrens engel op i alterets lue mens Manoah og hans hustru så på det, og de falt på sitt ansikt til jorden.
21 परमप्रभुका दूत मानोह वा उनकी पत्नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।
Siden viste Herrens engel sig ikke mere for Manoah og hans hustru; da forstod Manoah at det var Herrens engel.
22 मानोहले आफ्नी पत्नीलाई भने, “हामी निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई देखेका छौं!”
Og Manoah sa til sin hustru: Vi må visselig dø; vi har sett Gud.
23 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्नबलि ग्रहण गर्नुहुन्नथ्यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्नथ्यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्नुहुन्थ्यो ।”
Men hans hustru sa til ham: Dersom Herren hadde lyst til å drepe oss, så hadde han ikke tatt imot brennoffer og matoffer av vår hånd og ikke latt oss se alt dette og ikke nu latt oss høre sådant.
24 पछि ती स्त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन् । त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो ।
Og kvinnen fødte en sønn og gav ham navnet Samson; og gutten vokste op, og Herren velsignet ham.
25 परमप्रभुको आत्माले तिनलाई सोरा र एश्तोलको बिच महनेह-दानमा उत्तेजित पार्न सुरु गर्नुभयो ।
Og Herrens Ånd begynte å drive ham, mens han var i Dans leir mellem Sora og Estaol.