< न्यायकर्ताहरू 12 >
1 एफ्राइमका मानिसहरूका निम्ति एउटा बोलावट आयो । तिनीहरू सापोनको बाटो गए र यिप्तालाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्न तिमी किन गयौ र तिमीसँगै जान हामीलाई तिमीले किन बोलाएनौ? हामी तिम्रो घरलाई तिमीसँगै जलाइदिनेछौं ।”
以法蓮人聚集,到了北方,對耶弗他說:「你去與亞捫人爭戰,為甚麼沒有招我們同去呢?我們必用火燒你和你的房屋。」
2 यिप्ताले तिनीहरूलाई भने, “म र मेरा मानिसहरू अम्मोनका मानिहरूसँग ठुलो झगडामा थियौं । जब मैले तिमीहरूलाई बोलाएँ, तिमीहरूले मलाई तिनीहरूबाट बचाएनौ ।
耶弗他對他們說:「我和我的民與亞捫人大大爭戰;我招你們來,你們竟沒有來救我脫離他們的手。
3 तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”
我見你們不來救我,我就拚命前去攻擊亞捫人,耶和華將他們交在我手中。你們今日為甚麼上我這裏來攻打我呢?」
4 यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गराए र एफ्राइमको विरुद्ध युद्ध लडे । गिलादका मानिसहरूले एफ्राइमका मानिसहरूलाई आक्रमण गरे किनभने तिनीहरूले यसो भने, “तिमीहरू, गिलादीहरू एफ्राइम— एफ्राइम र मनश्शेमाबाट भागेर गएकाहरू हौ ।”
於是耶弗他招聚基列人,與以法蓮人爭戰。基列人擊殺以法蓮人,是因他們說:「你們基列人在以法蓮、瑪拿西中間,不過是以法蓮逃亡的人。」
5 गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,
基列人把守約旦河的渡口,不容以法蓮人過去。以法蓮逃走的人若說:「容我過去。」基列人就問他說:「你是以法蓮人不是?」他若說:「不是」,
6 अनि तिनीहरूले त्यसलाई भन्थे, “शिब्बोलेत भन्,” र उसले “सिब्बोलेत” भन्यो भने (किनकि उसले त्यो शब्द सही उच्चारण गर्न सक्दैनथियो), तब गिलादीहरूले त्यसलाई समाउँथे र उसलाई यर्दनको जँघारहरूमा मार्थे । त्यस बेला एफ्राइमका बयालिस हजार जना मारिए ।
就對他說:「你說『示播列』。」以法蓮人因為咬不真字音,便說「西播列」。基列人就將他拿住,殺在約旦河的渡口。那時以法蓮人被殺的有四萬二千人。
7 यिप्ताले इस्राएलका न्यायकर्ता भएर छ वर्षसम्म सेवा गरे । तब गिलादी यिप्ता मरे र गिलादका सहरहरूमध्ये एउटा सहरमा दफन गरियो ।
耶弗他作以色列的士師六年。基列人耶弗他死了,葬在基列的一座城裏。
8 तिनीपछि, बेथलेहेमका इब्सानले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।
耶弗他以後,有伯利恆人以比讚作以色列的士師。
9 तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्म इस्राएलको न्याय गरे ।
他有三十個兒子,三十個女兒;女兒都嫁出去了。他給眾子從外鄉娶了三十個媳婦。他作以色列的士師七年。
10 इब्सान मरे र तिनलाई बेथलेहेममा दफन गरियो ।
以比讚死了,葬在伯利恆。
11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे । उनले दश वर्षसम्म इस्राएलको न्याय गरे ।
以比讚之後,有西布倫人以倫,作以色列的士師十年。
12 जबूलूनी एलोन मरे र उनलाई जबूलून देशको अय्यालोनमा दफन गरियो ।
西布倫人以倫死了,葬在西布倫地的亞雅崙。
13 तिनीपछि, पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।
以倫之後,有比拉頓人希列的兒子押頓作以色列的士師。
14 उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्म न्याय गरे ।
他有四十個兒子,三十個孫子,騎着七十匹驢駒。押頓作以色列的士師八年。
15 पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोन इलाकामा दफन गरियो ।
比拉頓人希列的兒子押頓死了,葬在以法蓮地的比拉頓,在亞瑪力人的山地。