< न्यायकर्ताहरू 10 >
1 अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।
アビメレクの後、イッサカルの人で、ドドの子であるプワの子トラが起ってイスラエルを救った。彼はエフライムの山地のシャミルに住み、
2 तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो ।
二十三年の間イスラエルをさばいたが、ついに死んでシャミルに葬られた。
3 तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे ।
彼の後にギレアデびとヤイルが起って二十二年の間イスラエルをさばいた。
4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।
彼に三十人の子があった。彼らは三十頭のろばに乗り、また三十の町をもっていた。ギレアデの地で今日まで、ハボテ・ヤイルと呼ばれているものがそれである。
5 याईर मरे र उनलाई कामोनमा दफन गरियो ।
ヤイルは死んで、カモンに葬られた。
6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।
イスラエルの人々は再び主の前に悪を行い、バアルとアシタロテおよびスリヤの神々、シドンの神々、モアブの神々、アンモンびとの神々、ペリシテびとの神々に仕え、主を捨ててこれに仕えなかった。
7 इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो ।
主はイスラエルに対して怒りを発し、彼らをペリシテびとの手およびアンモンびとの手に売りわたされたので、
8 तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्याचार गरे ।
彼らはその年イスラエルの人々をしえたげ悩ました。すなわち彼らはヨルダンの向こうのギレアデにあるアモリびとの地にいたすべてのイスラエルびとを十八年のあいだ悩ました。
9 त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।
またアンモンの人々がユダとベニヤミンとエフライムの氏族を攻めるためにヨルダンを渡ってきたので、イスラエルは非常に悩まされた。
10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्ना परमेश्वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।”
そこでイスラエルの人々は主に呼ばわって言った、「わたしたちはわたしたちの神を捨ててバアルに仕え、あなたに罪を犯しました」。
11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,
主はイスラエルの人々に言われた、「わたしはかつてエジプトびと、アモリびと、アンモンびと、ペリシテびとからあなたがたを救い出したではないか。
12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्याचार गरे । तिमीहरूले मलाई पुकार्यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।
またシドンびと、アマレクびとおよびマオンびとがあなたがたをしえたげた時、わたしに呼ばわったので、あなたがたを彼らの手から救い出した。
13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्तर थपिरहनेछैन ।
しかしあなたがたはわたしを捨てて、ほかの神々に仕えた。それゆえ、わたしはかさねてあなたがたを救わないであろう。
14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।”
あなたがたが選んだ神々に行って呼ばわり、あなたがたの悩みの時、彼らにあなたがたを救わせるがよい」。
15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”
イスラエルの人々は主に言った、「わたしたちは罪を犯しました。なんでもあなたが良いと思われることをしてください。ただどうぞ、きょう、わたしたちを救ってください」。
16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्नुभएन ।
そうして彼らは自分たちのうちから異なる神々を取り除いて、主に仕えた。それで主の心はイスラエルの悩みを見るに忍びなくなった。
17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।
時にアンモンの人々は召集されてギレアデに陣を取ったが、イスラエルの人々は集まってミヅパに陣を取った。
18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्ने सबैका अगुवा हुनेछ ।”
その時、民とギレアデの君たちとは互に言った、「だれがアンモンの人々に向かって戦いを始めるか。その人はギレアデのすべての民のかしらとなるであろう」。