< न्यायकर्ताहरू 1 >
1 यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
I stało się po śmierci Jozuego, iż pytali synowie Izraelscy Pana, mówiąc: Któż z nas wprzód pójdzie przeciw Chananejczykowi, aby walczył z nim?
2 परमप्रभुले भन्नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।”
I rzekł Pan: Juda pójdzie; otom podał ziemię w rękę jego.
3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्न सक्छौं । त्यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।
I rzekł Juda do Symeona, brata swego: Pójdź ze mną do losu mego, a będziemy walczyli przeciw Chananejczykowi; wszak ja też pójdę z tobą do losu twego. I szedł z nim Symeon.
4 यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
Tedy poszedł Juda, i podał Pan Chananejczyka, i Ferezejczyka w ręce ich, a porazili z nich w Bezeku dziesięć tysięcy mężów.
5 तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्जीहरूलाई परास्त गरे ।
Bo naleźli Adonibezeka w Bezeku, i walczyli przeciwko niemu, a porazili Chananejczyka i Ferezejczyka.
6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
I uciekał Adonibezek, którego oni gonili; a pojmawszy go, poucinali palce wielkie u rąk jego, i u nóg jego.
7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे । मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
Tedy rzekł Adonibezek: Siedmdziesiąt królów z palcami wielkiemi obciętemi u rąk swych i u nóg swych, zbierali odrobiny pod stołem moim; jakom czynił, tak mi oddał Bóg. I przywiedli go do Jeruzalemu, i tamże umarł.
8 यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
Bo walczyli przedtem synowie Judowi przeciwko Jeruzalemowi i wzięli je, i wysiekli je ostrzem miecza, i miasto spalili ogniem.
9 त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
Potem ciągnęli synowie Juda, aby walczyli przeciw Chananejczykowi mieszkającemu na górach, i na południe, i w polach.
10 यहूदा हेब्रोनमा बस्ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
Ciągnął tedy Juda przeciwko Chananejczykowi, który mieszkał w Hebronie, (a imię Hebronu było przedtem Karyjatarbe) i poraził Sesai i Ahymana, i Talmaja.
11 त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
Stamtąd zasię ciągnęli do mieszkających w Dabir, (a imię Dabir było przedtem Karyjatsefer.)
12 कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्छ, त्यसको पत्नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
I rzekł Kaleb: Kto by dobył Karyjatsefer, a wziąłby je, dam mu Achsę, córkę moję, za żonę.
13 कालेबका भाइ कनजका छोरा, ओत्निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्नी हुनलाई दिए ।
I wziął je Otonijel, syn Keneza, młodszego brata Kalebowego.; a dał mu Achsę, córkę swą, za żonę.
14 चाँडै नै अक्सा ओत्निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्छु?”
I stało się, gdy przyszła do niego, namawiała go, aby prosił ojca jej o pole; i zsiadła z osła, i rzekł do niej Kaleb: Cóż ci?
15 तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।
A ona rzekła: Daj mi błogosławieństwo; gdyżeś mi dał ziemię suchą, daj mi też źródła wód. I dał jej Kaleb źródła wyższe i źródła dolne.
16 मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्थानमा त्यहाँका मानिसहरूसँग बस्न गए, जुन नेगेवमा पर्छ ।
Synowie też Ceni, świekra Mojżeszowego, wyszli z miasta Palm z synami Judowymi na puszczą Judowę, która jest na południe od Arad, i przyszedłszy mieszkali z ludem.
17 यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो ।
Potem ciągnął Juda z Symeonem, bratem swym, a porazili Chananejczyka, mieszkającego w Sefat, a zburzyli je, i nazwali imię miasta onego Horma.
18 यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।
Wziął też Juda Gazę z granicami jego, i Akkaron z granicami jego.
19 परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए ।
I był Pan z Judą, i posiadł onę górę; ale nie wypędził mieszkających w dolinie, bo mieli wozy żelazne.
20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले ।
A tak oddano Kalebowi Hebron, jako był rozkazał Mojżesz, skąd on wygnał trzech synów Enakowych.
21 तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।
Ale Jebuzejczyka, mieszkającego w Jeruzalemie, nie wygnali synowie Benjaminowi; przetoż mieszkał Jebuzejczyk z synami Benjaminowymi w Jeruzalemie aż do dnia tego.
22 योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
Udał się też dom Józefów do Betel, a Pan był z nimi.
23 तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो) ।
I szpiegował dom Józefów Betel; (a imię miasta tego było przedtem Luz.)
24 ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं ।”
A ujrzawszy oni szpiegowie człowieka wychodzącego z miasta, rzekli do niego: Ukaż nam prosimy wejście do miasta, a uczynimy z tobą miłosierdzie.
25 उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।
I ukazał im wejście do miasta; i wysiekli miasto ostrzem miecza, a człowieka onego ze wszystkim domem jego puścili wolno.
26 तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्यसको नाउँ हो ।
A tak poszedł on człowiek do ziemi Hetejczyków, i zbudował miasto, a nazwał imię jego Luz; to jest imię jego aż do dnia tego.
27 मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्ने पक्का गरेका थिए ।
Nie wypędził też Manases obywateli z Betsean i z miasteczek jego, ani z Tanach i z miasteczek jego, ani obywateli z Dor i z miasteczek jego, ani obywateli z Jeblam i z miasteczek jego, ani obywateli z Megiddo i z miasteczek jego; i począł Chananejczyk mieszkać w onej ziemi.
28 जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।
A gdy się zmocnił Izrael, uczynił Chananejczyka hołdownikiem, a nie wygnał go.
29 एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।
Także i Efraim nie wypędził Chananejczyka mieszkającego w Gazer; przetoż mieszkał Chananejczyk między nimi w Gazer.
30 जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।
Zabulon też nie wypędził mieszkających w Cetron, i mieszkających w Nahalol; przetoż mieszkał Chananejczyk między nimi, będąc hołdownikiem ich.
31 आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् ।
Aser też nie wypędził mieszkających w Acho, i mieszkających w Sydonie, i w Ahalab, i w Achsyb, i w Helba, i w Afek, i w Rohob.
32 यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।
I mieszkał Aser w pośrodku Chananejczyka, mieszkającego w onej ziemi; bo go nie wypędził.
33 नप्तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।
Neftalim też nie wypędził obywateli z Betsemes, ani obywateli z Betanat, i mieszkał między Chananejczykami mieszkającymi w onej ziemi; jednak obywatele Betsemes i Betanat byli hołdownikami ich.
34 एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।
I ścisnęli Amorejczycy syny Danowe na górach, tak iż im nie dopuścili schodzić na dolinę.
35 यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।
I począł mieszkać Amorejczyk na górze Hares, w Ajalon i w Salebim; i wzmocniła się ręka domu Józefowego, i byli hołdownikami ich.
36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो ।
A była granica Amorejczykowa od góry, gdzie wstępują do niedźwiadków, od skały ich i wyżej.