< यहोशू 5 >

1 यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।
و واقع شد که چون تمامی ملوک اموریانی که به آن طرف اردن به سمت مغرب بودند، و تمامی ملوک کنعانیانی که به کناره دریا بودند، شنیدند که خداوند آب اردن را پیش روی بنی‌اسرائیل خشکانیده بود تا ما عبور کردیم، دلهای ایشان گداخته شد و از ترس بنی‌اسرائیل، دیگر جان در ایشان نماند.۱
2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “ढुङ्गाका कर्दहरू बना र इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् ।”
در آن وقت، خداوند به یوشع گفت: «کاردها از سنگ چخماق برای خود بساز، و بنی‌اسرائیل را بار دیگر مختون ساز.»۲
3 त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे ।
و یوشع کاردها ازسنگ چخماق ساخته، بنی‌اسرائیل را بر تل غلفه ختنه کرد.۳
4 यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए ।
و سبب ختنه کردن یوشع این بود که تمام ذکوران قوم، یعنی تمام مردان جنگی که ازمصر بیرون آمدند به‌سر راه در صحرا مردند.۴
5 तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन ।
اماتمامی قوم که بیرون آمدند مختون بودند، وتمامی قوم که در صحرا بعد از بیرون آمدن ایشان از مصر به‌سر راه مولود شدند، مختون نگشتند.۵
6 मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो ।
زیرا بنی‌اسرائیل چهل سال در بیابان راه می‌رفتند، تا تمامی آن طایفه، یعنی آن مردان جنگی که از مصر بیرون آمده بودند، تمام شدند. زانرو که آواز خداوند را نشنیدند و خداوند به ایشان قسم خورده، گفت: «شما را نمی گذارم که آن زمین را ببینید که خداوند برای پدران ایشان قسم خورده بود که آن را به ما بدهد، زمینی که به شیر و شهد جاری است.»۶
7 यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन ।
و اما پسران ایشان که در جای آنها برخیزانیده بود یوشع ایشان رامختون ساخت، زیرا نامختون بودند چونکه ایشان را در راه ختنه نکرده بودند.۷
8 जब तिनीहरू सबैको खतना भयो, तिनीहरू निको नभएसम्म तिनीहरू त्यहीँ नै रहे ।
و واقع شد که چون از ختنه کردن تمام قوم فارغ شدند، در جایهای خود در لشکرگاه ماندندتا شفا یافتند.۸
9 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु ।” त्यसैले, त्यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको छ ।
و خداوند به یوشع گفت: «امروزعار مصر را از روی شما غلطانیدم. از این سبب نام آن مکان تا امروز جلجال خوانده می‌شود.»۹
10 इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले । तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए ।
و بنی‌اسرائیل در جلجال اردو زدند و عیدفصح را در شب روز چهاردهم ماه، در صحرای اریحا نگاه داشتند.۱۰
11 निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए ।
و در فردای بعد از فصح درهمان روز، از حاصل کهنه زمین، نازکهای فطیر وخوشه های برشته شده خوردند.۱۱
12 तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए ।
و در فردای آن روزی که از حاصل زمین خوردند، من موقوف شد و بنی‌اسرائیل دیگر من نداشتند، و در آن سال از محصول زمین کنعان می‌خوردند.۱۲
13 यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”
و واقع شد چون یوشع نزد اریحا بود که چشمان خود را بالا انداخته، دید که اینک مردی با شمشیر برهنه در دست خود پیش وی ایستاده بود. و یوشع نزد وی آمده، او را گفت: «آیا تو از ماهستی یا از دشمنان ما؟»۱۳
14 तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?”
گفت: «نی، بلکه من سردار لشکر خداوند هستم که الان آمدم.» پس یوشع روی به زمین افتاده، سجده کرد و به وی گفت: «آقایم به بنده خود چه می‌گوید؟»۱۴
15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्यसै गरे ।
سردار لشکر خداوند به یوشع گفت که «نعلین خود را از پایت بیرون کن زیرا جایی که توایستاده‌ای مقدس است.» و یوشع چنین کرد.۱۵

< यहोशू 5 >