< यहोशू 7 >
1 तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
Nanso Israel anni nokware wɔ nneɛma a wogyaw maa Awurade no ho. Ɔbarima bi a wɔfrɛ no Akan wiaa saa nneɛma no bi, enti Awurade bo fuw Israelfo no yiye. Akan yɛ Karmi a ɔyɛ Simri a na ɔbɔ Serah abusua a ɛwɔ Yuda abusuakuw mu no babarima.
2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए ।
Yosua somaa ne nnipa no bi fi Yeriko sɛ wɔnkɔsra Ai kuropɔn a ɛwɔ Bet-El apuei a ɛbɛn Bet-Awen no.
3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
Wɔsan bae no, wɔbɛka kyerɛɛ Yosua se, “Kurow no sua nti, ɛrenhia nnipa mpennu anaa mpensa sɛ wɔbɛsɛe kuropɔn no. Ɛho nhia sɛ yɛn nyinaa bɛkɔ hɔ.”
4 त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।
Enti wɔde akofo bɛyɛ mpensa kɔɔ hɔ, nanso wodii Israelfo no so pasaa. Ai mmarima
5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
taa Israelfo no fi kuropɔn no pon ano kosii Sebarim, na wokunkum wɔn mu nnipa bɛyɛ aduasa asia a na wɔreguan afi akono wɔ asiansian bi so. Ɛbaa saa no, ehu bɔɔ Israelfo no ma wɔbotowee.
6 तब यहोशूले आफ्नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
Yosua ne ɔman ntuanofo no de abasamtu tetew wɔn ntade mu, tow mfutuma guu wɔn tirim, bɔɔ wɔn mu ase, wɔ Awurade Adaka no anim kosii anwummere.
7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
Afei, Yosua su frɛɛ Awurade se, “Otumfo Awurade, adɛn na wode yɛn twaa Asubɔnten Yordan a wunim sɛ Amorifo no bekunkum yɛn? Sɛ yenim a, anka yɛtenaa Asubɔnten Yordan agya hɔ ara.
8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्न सक्छु र?
Awurade, mprempren a Israelfo aguan afi wɔn atamfo anim yi, asɛm bɛn na menka?
9 कनानीहरू र यस भूमिमा बस्नेहरूले यो कुरा सुन्ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
Na sɛ Kanaanfo ne nnipa a wɔaka a wɔtete asase yi so te saa asɛm yi a, wobetwa yɛn ho ahyia na wɔatɔre yɛn afi asase yi so. Na afei dɛn na wobɛyɛ de ahyɛ wo din kɛse a ekura anuonyam no?”
10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
Na Awurade ka kyerɛɛ Yosua se, “Sɔre! Adɛn nti na wode wʼanim abutuw hɔ saa?
11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
Israel ayɛ bɔne. Wɔabu mʼapam no so. Wɔawia nneɛma a mehyɛɛ sɛ wonnyaw mma me no. Na ɛnyɛ sɛ wɔawia nko, na mmom, wɔatwa ho nkontompo de asie wɔn nneɛma mu.
12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
Ɛno nti na Israelfo adi nkogu na wɔreguan afi wɔn atamfo anim. Mprempren de, wɔayi Israel asi hɔ ama ɔsɛe. Merenka mo ho bio, gye sɛ mosɛe biribiara a ɛwɔ mo nkyɛn a anka ɛsɛ sɛ mosɛe no.
13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्वर भन्नुहुन्छ, “तिमीहरू इस्राएलकामाझ नष्ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
“Sɔre! Kɔka kyerɛ nnipa no se, ‘Obiara nkodwira ne ho mma ɔkyena, na saa na Awurade, Israel Nyankopɔn se: Israel, mode nneɛma a anka ɛsɛ sɛ wogyaw ma Awurade no ahintaw mo mu. Morentumi nni mo atamfo so da kosi sɛ muyi saa nneɛma no fi mo mu.
14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्नुहुने कुल आ-आफ्नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्नुहुने कुल तिनीहरूको घराना-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्नुहुने घराना एक-एक गरी आउनुपर्छ ।
“‘Adekyee mu no, abusuakuw biara bɛba, na Awurade bɛkyerɛ abusuakuw a wɔn ho wɔ asɛm no. Saa abusuakuw no de wɔn mmusuaban no nso bɛba, na Awurade bɛkyerɛ abusuaban a ne ho wɔ asɛm no. Saa abusuaban no nso bɛba, na Awurade bɛkyerɛ ofi a ne ho wɔ asɛm no. Awiei no, ofi a ne ho wɔ asɛm no mu nnipa bɛba mmaako mmaako.
15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।”
Onipa a wawia nneɛma a anka ɛsɛ sɛ wɔsɛe no no, wɔbɛhyew no ne nʼagyapade nyinaa, efisɛ wabu Awurade apam no so na wayɛ nea ɛmfra koraa wɔ Israel.’”
16 त्यसैले, यहोशू बिहान सबेरै उठेर इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो ।
Ade kyee anɔpahema no, Yosua de Israel mmusuakuw no baa Awurade anim, na woyii Yuda abusuakuw no.
17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो ।
Afei Yuda mmusuaban baa anim, na woyii Serafo. Afei Serafo nyinaa baa Awurade anim, na woyii Simrifo.
18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।
Na Simrifo baa mmaako mmaako na woyii Akan, Karmi ba.
19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
Afei, Yosua ka kyerɛɛ Akan se, “Me ba, fa anuonyam ma Awurade, Israel Nyankopɔn, na ka nokware. Ka wo bɔne ne nea wayɛ kyerɛ me. Mfa nsie me.”
20 आकानले जवाफ दिए, “साँच्चै, मैले इस्राएलको परमप्रभु परमेश्वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः
Akan buae se, “Mayɛ bɔne atia Awurade, Israel Nyankopɔn.
21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।”
Mihuu atade nguguso fɛfɛ bi a wɔkra fii Babilonia, dwetɛ kilogram abien ne fa ne sikakɔkɔɔ pema baako a ano si gram ahannum ne aduoson. Mʼani beree, enti mefae. Mede asie fam wɔ me ntamadan mu, na dwetɛ no de, ɛhyɛ fam kyɛn nkae no.”
22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो ।
Enti Yosua somaa mmarima bi sɛ wɔnkɔhwehwɛ. Wotutuu mmirika kɔɔ ntamadan no mu kohuu awifode no sɛ wɔde asie wɔ hɔ, sɛnea Akan kae no ara pɛ, na ɔde dwetɛ no asie nneɛma a aka no ase tɔnn.
23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए ।
Wɔtasee nneɛma no fii ntamadan no mu de brɛɛ Yosua ne Israelfo no nyinaa. Wɔde ne nyinaa guu fam wɔ Awurade anim.
24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए ।
Afei, Yosua ne Israelfo no nyinaa faa Serah babarima Akan, dwetɛ no, atade nguguso no, sikakɔkɔɔ pema no, ne mmabarima, ne mmabea, nʼanantwi, ne mfurum, ne nguan, ne ntamadan ne nʼagyapade nyinaa na wɔde no baa Akora bon mu.
25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए ।
Yosua bisaa Akan se, “Adɛn nti na wode saa ɔhaw yi abrɛ yɛn? Wo nso, Awurade de ɔhaw bɛbrɛ wo.” Na Israelfo nyinaa siw Akan ne nʼabusuafo abo, hyew wɔn amu no.
26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
Wɔsoaa abo guu Akan funu so hɔree no siw a ɛda so wɔ hɔ besi nnɛ. Enti na wɔafrɛ saa beae hɔ Ɔhaw Bon no. Afei, Awurade bo dwoe.