< यहोशू 4 >
1 जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्नुभयो,
온 백성이 요단 건너기를 마치매 여호와께서 여호수아에게 일러 가라사대
2 “मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् ।
백성의 매 지파에 한 사람씩 열두 사람을 택하고
3 तिनीहरूलाई यस्तो आज्ञा दे, “यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।”
그들에게 명하여 이르기를 요단 가운데 제사장들의 발이 굳게 선 그곳에서 돌 열둘을 취하고 그것을 가져다가 오늘밤 너희의 유숙할 그 곳에 두라 하라
4 त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।
여호수아가 이스라엘 자손 중에서 매 지파에 한 사람씩 예비한 그 열두 사람을 불러서
5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।
그들에게 이르되 요단 가운데 너희 하나님 여호와의 궤 앞으로 들어가서 이스라엘 자손들의 지파 수대로 각기 돌 한 개씩 취하여 어깨에 메라
6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ ।
이것이 너희 중에 표징이 되리라 후일에 너희 자손이 물어 가로되 이 돌들은 무슨 뜻이뇨 하거든
7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्ने छौ, 'परमप्रभु परमेश्वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।”
그들에게 이르기를 요단 물이 여호와의 언약궤 앞에서 끊어졌었나니 곧 언약궤가 요단을 건널 때에 요단 물이 끊어졌으므로 이 돌들이 이스라엘 자손에게 영영한 기념이 되리라 하라
8 इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे ।
이스라엘 자손들이 여호수아의 명한 대로 행하되 여호와께서 여호수아에게 이르신 대로 이스라엘 자손들의 지파 수를 따라 요단 가운데서 돌 열둘을 취하여 자기들의 유숙할 곳으로 가져다가 거기 두었더라
9 यहोशूले करारको सन्दुक बोक्ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ ।
여호수아가 또 요단 가운데 곧 언약궤를 멘 제사장들의 발이 선 곳에 돌 열둘을 세웠더니 오늘까지 거기 있더라
10 मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।
궤를 멘 제사장들이 여호와께서 여호수아에게 명하사 백성에게 이르게 하신 일 곧 모세가 여호수아에게 명한 일이 다 마치기까지 요단 가운데 섰고 백성은 속히 건넜으며
11 जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।
모든 백성이 건너기를 마친 후에 여호와의 궤와 제사장들이 백성의 목전에서 건넜으며
12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए ।
르우벤 자손과 갓 자손과 므낫세 반 지파는 모세가 그들에게 이른 것 같이 무장하고 이스라엘 자손들보다 앞서 건너갔으니
13 झण्डै चालिस हजार सशस्त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।
사만 명 가량이라 무장하고 여호와 앞에서 건너가서 싸우려고 여리고 평지에 이르니라
14 त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे ।
그 날에 여호와께서 모든 이스라엘의 목전에서 여호수아를 크게 하시매 그의 생존한 날 동안에 백성이 두려워하기를 모세를 두려워하던 것 같이 하였더라
15 परमप्रभु यहोशूसँग बोल्नुभयो,
여호와께서 여호수아에게 일러 가라사대
16 “गवाहीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।”
증거궤를 멘 제사장들을 명하여 요단에서 올라오게 하라 하신지라
17 त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।”
여호수아가 제사장들에게 명하여 요단에서 올라오라 하매
18 जब परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्न लाग्यो ।
여호와의 언약궤를 멘 제사장들이 요단 가운데서 나오며 그 발바닥으로 육지를 밟는 동시에 요단 물이 본 곳으로 도로 흘러 여전히 언덕에 넘쳤더라
19 मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे ।
정월 십일에 백성이 요단에서 올라와서 여리고 동편 지경 길갈에 진 치매
20 तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे ।
여호수아가 그 요단에서 가져온 열두 돌을 길갈에 세우고
21 तिनले इस्राएलका मानिसहरूलाई भने, “जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी
이스라엘 자손들에게 일러 가로되 후일에 너희 자손이 그 아비에게 묻기를 이 돌은 무슨 뜻이냐 하거든
22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।'
너희는 자손에게 알게 하여 이르기를 이스라엘이 마른 땅을 밟고 이 요단을 건넜음이라
23 जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो ।
너희 하나님 여호와께서 요단 물을 너희 앞에 마르게 하사 너희로 건너게 하신 것이 너희 하나님 여호와께서 우리 앞에 홍해를 말리시고 우리로 건너게 하심과 같았나니
24 यसरी परमप्रभुको बाहुली शक्तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सदासर्वदा आदर गर ।”
이는 땅의 모든 백성으로 여호와의 손이 능하심을 알게 하며 너희로 너희 하나님 여호와를 영원토록 경외하게 하려 하심이라 하라