< यहोशू 7 >

1 तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
Lakini watu wa Israeli hawakutenda katika uaminifu kuhusiana na vitu vilivyotengwa kwa ajili ya uharibifu. Akani mwana wa Karmi, mwana wa Zabdi, mwana wa Zera, kutoka katika kabila la Yuda, alivitwaa baadhi ya vitu hivyo vilivyokuwa vimetengwa kwa ajili ya uharibifu, na hasira ya Yahweh iliwaka juu yawatu wa Israeli.
2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए ।
Yoshua alituma watu kutoka Yeriko kwenda Ai, mji uliokuwa karibu na Bethi Aveni, mashariki mwa Betheli. Aliwaambia, “Nendeni na mkaipeleleza nchi.” Wale watu walikwea na kuipeleleza Ai.
3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
Waliporudi kwa Yoshua, walimwambia, “Usitume watu wote kwenda Ai. Tuma tu watu elfu mbili au elfu tatu waende kuiteka Ai. Usiwafanye watu wateseke katika vita, kwani ni watu wachache.”
4 त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।
Hivyo ni watu wapatao elfu tatu tu kutoka katika jeshi ndio walioenda, lakini watu hawa waliwakimbia watu wa Ai.
5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
Watu wa Ai waliwaua watu wapatao thelathini na sita, waliwafuata katika lango la mji hadi katika machimbo ya mawe, na waliwauwa walipokuwa wakishuka katika kilima. Na mioyo ya watu ilijawa hofu na ujasiri wao ukawatoka.
6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
Basi Yoshua alizirarua nguo zake. Yeye pamoja na wazewe wa Israeli waliweka mavumbi juu ya vichwa vyao na wakainamisha vichwa vyao hadi katika nchi mbele ya sanduku la Yahweh, na walibaki pale mpaka jioni.
7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
Kisha Yoshua akasema, “Oo, Yahweh Bwana, kwanini umewavusha watu hawa ng'ambo ya Yordani? Kutuweka katika mikono ya Waamori ili kutuangamiza? ikiwa kama tulifanya maamuzi tofauti na tungekaa katika upande mwingine wa Yordani!
8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?
Bwana, niseme nini, baada ya Israeli kuwatega migongo maadui zao?
9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
Kwa kuwa Wakaanani na wenyeji wote wa nchi watakaposikia, watatuzunguka na kuwafanya watu wa nchi kulisahau jina letu. Na utafanya nini kwa ajili ya jina lako kuu?
10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
Yahweh akamwambia Yoshua, “Inuka! kwanini umelala kifudifudi?
11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
Israeli imetenda dhambi. Wamevunja agano langu nililowaagiza. Wameiba baadhi ya vitu vilivyokuwa vimetengwa. Wameiba na kisha pia wakaficha dhambi yao kwa kuweka vitu vile walivyochukua miongoni mwa mali zao wenyewe.
12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
Na matokeo yake ni kwamba watu wa Israeli hawataweza kusimama mbele za maadui zao. Walitega migongo yao kwa maadui zao kwasababu wao wenyewe wametengwa kwa ajili ya uharibifu. Sitakuwa pamoja nanyi tena mpaka pale mtakapoteketeza vitu vile vilivyotakiwa kuharibiwa, lakini sasa bado viko miongoni mwenu.
13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
Inuka! Waweke watu wakfu kwangu, na uwaambie, 'Jiwekeeni wakfu ninyi wenyewe kesho. Kwa kuwa, Yahweh, Mungu wa Israeli asema hivi, “Kuna vitu vilitengwa ili kuteketezwa ambavyo bado viko miongoni mwenu, Israeli. Hamtaweza kusimama mbele ya maadui zenu mpaka pale mtakapoviondoa miongoni mwenu vitu vyote ambavyo vilitengwa kwa ajili ya kuteketezwa.”
14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।
Asubuhi, mtajisogeza wenyewe kwa makabila. Kabila lile ambalo Yahweh atalichagua litasogea karibu kwa koo zake. Ukoo ule ambao Yahweh atauchagua lazima usogee karibu kwa nyumba. Nyumba ambayo Yahweh ataichagua lazima isogee karibu kwa mtu mmoja mmoja.
15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।”
Itakuwa hivi mtu yule atakayechaguliwa na aliye navyo vitu hivyo vilivyotengwa kwa ajili ya kuharibiwa, atachomwa moto, yeye na kila kitu alichonacho, kwasababu amelivunja agano la Yahweh na kwasababu amefanya jambo la aibu katika Israeli.'”
16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो ।
Basi, Yoshua aliamka asubuhi na mapema na aliwaleta Israeli karibu, kabila kwa kabila, na kabila la Yuda lilichaguliwa.
17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो ।
Yoshua akazisogeza koo za Yuda karibu, na ukoo wa Zera ulichaguliwa. Akausogeza karibu ukoo wa Zera mtu kwa mtu, na Zabdi alichaguliwa.
18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।
Akaisogeza karibu nyumba ya Zabdi mtu kwa mtu, na Akani mwana wa Karmi, mwana wa Zabdi, mwana wa Zera, kutoka kabila la Yuda, alichaguliwa.
19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
Kisha Yoshua akamwambia Akani, “Mwanangu, niambie ukweli mbele za Yahweh, Mungu wa Israel, na ufanye ukiri wako kwake. Tafadhali niambie kile ulichofanya. Usinifiche.”
20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः
Akani akamjibu Yoshua, “Kwa kweli nimetenda dhambi mbele Yahweh, Mungu wa Israeli.
21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।”
Nilichofanya ni hiki: Nilipoona miongoni mwa nyara mkoti mzuri kutoka Babeli, shekeli mia mbili za fedha, na kipande cha dhahabu chenye uzito wa shekeli hamsini, nilivitamani na nikavichukua. Vimefichwa chini ardhini katikati ya hema langu, na fedha iko chini yake.”
22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो ।
Yoshua akatuma wajumbe waliokimbia mpaka kwenye hema mahali palipokuwa na vile vitu. Walipoangalia, waliviona vimefichwa katika hema lake, na fedha chini yake.
23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए ।
Walivichukua vitu hivyo kutoka katikati ya hema na kuvileta kwa Yoshua na watu wote wa Israeli. Walivimwaga mbele za Yahweh.
24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए ।
Kisha Yoshua na Waisraeli wote pamoja naye, walimchukua Akani mwana wa Zera, na fedha, na koti, na kipande cha dhahabu, wana na binti zake, ng'ombe zake, punda zake, kondoo zake, hema lake, na kila kitu alichokuwa nacho, na wakavileta hata bonde la Akori.
25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए ।
Kisha Yoshua akasema, “Kwanini umetusumbua? Leo Yahweh atakutesa na wewe.” Waisraeli wote wakampiga kwa mawe. Na wakawachoma wote kwa moto, na wakawapiga mawe.
26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
Kisha wakaweka juu yake kichuguu kikubwa cha mawe ambayo yapo hata leo. Yahweh akaachilia mbali hasira yake. Hivyo basi, jina la mahali hapo likawa Akori hata leo.

< यहोशू 7 >