< यहोशू 7 >

1 तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो ।
以色列子民在應毀滅之物上犯了罪;那是因為猶大支派中,則辣黑的曾孫,匝貝狄的孫子,加爾米的兒子阿干,取了應毀滅之物,上主對以色列子民發了大怒。
2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए ।
若蘇厄從耶利哥派人到哈依去,──這城位於貝特耳東方貝特阿文附近──吩咐他們說:「你們上去,偵察那地。」那些人便上去偵察了哈衣。
3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् ।
他們回來對若蘇厄說:「不需要眾百姓都上去,只派兩三人去攻打哈依就夠了,不必勞動全體百姓,因為他們人數不多。」
4 त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए ।
這樣百姓中約有三千人上去攻打哈依,不料他們由哈依人面前避跑了。
5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो ।
哈依人出擊,殺了他們約有三十六人,從城門前追擊他們,直追到舍巴陵,在斜坡上又殺敗了他們,因此百姓的勇氣像水一樣消散了。
6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
若蘇厄撕破自己自己的衣服,和以色列的長老,在上主約櫃前俯伏在地,一直到晚上,各在頭上撒上灰土。
7 त्यसपछि यहोशूले भने, “हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो ।
若蘇厄說:「唉,我主上主! 你為什麼領這百姓渡過約旦河,是為將我們交於阿摩黎人手中,讓我們消滅嗎﹖巴不得我們住在約旦河那邊倒好!
8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र?
唉我主! 以色列人既然由敵人前轉身逃跑,我還說什麼呢﹖
9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ?
當客納罕人和這地方所有的居民聽說這事,必來圍攻我們,從地上將我們的名字抹去,那時你對你的大名要怎樣辦呢。」
10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?
上主對若蘇厄說:「起來,為什麼老是伏在地上﹖
11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
以色列犯了罪,違背了我在盟約上給他們規定的,取了應毀滅之物,又偷又騙,並將應毀滅之物放在自己行囊裏。
12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ ।
以色列所以扺擋不了敵人,由敵人前轉身逃跑,是因為他們成了應詛咒,除非你們將那應毀滅之物,由你們中間除掉,我不再與你們同在。
13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
起來,叫百姓聖潔自己,吩咐他們說:你們明天要聖潔自己,因為上主以色列的天主這樣說:以色列! 你們中間有應毀滅之物,除非將應毀滅之物,由你們中間除掉,你們決抵擋不住敵人
14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ ।
所以明早你們應按支派前來。上主使那支派中籤,這支派的宗族都應前來;上主使那宗族中籤,這家族的宗族都應前來;上主使那家室中籤,這家的男子應一個一個地前來。
15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।”
若藏有應毀滅之物火人中了籤,他和他所有的一切都應用火焚燒,因為他違犯了上主的約定,在以色列中間做了糊塗的事。」
16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो ।
若蘇厄清早起來,命以色列按著支派一一前來,猶大支派中了籤。
17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो ।
他叫猶大支派前來,則辣黑宗族中了籤;遂叫則辣黑宗族前來,則貝狄家室前來,宗族中了籤;
18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो ।
此後,又叫他的家室前來,叫男丁一個一個地前來,阿干中了籤──阿干是加爾米的兒子,加爾米是匝貝狄的兒子,匝貝狄是則辣黑的兒子,屬猶大支派。
19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
若蘇厄遂對阿干說:「我兒,你應歸光榮於上主,以色列的天主,向衪認罪。請告訴我,你作了什麼事,不要隱瞞我。」
20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः
阿干回答若蘇厄說:「我實在得罪了上主,以色列的天主。我是如此這般作的;
21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।”
我在戰利品中,見了一件美麗的史納爾外氅,二百「協刻耳」銀子,一條重五十「協刻耳」的金條,我因貪愛便拿走了,現在藏在我帳幕中的地下,銀子在這些東西的下面。」
22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो ।
若蘇厄即刻派差役跑到他帳幕裏面,果然那些東西在帳幕內藏著,銀子在下面。
23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए ।
差役便從帳幕裏拿出來,帶到若蘇厄和所有以色列子民那裏,擺在上主面前。
24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए ।
若蘇厄和所有以色列人,將則辣黑的曾孫阿干和那銀子、外氅、金條,並他的子女、牛、驢、羊、帳幕,以及他所有的一切,都帶到阿苛爾山谷。
25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए ।
若蘇厄說:「你為什麼給我們招來禍患﹖今天上主必要叫你招禍。」以色列民眾於是用石頭將他砸死。眾人用石頭砸死以後,將一切用火燒了。
26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
以後,又在阿干身上堆上了一大堆石頭,這堆石頭一直存到今日;上主於是撤回了盛怒,因此那地方直到今日叫做阿苛爾山谷。

< यहोशू 7 >