< यहोशू 9 >
1 त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
Da de nu fikk høre dette alle kongene som bodde vestenfor Jordan, i fjellbygdene og i lavlandet og på hele kysten av det store hav til midt for Libanon - hetittene og amorittene, kana'anittene, ferisittene, hevittene og jebusittene -
2 यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।
da samlet de sig alle som én for å stride mot Josva og Israel.
3 जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने,
Men da innbyggerne i Gibeon hørte hvad Josva hadde gjort med Jeriko og Ai,
4 उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए ।
da gikk de på sin side frem med list: De tok avsted og gav sig ut for sendebud; de la utslitte sekker på sine asener og utslitte, sprukne og bøtede vinsekker;
5 उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए ।
de tok utslitte og lappede sko på sine føtter og hadde utslitte klær på sig, og alt brødet de hadde til reisekost, var tørt og smuldret.
6 उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।
Således drog de til Josva i leiren ved Gilgal og sa til ham og Israels menn: Vi kommer fra et land langt borte; gjør nu en pakt med oss!
7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु?”
Da sa Israels menn til hevittene: Kanskje bor I her midt iblandt oss; hvorledes kan vi da gjøre nogen pakt med eder?
8 उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
Da sa de til Josva: Vi vil være dine tjenere. Og Josva sa til dem: Hvem er I, og hvor kommer I fra?
9 उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा,
De svarte: Dine tjenere kommer fra et land langt, langt borte, for Herrens, din Guds navns skyld; for vi har hørt ryktet om ham og alt det han har gjort i Egypten,
10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
og alt det han har gjort med begge amoritter-kongene østenfor Jordan, Sihon, kongen i Hesbon, og Og, kongen i Basan, som bodde i Astarot.
11 हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
Derfor sa våre eldste og alle vårt lands innbyggere til oss: Ta reisekost med eder og gå dem i møte og si til dem: Vi vil være eders tjenere; gjør nu en pakt med oss!
12 हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
Her ser I vårt brød; det var varmt da vi tok det med oss hjemmefra til reisekost den dag vi drog avsted til eder, men se nu hvor tørt og smuldret det er!
13 १३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
Og her ser I våre vinsekker; de var nye da vi fylte dem, men nu er de sprukket! Og her ser I våre klær og våre sko; de er blitt utslitt på denne lange, lange reise.
14 त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् ।
Da tok mennene og smakte på deres reisekost; men Herren spurte de ikke til råds.
15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
Og Josva tilsa dem fred og gjorde pakt med dem om at de skulde få leve; og menighetens høvdinger tilsvor dem det.
16 इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।
Men da tre dager var gått efterat de hadde gjort pakt med dem, fikk de vite at de hørte hjemme der i nærheten og bodde midt iblandt dem.
17 त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।
For da Israels barn brøt op, kom de den tredje dag til deres byer; det var Gibeon og Hakkefira og Be'erot og Kirjat-Jearim.
18 इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे ।
Men Israels barn slo dem ikke ihjel, fordi menighetens høvdinger hadde tilsvoret dem fred ved Herren, Israels Gud. Da knurret hele menigheten mot høvdingene;
19 तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।
men alle høvdingene sa til hele menigheten: Vi har tilsvoret dem fred ved Herren, Israels Gud, og nu kan vi ikke legge hånd på dem.
20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्न हामी उनीहरूलाई बाँच्न दिने छौँ ।”
Således vil vi gjøre med dem: Vi vil la dem få leve, forat det ikke skal komme vrede over oss for den eds skyld som vi har svoret dem.
21 अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, “उनीहरूलाई बाँच्न देओ ।” त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्ने र दाउरा काट्ने मानिसहरू भए ।
Høvdingene sa altså til dem: De skal få leve. Så blev de vedhuggere og vannbærere for hele menigheten, således som høvdingene hadde sagt til dem.
22 यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ?
Da kalte Josva dem for sig og sa til dem: Hvorfor narret I oss og sa: Vi bor langt, langt borte fra eder, og så bor I midt iblandt oss?
23 अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्ये केही सधैँको निम्ति मेरा परमेश्वरको भवनमा दाउरा काट्ने र पानी तान्ने दासहरू हुने छौ ।”
Derfor skal I nu være forbannet; ingen av eder skal slippe for å være træl og hugge ved og bære vann til min Guds hus.
24 उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्यौँ ।
De svarte Josva og sa: Dine tjenere hadde fått vite at Herren din Gud hadde sagt til Moses, sin tjener, at han vilde gi eder hele landet og utrydde alle landets innbyggere for eder; da blev vi så redde for at I skulde ta vårt liv; derfor gjorde vi dette.
25 अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्तिमा राख्नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।”
Men nu er vi i din hånd; gjør med oss som det er godt og rett i dine øine!
26 त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
Og han gjorde således med dem; han reddet dem av Israels barns hånd, så de ikke slo dem ihjel;
27 त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्नेहरू बनाए ।
men Josva gjorde dem på den samme dag til vedhuggere og vannbærere for menigheten og for Herrens alter, på det sted han vilde utvelge, og det har de vært til denne dag.