< यहोशू 20 >

1 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो,
و خداوند یوشع را خطاب کرده، گفت:۱
2 “इस्राएलका मानिसहरूलाई यसो भन्, 'मैले मोशाद्वारा तिमीहरूलाई भनेजस्तै शरण-नगरहरू चुन ।
«بنی‌اسرائیل را خطاب کرده، بگو: شهرهای ملجایی را که درباره آنها به واسطه موسی به شما سخن گفتم، برای خود معین سازید۲
3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्‍ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुने छ ।
تا قاتلی که کسی را سهو و ندانسته کشته باشدبه آنها فرار کند، و آنها برای شما از ولی مقتول ملجا باشد.۳
4 त्यो ती सहरहरूमध्ये एउटामा भागेर जाने छ, सहरको प्रवेशद्वारमा खडा हुने छ र त्यस सहरका धर्म-गुरुहरूलाई त्यसका सबै कुरा बताउने छ । त्यसपछि तिनीहरूले त्यसलाई सहरभित्र लाने छन् र त्यसलाई तिनीहरूमाझ बस्‍नलाई ठाउँ दिने छन् ।
و او به یکی از این شهرها فرار کرده، و به مدخل دروازه شهر ایستاده، به گوش مشایخ شهر ماجرای خود را بیان کند، و ایشان او را نزدخود به شهر درآورده، مکانی به او بدهند تا باایشان ساکن شود.۴
5 यदि कोही मारिएको व्यक्‍तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्‍तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।
و اگر ولی مقتول او را تعاقب کند، قاتل را به‌دست او نسپارند، زیرا که همسایه خود را از نادانستگی کشته، و او را پیش از آن دشمن نداشته بود.۵
6 सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्‍तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्‍ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।”
و در آن شهر تا وقتی که به جهت محاکمه به حضور جماعت حاضر شود تاوفات رئیس کهنه که در آن ایام می‌باشد توقف نماید، و بعد از آن قاتل برگشته، به شهر و به خانه خود یعنی به شهری که از آن فرار کرده بود، داخل شود.۶
7 त्यसैले इस्राएलीहरूले नप्‍तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।
پس قادش را در جلیل در کوهستان نفتالی وشکیم را در کوهستان افرایم و قریه اربع را که درحبرون باشد در کوهستان یهودا، تقدیس نمودند.۷
8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।
و از آن طرف اردن به سمت مشرق اریحا باصررا در صحرا در بیابان از سبط روبین و راموت را درجلعاد از سبط جاد و جولان را در باشان از سبطمنسی تعیین نمودند.۸
9 इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यिनै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्‍ति सुरक्षाको निम्ति त्यहाँ भागोस् । यो व्यक्‍ति सभाको सामु पहिले न्यायको निम्ति खडा नभई त्यो व्यक्‍ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।
اینهاست شهرهایی که برای تمامی بنی‌اسرائیل و برای غریبی که در میان ایشان ماوا گزیند معین شده بود، تا هر‌که کسی راسهو کشته باشد به آنجا فرار کند، و به‌دست ولی مقتول کشته نشود تا وقتی که به حضور جماعت حاضر شود.۹

< यहोशू 20 >