< यहोशू 9 >

1 त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
To, sa’ad da dukan sarakunan yammancin Urdun suka ji waɗannan abubuwa, sai waɗanda suke kan tudu, da na cikin kwari a yammanci, da dukan waɗanda suke gefen Bahar Rum har zuwa Lebanon (sarakunan Hittiyawa, Amoriyawa, Kan’aniyawa, Ferizziyawa, Hiwiyawa da Yebusiyawa)
2 यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।
suka haɗa kansu don su yaƙi Yoshuwa da Isra’ila.
3 जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने,
Amma da mutanen Gibeyon suka ji abin da Yoshuwa ya yi wa Yeriko da Ai,
4 उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए ।
sai suka shirya wata dabara ta ruɗu, suka shirya ɗan abinci don tafiya, suka ɗauki tsofaffin buhuna a kan jakunansu da tsofaffin salkuna na ruwan inabi, yagaggu da suka sha ɗinki.
5 उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए ।
Suka sa tsofaffin takalman da suka sha gyara, suka sa tsofaffin tufafi. Dukan abincinsu na tafiya ya bushe ya yi fumfuna.
6 उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् ।
Sai suka je wurin Yoshuwa a sansanin Gilgal suka ce masa da mutanen Isra’ila, “Daga ƙasa mai nisa muka fito, yanzu fa, sai ku yi alkawari da mu.”
7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्‍छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु?”
Mutanen Isra’ila kuwa suka ce wa Hiwiyawa, “Wataƙila kuna kusa da mu, ta yaya za mu yi alkawari da ku?”
8 उनीहरूले भने, “हामी तपाईंहरूका दासहरू हौँ ।” यहोशूले उनीहरूलाई भने, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
Suka ce wa Yoshuwa, “Mu bayinku ne.” Amma Yoshuwa ya tambaye su ya ce, “Ku wane ne, kuma daga ina kuka zo?”
9 उनीहरूले तिनलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा,
Suka amsa suka ce, “Bayinka sun zo ne daga ƙasa mai nisa gama Ubangiji Allahnka ya yi suna sosai. Gama mun ji labarin abubuwan da ya yi. Dukan abubuwan da ya yi a Masar
10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।
da kuma duk abubuwan da ya yi wa sarakuna biyu na Amoriyawa gabas da Urdun, Sihon sarkin Heshbon, da Og sarkin Bashan wanda ya yi mulki a Ashtarot.
11 हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।'
Dattawanmu da duk mazaunan ƙasar, suka ce mana, ‘Ku ɗauki abincin tafiyar da za ku riƙe; ku je ku same su ku ce musu, “Mu bayinku ne, ku yi alkawari da mu.”’
12 हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ ।
Abincin tafiyan nan namu yana da ɗumi lokacin da muka kintsa tashi daga gida a ranar da za mu kama hanya zuwa wurinku. Amma yanzu duba yadda ya bushe, ya yi fumfuna.
13 १३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।”
Waɗannan salkuna kuma da muka cika ruwan inabi, sababbi ne amma duba yadda suka yayyage. Tufafinmu da takalmanmu duk sun yayyage don doguwar tafiya.”
14 त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् ।
Mutanen Isra’ila suka ɗiba daga cikin abincin tafiyar amma ba su nemi nufin Ubangiji ba.
15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
Sa’an nan Yoshuwa ya yi alkawari zaman salama da su, cewa ba zai kashe su ba, sai shugabannin mutanen Isra’ila kuwa suka tabbatar musu da haka ta wurin yin rantsuwa.
16 इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।
Kwana uku bayan sun yi alkawari da Gibeyonawa, sai Isra’ilawa suka ji cewa Gibeyonawa maƙwabtansu ne, waɗanda suke zaune kurkusa da su.
17 त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।
Saboda haka Isra’ilawa suka tashi a rana ta uku suke je biranen mutanen, wato, Gibeyon, Kefira, Beyerot da Kiriyat Yeyarim.
18 इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे ।
Amma Isra’ilawa ba su kai musu hari ba domin shugabanninsu sun rantse musu da sunan Ubangiji, Allah na Isra’ila. Mutane Isra’ila duka kuwa suka yi gunaguni a kan shugabannin.
19 तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ ।
Amma shugabanni suka amsa musu suka ce, “Mun rantse musu da sunan Ubangiji, Allah na Isra’ila, saboda haka ba za mu taɓa su ba yanzu.
20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।”
Ga abin da za mu yi musu, za mu bar su da rai don kada fushin Allah yă sauka a kanmu gama mun riga mun rantse musu.”
21 अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, “उनीहरूलाई बाँच्‍न देओ ।” त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्‍ने र दाउरा काट्ने मानिसहरू भए ।
Suka ƙara da cewa, “Mu bar su da rai, amma bari su zama masu yankan itace da masu ɗibo mana ruwa.” Haka shugabannin suka cika alkawarinsu.
22 यहोशूले उनीहरूलाई बोलाए र भने, “'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्‍यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ?
Yoshuwa kuwa ya aika aka kira Gibeyonawa ya ce musu, “Don me kuka ruɗe mu kuka ce, ‘Mun zo ne daga wuri mai nisa,’ bayan kuwa kuna nan kurkusa da mu?
23 अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्‍ये केही सधैँको निम्ति मेरा परमेश्‍वरको भवनमा दाउरा काट्ने र पानी तान्‍ने दासहरू हुने छौ ।”
Yanzu ku la’anannu ne. Ba za ku daina zama mana masu yankan itace da kuma masu ɗebo ruwa domin haikalin Allahnmu ba.”
24 उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्‍ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्‍यौँ ।
Suka amsa wa Yoshuwa suka ce, “An gaya wa bayinka dalla-dalla yadda Ubangiji Allahnka ya umarci bawansa Musa yă ba ka ƙasar duka, ka kuma kashe duk masu zama a cikinta, muka ji tsoro cewa za ka kashe mu shi ya sa muka yi haka.
25 अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्‍तिमा राख्‍नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।”
Yanzu, a hannunka muke, ka yi duk abin da ka ga ya yi maka kyau.”
26 त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् ।
Yoshuwa kuwa ya cece su daga hannun Isra’ilawa, har ba su kashe su ba.
27 त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्‍नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्‍नेहरू बनाए ।
A ranar Yoshuwa ya sa Gibeyonawa suka zama masu yankan itace da ɗebo ruwa wa jama’ar Isra’ila da kuma domin haikalin Ubangiji a inda Ubangiji zai zaɓa. Abin da suke ke nan har wa yau.

< यहोशू 9 >