< यहोशू 4 >

1 जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,
Watu wote walipokwisha kuvuka Yordani, Yahweh akamwambia Yoshua,
2 “मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् ।
“Chagueni wenyewe watu waume kumi na wawili, mmoja katika kila kabila.
3 तिनीहरूलाई यस्तो आज्ञा दे, “यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।”
Wape agizo hilo: 'Chukueni mawe kumi na mbili kutoka katikati ya Yordani mahali wanaposimama makuhani katika nchi kavu, na wayalete na kuyaweka chini katika sehemu ambapo mtalala usiku wa leo.
4 त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।
Kisha Yoshua akawaita wanaume kumi na wawili ambao aliwachagua kutoka katika makabila ya Israeli, mmoja kutoka kila kabila.
5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।
Yoshua akawaambia, “Nendeni mbele za sanduku la Yahweh Mungu wenu katikati ya Yordani. Kila mmoja wenu achukue jiwe moja mabegani mwake, kulingana na hesabu ya makabila ya watu wa Israeli.
6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ ।
Hii itakuwa ni ishara miongoni mwenu kwa ajili yenu wakati watoto wenu watakapowauliza katika siku zijazo, 'Nini maana ya mawe haya kwenu?'
7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
Ndipo mtakapowaambia, 'Maji ya Yordani yalitengwa mbele ya sanduku la Yahweh. Lililpopitishwa katika Yordani, maji ya Yordani yalisimamishwa. Hivyo, mawe haya yatakuwa kumbukumbu kwa watu wa Israeli milele.'”
8 इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे ।
Watu waisraeli walifanya kama Yoshua alivyowaagiza, na walichukua mawe kumi na mbili kutoka katikati ya Yordani, kama Yahweh alivyomwambia Yoshua, walipangwa sawa sawa na hesabu ya makabila ya watu wa Israeli. Waliyachukua mawe mpaka mahali walipolala na wakayaweka chini huko.
9 यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ ।
Kisha Yoshua akayapanga mawe kumi na mbili katikati ya Yordani, katika sehemu ambapo ilisimama miguu ya makuhani waliolichukua sanduku la agano. Na kumbukumbu hiyo ipo hadi leo.
10 मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।
Makuhani waliolichukua sanduku walisimama katikati ya Yordani mpaka pale kila kitu ambacho Yahweh alimwamuru Yoshua kuwaambia watu kilipokamilika, sawa sawa na yote ambayo Musa alimwagiza Yoshua. Watu walifanya haraka na wakavuka.
11 जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।
Wakati watu wote walipokwisha kuvuka, sanduku la Yahweh pamoja na makuhani walivuka mbele za watu.
12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।
Kabila la Rubeni, kabila la Gadi, na nusu ya kabila la Manase walipita kama jeshi mbele ya watu wa Israeli, kama ambavyo Musa alivyowaambia.
13 झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
Yapata watu watu elfu arobaini walioandaliwa kwa vita walipita mbele za Yahweh, kwa ajili ya vita katika uwanda wa Yeriko.
14 त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्‍टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे ।
Katika siku hiyo Yahweh alimfanya Yoshua kuwa mkuu katika macho ya watu wote wa Israeli. Walimheshimu - kama walivyomheshimu Musa - siku zake zote.
15 परमप्रभु यहोशूसँग बोल्नुभयो,
Kisha Yahweh akamwambia Yoshua,
16 “गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।”
“Waamuru makuhani wanaolibeba sanduku la ushuhuda watoke katika Yordani.”
17 त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।”
Hivyo Yoshua akawaamuru makuhani, '' pandeni mtoke Yordani.”
18 जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।
Wakati makuhani wenye kulibeba sanduku la agano la Yahweh walitoka katikati ya Yordani, na nyayo za miguu yao ilikuwa imeinuliwa katika nchi kavu, kisha maji ya Yordani yalirudi katika sehemu zake na kujaa hadi katika kingo zake kama ilivyokuwa siku nne zilizopita.
19 मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे ।
Katika siku ya kumi ya mwezi wa kwanza, watu walikwea kutoka Yordani. Wakakaa huko Gilgali, mashariki mwa Yeriko.
20 तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे ।
Mawe kumi na mawili ambayo yalichukuliwa katika Yordani, Yoshuua aliyasimamisha hapo Gilgali.
21 तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी
Aliwaambia watu wa Israeli, “wakati watoto wenu watakapowauliza baba zao katika wakai ujao, 'Mawe haya ni ya nini?'
22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।'
Waambieni watoto wenu, 'Hapa ndipo Waisraeli walivuka Yordani katika nchi kavu.
23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो ।
Yahweh Mungu wenu aliyakausha maji ya Yordani, mpaka hapo Yahweh Mungu wako aliyoyafanya katika bahari ya mianzi, ambayo aliikausha kwa ajili yetu ili tupite juu yakes,
24 यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।”
ili kwamba watu wote wa nchi wajue kwamba mkono wa Yahweh ni nguvu, na kwamba mtamweshimu Yahweh Mungu wenu milele.''

< यहोशू 4 >