< यहोशू 20 >
1 त्यसपछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
Og Herren talede til Josva og sagde:
2 “इस्राएलका मानिसहरूलाई यसो भन्, 'मैले मोशाद्वारा तिमीहरूलाई भनेजस्तै शरण-नगरहरू चुन ।
Tal til Israels Børn, sigende: Afgiver for eder de Tilflugtsstæder, om hvilke jeg talede til eder ved Mose,
3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्यक्तिको रगतको बदला लिन खोज्नेबाट शरण-स्थान हुने छ ।
at en Manddraber, som af Vaade, uforsætlig slaar en Person ihjel, kan fly derhen, og at de kunne være eder til Tilflugt for Blodhævneren.
4 त्यो ती सहरहरूमध्ये एउटामा भागेर जाने छ, सहरको प्रवेशद्वारमा खडा हुने छ र त्यस सहरका धर्म-गुरुहरूलाई त्यसका सबै कुरा बताउने छ । त्यसपछि तिनीहरूले त्यसलाई सहरभित्र लाने छन् र त्यसलाई तिनीहरूमाझ बस्नलाई ठाउँ दिने छन् ।
Og han skal fly til en af disse Stæder, og han skal staa uden for Indgangen til Stadens Port og tale sine Ord for de Ældstes Øren af samme Stad, saa skulle de tage ham ind i Staden til sig og give ham et Sted, hvor han kan bo hos dem.
5 यदि कोही मारिएको व्यक्तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्तिलाई अधिकारीहरूको हातमा सुम्पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन ।
Og naar Blodhævneren forfølger ham, da skulle de ikke overantvorde Manddraberen i hans Haand, efterdi han slog sin Næste uforsætlig og ikke tilforn var hans Fjende.
6 सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।”
Saa skal han bo i den samme Stad, indtil han har staaet for Menighedens Ansigt for Retten, indtil den Ypperstepræst, som var i de Dage, er død; da maa Manddraberen vende tilbage og komme til sin Stad og til sit Hus, til Staden, hvorfra han flyede.
7 त्यसैले इस्राएलीहरूले नप्तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने ।
Saa helligede de Kedes i Galilæa paa Nafthali Bjerg og Sikem paa Efraims Bjerg og Kirjath-Arba, det er Hebron, paa Judas Bjerg.
8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।
Og paa hin Side Jordanen ved Jeriko, mod Østen, afgave de Bezer i Ørken paa Sletten af Rubens gtamme og Ramoth i Gilead af Gads Stamme og Golan i Basan af Manasse Stamme.
9 इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यिनै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्ति सुरक्षाको निम्ति त्यहाँ भागोस् । यो व्यक्ति सभाको सामु पहिले न्यायको निम्ति खडा नभई त्यो व्यक्ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।
Disse vare de Stæder, som vare beskikkede for alle Israels Børn og for den fremmede, som var fremmed midt iblandt dem, at hver den, som slog en Person af Vaade, maatte fly derhen, at han ikke skulde dø ved Blodhævnerens Haand, inden han havde staaet for Menighedens Ansigt.