< यहूदा 1 >
1 येशू ख्रीष्टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्वर पितामा प्रिय अनि येशू ख्रीष्टको निम्ति राखिएकाहरूलाई,
Yuda, n'tumwa ghwa Yesu Kristu, ni ndongomunu Yakobo, kwa bha, a bhabhamali kukutibhwa bhaganikibhwa mu K'yara Dadi, ni bhabhatunzibhu kwandbha j'ha Yesu Kiristu:
2 अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।
rehema ni amani ni upendo fyongesekayi kwa muenga.
3 प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्न प्रयत्न गर्दा, विश्वासीहरूलाई सधैँको निम्ति दिइएको विश्वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्न आवश्यक भयो ।
Bhalongo bhangu wakati niyele nifwanyeghe kila k'henu kubhayandikila muenga kuhusu bhwokovu bhwa y'hoto twebhoha ikanilondeka kubhayandikila kwa ndabha j'ha kubhashauri ili mushindanilayi kwa bhuaminifu imani ambayo jha yele yimali kukabidhibhwa mara yimonga tu kwa bhaamini.
4 किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्वरको भय नमान्ने मानिसहरू हुन् जसले परमेश्वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन् ।
Kwa ndabha bhanu fulani bhak'hij'hingisi mu siri kati j'ha muenga - bhanu ambabho bhasopibhu alama kwa ndabha j'ha kuhukumulibhwa - bhanu bhabhabeli kuj'ha bhataua ambabho bhibadili neema j'ha K'yara bhitu kwa ndabha j'ha uheji, ni kum'bela Bwana bhitu muene ni Bwana Yesu Kiristu.
5 तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्वास नगर्नेहरूलाई उहाँले नष्ट गर्नुभयो ।
Henu nilonda kubhakhombosya muenga ingawa kuyele wakati mwamanyili kinofu kuj'ha Bwana abhaokuwili bhanu kuh'oma nchi j'ha Misri, lakini baadaye kubhayangamisya bhala bhoha bhabhabeli kumwamini.
6 आफ्नो अधिकारको प्रतिष्ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्नुभएको छ । (aïdios )
Ni malaika ambabho bhakailendi lepi enzi j'ha bhene lakini bhalekili makao gha bhene maalumu K'yara abhabhek'hili mu minyororo ghya milele mugati mu ngisi ndabha j'ha hukumu j'ha ligono lela libhaha. (aïdios )
7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए । (aiōnios )
Kama yikayele ku Sodoma ni ku Gomora ni miji yayizungukibhu ambabho pia ikayiyikiyingisi yiene mu uasherati tamaa yayibeli kuj'ha ya muandi. Bhabhalasibhu kama mifuano ghya bhala ambabho bhiteseka mu hukumu j'ha muoto bhwa milele. (aiōnios )
8 तर यस्तै प्रकारले, यी सपना देख्नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् । तिनीहरूले अधिकारलाई इन्कार गर्दछन्, र महिमितहरूको विरुद्धमा निन्दा गर्ने कुराहरू भन्दछन् ।
Hata mebhwa kwa nj'hela y'helay'hela bhalota ndoto abha pia bhichafula mibhele ghya bhene, na bhibteela mamlaka na bhijobha udesi dhidi j'ha bhatukufu.
9 तर प्रधान दूत मिखाएलले पनि दुष्टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”
Lakini hata Mikaeli malaika mmbaha, wakati isindana ni ibilisi ni kulongela ni muene kwa ndabha j'ha m'mbele ghwa Musa, akajaribi lepi kuleta hukumu j'ha udesi dhidi j'ha muene, lakini badala j'ha muene khujobha, “Bwana akubesiayi!”
10 तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्ट गरेका छन् ।
Lakini bhanu bha bhileta udesi j'ha kyokyokela kyabhabelili kukimanya. Na kyabhabelili kukik'heta- k'jela ambakyo bhanyama bhabhabeli kuya ni luhala yimanyikana kwa silika- agha ndigho ghaghaharibu.
