< यहोशू 24 >
1 त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्वरको सामु प्रस्तुत गरे ।
Josué congregó a todas las tribus de Israel en Siquem. Convocó a los ancianos de Israel, sus jefes, sus jueces y sus oficiales, y comparecieron ante ʼElohim.
2 यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे ।
Josué dijo a todo el pueblo: Yavé ʼElohim de Israel dice: Al otro lado del Río habitaron antiguamente sus antepasados: Taré, padre de Abraham y de Nacor. Ellos servían a otros ʼelohim.
3 तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
Pero Yo tomé a su antepasado Abraham de la otra parte del Río, hice que anduviera por toda la tierra de Canaán, multipliqué su descendencia y le di a Isaac.
4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
A Isaac le di a Jacob y a Esaú. A Esaú le di la región montañosa de Seír para que la poseyera, pero Jacob y sus hijos bajaron a Egipto.
5 मैले मोशा र हारूनलाई पठाएँ, र मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ । त्यसपछि मैले तिमीहरूलाई ल्याएँ ।
Luego envié a Moisés y a Aarón y herí con plagas a Egipto, según lo que hice en medio de él. Después los saqué de allí.
6 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।
Saqué a sus antepasados de Egipto, y llegaron al mar. Los egipcios persiguieron a sus antepasados con carruajes y con jinetes hasta el mar Rojo.
7 जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।
Entonces clamaron a Yavé y Él puso oscuridad entre ustedes y los egipcios. Echó el mar sobre ellos y los cubrió. Los ojos de ustedes vieron lo que hice en Egipto. Por muchos días estuvieron en el desierto.
8 मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्ट गरेँ ।
Después los introduje en la tierra de los amorreos, que habitaban en la otra parte del Jordán. Lucharon contra ustedes, pero los entregué en sus manos. Poseyeron su tierra, y los destruí de delante de ustedes.
9 त्यसपछि मोआबका राजा सिप्पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।
Luego se levantó Balac, hijo de Zipor, rey de los moabitas, y peleó contra Israel, y envió a llamar a Balaam, hijo de Beor, para que los maldijera.
10 तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।
Pero no quise escuchar a Balaam, y él tuvo que bendecirlos. Los libré de su mano.
11 तिमीहरूले यर्दन तर्यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।
Luego cruzaron el Jordán y llegaron a Jericó. Los hombres de Jericó pelearon contra ustedes. También el amorreo, el ferezeo, el cananeo, el heteo, el gergeso, el heveo y el jebuseo, pero Yo los entregué en mano de ustedes.
12 मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।
Envié también delante de ustedes el avispón que echó de delante de ustedes a los dos reyes de los amorreos, pero no con tu espada, ni con tu arco.
13 मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'
Les di una tierra por la cual no se fatigaron, ciudades que no edificaron en las cuales viven, y comen de viñedos y olivares que no plantaron.
14 परमप्रभुको भय मान र सारा इमानदारी र विश्वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
Ahora, pues, teman a Yavé y sírvanle con integridad y en verdad. Aparten los ʼelohim a los cuales sus antepasados sirvieron en la otra parte del río y en Egipto, y sirvan a Yavé.
15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
Si mal les parece servir a Yavé, escojan hoy a quién sirvan: si a los ʼelohim a quienes sus antepasados sirvieron cuando estuvieron al otro lado del Río, o a los ʼelohim del amorreo en cuya tierra viven, pero yo y mi casa serviremos a Yavé.
16 मानिसहरूले जवाफ दिए र भने, “अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्ने छैनौँ,
Entonces el pueblo respondió: ¡Lejos esté de nosotros abandonar a Yavé para servir a otros ʼelohim!
17 किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।
Porque Yavé nuestro ʼElohim es Quien nos sacó a nosotros y a nuestros antepasados de la tierra de Egipto, de casa de esclavitud, Quien hizo estas grandes señales ante nuestros ojos y nos guardó por todo el camino en el cual anduvimos, y entre todos los pueblos por los cuales pasamos.
18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ ।
Por cuanto Yavé echó de delante de nosotros a todos los pueblos y a los amorreos que habitaban en esta tierra, nosotros también serviremos a Yavé, porque Él es nuestro ʼElohim.
19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन ।
Pero Josué objetó al pueblo: No podrán servir a Yavé, porque es un ʼElohim santo, un ʼElohim celoso. No cargará sus transgresiones y sus pecados.
20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्ट पार्नुहुने छ ।”
Cuando abandonen a Yavé para servir a ʼelohim extraños, Él se volverá y les hará el mal. Los consumirá, después del bien que les hizo.
21 तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ ।
Pero el pueblo dijo a Josué: No, en verdad serviremos a Yavé.
22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।”
Entonces Josué respondió al pueblo: Ustedes son testigos contra ustedes mismos en cuanto a que se eligieron a Yavé para servirle. Ellos respondieron: ¡Somos testigos!
23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”
¡Aparten, pues, los ʼelohim extraños que hay entre ustedes, e inclinen su corazón hacia Yavé ʼElohim de Israel!
24 मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्ने छौँ ।
Y el pueblo respondió a Josué: ¡A Yavé nuestro ʼElohim serviremos y obedeceremos!
25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए ।
Así Josué pactó alianza con el pueblo en aquel día y le estableció Estatutos y Decretos en Siquem.
26 यहोशूले यी वचनहरूलाई परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे । तिनले ठुलो ढुङ्गा लिए र यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे ।
Luego Josué escribió estas palabras en el Rollo de la Ley de ʼElohim. Y tomó una gran piedra y la erigió allí, debajo del roble que estaba junto al Santuario de Yavé.
27 यहोशूले सबै मानिसलाई भने, “हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्वरलाई त्याग्यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ ।
Josué dijo a todo el pueblo: Ciertamente esta piedra será testigo contra nosotros, pues ella oyó todas las palabras que Yavé nos dijo. Será, pues, testigo contra ustedes para que no renieguen de su ʼElohim.
28 यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए ।
Luego Josué despidió al pueblo y mandó a cada uno a su heredad.
29 यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे ।
Después de estas cosas, sucedió que murió Josué, hijo de Nun, esclavo de Yavé, a la edad de 110 años.
30 तिनीहरूले तिनलाई आफ्नै अंशको सिमानाभित्र अर्थात् तिम्नथ-सेरामा नै गाडे, जुनचाहिँ एफ्राइमको पहाडी देश, गास पर्वत हो ।
Lo sepultaron en el límite de su heredad en Timnat-sera, que está en la región montañosa de Efraín, al norte de la montaña Gaas.
31 इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए ।
Israel sirvió a Yavé todos los días de Josué, y todos los días de los ancianos que sobrevivieron a Josué y que conocían toda la obra que Yavé hizo por Israel.
32 इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो ।
Los huesos de José, que los hijos de Israel habían subido de Egipto, fueron sepultados en Siquem, en la porción del campo que Jacob compró de los hijos de Hamor, padre de Siquem, por 100 monedas, y así quedó en posesión de los hijos de José.
33 हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।
Eleazar, hijo de Aarón, también murió, y lo sepultaron en la colina de su hijo Finees, que le fue dada en la región montañosa de Efraín.