< यहोशू 23 >

1 परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
Panapita nthawi yayitali kuchokera pamene Yehova anakhazikitsa mtendere pakati pa Aisraeli ndi adani awo owazungulira. Nthawi imeneyi nʼkuti Yoswa atakalamba, ali ndi zaka zambiri.
2 यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
Yoswayo anayitanitsa Aisraeli onse pamodzi ndi akuluakulu, atsogoleri, oweruza, ndi oyangʼanira anthu antchito ndipo anawawuza kuti, “Ine ndakalamba ndipo ndili ndi zaka zambiri.
3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।
Inu mwaona zonse zimene Yehova Mulungu wanu wachita kwa mitundu yonseyi chifukwa cha inu. Ndi Yehova Mulungu wanu amene anakumenyerani nkhondo.
4 हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
Tsono onani! Mitundu ya anthu otsalawa ndayipereka kwa mafuko anu pamodzi ndi mitundu ya anthu ya pakati pa Yorodani ndi Nyanja Yayikulu ya kumadzulo imene ndinayigonjetsa.
5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।
Yehova Mulungu wanu ndiye adzawathamangitsa pamaso panu. Mudzatenga dziko lawo monga Yehova anakulonjezerani.
6 त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर ।
“Choncho khalani amphamvu, ndipo samalani kuti mumvere zonse zimene zalembedwa mʼbuku la malamulo a Mose. Musapatuke pa malamulo onse amene alembedwamo.
7 त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर ।
Musagwirizane ndi mitundu ya anthu imene yatsala pakati panu. Musatchule mayina a milungu yawo kapena kuyitchula polumbira. Musayitumikire kapena kuyigwadira.
8 बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो ।
Koma mukuyenera kugwiritsa Yehova Mulungu wanu, monga mwachitira mpaka lero lino.
9 किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।
“Yehova wapirikitsa patsogolo panu mitundu ya anthu ikuluikulu ndi yolimba. Mpaka lero palibe amene watha kulimbana nanu.
10 तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ ।
Aliyense wa inu atha kuthamangitsa anthu 1,000 chifukwa Yehova Mulungu wanu ndiye amakumenyerani nkhondo, monga momwe analonjezera.
11 विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर
Choncho samalitsani kuti mukonde Yehova Mulungu wanu.
12 तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने,
“Koma ngati mubwerera mʼmbuyo ndi kuphatikizana ndi mitundu yotsalayi imene ili pakati panu ndi kumakwatirana nayo,
13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।
pamenepo mudziwe kuti Yehova, Mulungu wanu, sadzapirikitsa mitundu imeneyi pamaso panu, koma idzakhala ngati msampha kwa inu kapenanso khwekhwe lokukolani. Idzakhala ngati zikwapu pa msana panu kapenanso ngati minga mʼmaso mwanu mpaka mutatha psiti mʼdziko labwinoli limene Yehova Mulungu wanu wakupatsani.
14 म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन ।
“Aliyense wa inu akudziwa mu mtima mwake komanso mʼmoyo mwake kuti zabwino zonse zimene Yehova Mulungu wanu anakulonjezani zachitika. Palibe lonjezo ndi limodzi lomwe limene silinakwaniritsidwe.
15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
Monga momwe Yehova Mulungu wanu wakuchitirani zabwino zonse zimene ananena kuti adzachita, Yehovayo angathenso kukuchitirani zoyipa zonse zimene waopseza, mpaka kukuchotsani mʼdziko lokoma limene anakupatsani.
16 यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”
Ngati muphwanya pangano la Yehova Mulungu wanu, limene anakulamulirani nʼkumapita kukatumikira milungu ina ndi kuyigwadira, Yehova adzakukwiyirani, ndiye mudzachotsedwa mʼdziko labwinoli limene Yehova wakupatsani.”

< यहोशू 23 >