11 धिक्कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्ट भएका छन् ।
N'ndesi bhene! Kwa kuya bhagendili mu nj'hela j'ha Kaini ni kulikesya la Baalamu. Bhayangamuli mu uasi ghwa Kora.
12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
Abha ndo fidonda mu sherehe sya muenga sa lugano, bhisherekela bila soni, bhikilesya tu bhene. Ni mafundii ghaghaduli masi ghaghip'hendibhwa ni mp'hongo, ni mab'hehe ghaghapoluwilii ghabeli kuya ni matunda imalikuy'homa kabhele, yayimali kudupulibhwa mizizi
13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ । (aiōn )
Ni manyengha gha munyanja ghaghayele ni njuweghu yilela soni kwa y'homu mwibhene, ndo matondo ghigendegenda ambagho utitubhwa ngisi utunzibhu kwandabha j'ha bhene milele. (aiōn )
14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
Enoko gha saba mu orodha j'ha Adamu atabiriri kulondekana ni bhene, “Langai! Bwana ahidili ni maelfu gha maelfu gha bhatakatifu bha muene,
15 उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्वरको भय नमान्नेहरूले ईश्वरहीन रूपमा गरेका सबै काम, र परमेश्वरको भय नमान्ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
ili akhetyi lihengu panani pa kila munu, ni kubheka hatia bhoha bhabhabelili kun'kesya K'yara panani pa matendo gha bhene ghoha ghabhamalili kubhomba mu njela syasibelili kujha sya kitauwa, ni kwa malobhi ghoha gha ukali ambagho bhabhabelikujha bhatauwa bhaghajobhili dhidi jha muene.”
16 यिनीहरू असन्तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।
Abha ndo bhala bhabhidada, bhabhikilombosya ambabho bhikhesya tama sya bhene sya bhuovu, bhikifuna muni, ambabho kwa faida jha bhene bhikofya bhamana.
17 तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।
Lakini muenga, bhapenzi, mukhombokayi malobhi ambagho ghajobhibhu muandi ni mitume bha Bwana Yesu Kristu.
18 उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।”
bhajobhili kwa muenga,” Mu wakati bhwa mwishu kubetakujha ni bhanu bhabhidhihaki ambabho bhikesya tamaa sya bhene ambabho syasibelili kujha sya kitauwa.”
19 यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।
Bhanu abha ndo bhatenganisi, bhitabhwalibhwa ni tamaa sya asili, na bhajhelepi ni Roho.
20 तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
Lakini muenga, bhapenzi, kama kyamukijenga mu amani jha muenga takatifu nesu, ni kama kya mwisoka mu Roho Mtakatifu,
21 तिमीहरू आफैँलाई परमेश्वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ । (aiōnios )
mukitunzayi mu bhupendo bhwa K'yara, na mulend'el'elayi rehema jha Bwana bhitu Yesu Kristu ambajho jhikabhapela uzima bhwa milele. (aiōnios )
22 शङ्का गर्नेहरूसँग दयालु होओ ।
Mulasiajhi rehema kwa bhala bhabhajhele ni shaka.
23 अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होसियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई समेत घृणा गर ।
Mubhaokolayi bhamana kwa kubhanyakula kuh'oma mu muoto kwa bhamana mulasiajhi huruma kwa kuhofela, mwidada hata liguanda lyalisopibhu lidoa ni mb'ele.
24 अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
Henu kwa muene jhaibhwesya kubhalenda musikikungufuli ni kubhasababisya mujhemayi palongolo pa utukufu bhwa muene, bila mawaa ni kujha ni furaha mbaha,
25 हाम्रा उद्धारक एक मात्र परमेश्वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्टबाट महिमा, गरिमा, प्रभुत्व र शक्ति रहिहोस् । आमेन । (aiōn )
kwa muene K'yara pasima mwokozi kup'etela Yesu Kristu Bwana bhitu, bhutukufu bhujhelayi kwa muene, bhubhaha, bhuwesu ni ngofu kabla jha nyakati syoha, ni henu ni hata milele. Amina. (aiōn )