< यहोशू 6 >

1 इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।
(و اریحا به‌سبب بنی‌اسرائیل سخت بسته شد، به طوری که کسی به آن رفت و آمدنمی کرد. )۱
2 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।
و یهوه به یوشع گفت: «ببین اریحا وملکش و مردان جنگی را به‌دست تو تسلیم کردم.۲
3 तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।
پس شما یعنی همه مردان جنگی شهر را طواف کنید، و یک مرتبه دور شهر بگردید، و شش روزچنین کن.۳
4 सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू ।
و هفت کاهن پیش تابوت، هفت کرنای یوبیل بردارند، و در روز هفتم شهر را هفت مرتبه طواف کنید، و کاهنان کرناها را بنوازند.۴
5 त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”
و چون بوق یوبیل کشیده شود و شما آواز کرنا رابشنوید، تمامی قوم به آواز بلند صدا کنند، وحصار شهر به زمین خواهد افتاد، و هر کس از قوم پیش روی خود برآید.»۵
6 अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”
پس یوشع بن نون کاهنان را خوانده، به ایشان گفت: «تابوت عهد رابردارید و هفت کاهن هفت کرنای یوبیل را پیش تابوت خداوند بردارند.»۶
7 तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”
و به قوم گفتند: «پیش بروید و شهر را طواف کنید، و مردان مسلح پیش تابوت خداوند بروند.»۷
8 यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो ।
و چون یوشع این را به قوم گفت، هفت کاهن هفت کرنای یوبیل را برداشته، پیش خداوندرفتند و کرناها را نواختند و تابوت عهد خداونداز عقب ایشان روانه شد.۸
9 सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे ।
و مردان مسلح پیش کاهنانی که کرناها را می‌نواختند رفتند، و ساقه لشکر از عقب تابوت روانه شدند و چون می‌رفتند، کاهنان کرناها را می‌نواختند.۹
10 तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।”
ویوشع قوم را امر فرموده، گفت: «صدا نزنید و آوازشما شنیده نشود، بلکه سخنی از دهان شما بیرون نیاید تا روزی که به شما بگویم که صدا کنید. آن وقت صدا زنید.»۱۰
11 त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।
پس تابوت خداوند را به شهرطواف داد و یک مرتبه دور شهر گردش کرد. وایشان به لشکرگاه برگشتند و شب را در لشکرگاه به‌سر بردند.۱۱
12 यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके ।
بامدادان یوشع به زودی برخاست و کاهنان تابوت خداوند را برداشتند.۱۲
13 परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्‍ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो ।
و هفت کاهن هفت کرنای یوبیل را برداشته، پیش تابوت خداوندمی رفتند، و کرناها را می‌نواختند، و مردان مسلح پیش ایشان می‌رفتند، و ساقه لشکر از عقب تابوت خداوند رفتند، و چون می‌رفتند (کاهنان )کرناها را می‌نواختند.۱۳
14 तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।
پس روز دوم، شهر رایک مرتبه طواف کرده، به لشکرگاه برگشتند، وشش روز چنین کردند.۱۴
15 सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।
و در روز هفتم، وقت طلوع فجر، به زودی برخاسته، شهر را به همین طور هفت مرتبه طواف کردند، جز اینکه در آن روز شهر را هفت مرتبه طواف کردند.۱۵
16 जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।
و چنین شد در مرتبه هفتم، چون کاهنان کرناها را نواختند که یوشع به قوم گفت: «صدا زنید زیرا خداوند شهر را به شما داده است.۱۶
17 यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।
و خود شهر و هر‌چه در آن است برای خداوند حرام خواهد شد، و راحاب فاحشه فقط، با هر‌چه با وی در خانه باشد زنده خواهد ماند، زیرارسولانی را که فرستادیم پنهان کرد.۱۷
18 तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ र तिमीहरूले यसमाथि कष्‍ट ल्याउने छौ ।
و اما شمازنهار خویشتن را از چیز حرام نگاه دارید، مبادابعد از آنکه آن را حرام کرده باشید، از آن چیزحرام بگیرید و لشکرگاه اسرائیل را حرام کرده، آن را مضطرب سازید.۱۸
19 सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।”
و تمامی نقره و طلا وظروف مسین و آهنین، وقف خداوند می‌باشد و به خزانه خداوند گذارده شود.»۱۹
20 जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।
آنگاه قوم صدازدند و کرناها را نواختند. و چون قوم آواز کرنا راشنیدند و قوم به آواز بلند صدا زدند، حصار شهربه زمین افتاد. و قوم یعنی هر کس پیش روی خودبه شهر برآمد و شهر را گرفتند.۲۰
21 तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।
و هر‌آنچه درشهر بود از مرد و زن و جوان و پیر و حتی گاو وگوسفند و الاغ را به دم شمشیر هلاک کردند.۲۱
22 त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।”
و یوشع به آن دو مرد که به‌جاسوسی زمین رفته بودند، گفت: «به خانه زن فاحشه بروید، و زن را با هر‌چه دارد از آنجا بیرون آرید چنانکه برای وی قسم خوردید.»۲۲
23 त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए ।
پس آن دو جوان جاسوس داخل شده، راحاب و پدرش و مادرش و برادرانش را با هر‌چه داشت بیرون آوردند، بلکه تمام خویشانش را آورده، ایشان را بیرون لشکرگاه اسرائیل جا دادند.۲۳
24 तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो ।
و شهر را با آنچه در آن بود، به آتش سوزانیدند. لیکن نقره و طلا وظروف مسین و آهنین را به خزانه خانه خداوندگذاردند.۲۴
25 तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन् ।
و یوشع، راحاب فاحشه و خاندان پدرش را با هر‌چه از آن او بود زنده نگاه داشت، واو تا امروز در میان اسرائیل ساکن است، زیرارسولان را که یوشع برای جاسوسی اریحافرستاده بود پنهان کرد.۲۵
26 त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।”
و در آنوقت یوشع ایشان را قسم داده، گفت: «ملعون باد به حضور خداوند کسی‌که برخاسته، این شهر اریحا را بنا کند، به نخست زاده خود بنیادش خواهد نهاد، و به پسر کوچک خوددروازه هایش را برپا خواهد نمود.»۲۶
27 परमप्रभु यहोशूसँग हुनुहुन्थ्यो, र तिनको कीर्ति सारा मुलुकभरि फैलियो ।
و خداوند با یوشع می‌بود و اسم اودرتمامی آن زمین شهرت یافت.۲۷

< यहोशू 6 >