< यहोशू 18 >
1 त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।
Celotna skupnost Izraelovih otrok se je zbrala skupaj pri Šilu in tam postavila šotorsko svetišče skupnosti. In dežela je bila podjarmljena pred njimi.
2 इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।
Tam je med Izraelovimi otroki ostalo sedem rodov, ki še niso prejeli svoje dediščine.
3 यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ?
Józue je rekel Izraelovim otrokom: »Doklej se obirate, da greste, da vzamete v last deželo, ki vam jo je dal Gospod, Bog vaših očetov?
4 हरेक कुलको निम्ति तिन-तिन जना मानिस चुन र म तिनीहरूलाई पठाउने छु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्टिकोणबाट तयार पार्ने छन् र त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन् ।
Dajte izmed sebe tri može za vsak rod in poslal jih bom in vstali bodo in šli skozi deželo in jo opisali glede na njihovo dediščino in ponovno bodo prišli k meni.
5 तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।
To bodo razdelili na sedem delov. Juda bo ostal v svojih pokrajinah na jugu in Jožefova hiša bo ostala v svojih pokrajinah na severu.
6 तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने यहाँ चिट्ठा हाल्ने छु ।
Vi boste torej opisali deželo v sedmih delih in opis prinesli sèm k meni, da lahko mečem žrebe za vas tukaj pred Gospodom, svojim Bogom.
7 तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”
Toda Lévijevci nimajo deleža med vami, kajti Gospodovo duhovništvo je njihova dediščina. Gad, Ruben in polovica Manásejevega rodu so prejeli svojo dediščino onkraj Jordana, na vzhodu, ki jim jo je dal Gospodov služabnik Mojzes.«
8 त्यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्न जाने मानिसहरूलाई यहोशूले यसो भन्दै आज्ञा दिए, “भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु ।”
Možje so vstali ter odšli stran in Józue jim je naročil, da gredo, da opišejo deželo, rekoč: »Pojdite in hodite skozi deželo in jo opišite in ponovno pridite k meni, da bom tukaj v Šilu za vas lahko vrgel žrebe pred Gospodom.«
9 मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातैवटै खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के ।
Možje so odšli in šli skozi deželo in jo v knjigi opisali po mestih v sedmih delih in ponovno prišli k Józuetu, k vojski pri Šilu.
10 त्यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले । यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे र हरेकलाई आ-आफ्नो भाग दिइयो ।
Józue je zanje v Šilu metal žrebe pred Gospodom in tam je Józue Izraelovim otrokom razdelil deželo glede na njihove oddelke.
11 कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो ।
Žreb rodu Benjaminovih otrok je prišel gor glede na njihove družine in pokrajina njihovega žreba je prišla naprej med Judovimi otroki in Jožefovimi otroki.
12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।
Njihova meja na severni strani je bila od Jordana in meja je šla gor k strani Jerihe na severni strani in se dvigala skozi gore proti zahodu in njeni izhodi so bili pri divjini Bet Aven.
13 त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्यो ।
Meja je od tam šla preko, proti Luzu, k strani Luza, ki je Betel, proti jugu in meja se je spustila k Atrót Adárju, blizu hriba, ki leži na južni strani spodnjega Bet Horóna.
14 त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्चिमपट्टि यो बेथ-होरोनबाट सामुन्नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्चिमी सिमाना निर्माण गर्यो ।
Meja je bila potegnjena od tam in obdala vogal morja proti jugu, od hriba, ki leži pred Bet Horónom proti jugu in njihovi izhodi so bili pri Kirját Báalu, ki je Kirját Jearím, mesto Judovih otrok. To je bila zahodna četrtina.
15 दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्तोहको पानीका मुहानहरूतिर निस्क्यो ।
Južna četrtina je bila od konca Kirját Jearíma in meja se je nadaljevala na zahod in izšla pri izviru vodá Neftóaha
16 त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्यो, जुन बेनहिन्नोमको सामुन्ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्यो ।
in meja se je spustila k vznožju gore, ki leži pred dolino sina Hinómovega in ki je v dolini velikanov na severu in se spustila k Hinómovi dolini, k strani Jebúsa na jugu in se spustila k En Rogelu
17 यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्क्यो, जुन अदुम्मीमको उकालोको सामुन्ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्यो ।
in potegnjena je bila od severa in šla naprej k En Šemešu in šla naprej proti Gelilótu, ki je nasproti vzpona k Adumímu in se spustila h kamnu Rubenovega sina Bohana
18 यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।
in šla naprej proti strani nasproti Arábi proti severu in se spustila k Arábi.
19 सिमाना बेथ-होग्लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो ।
Meja je šla vzdolž strani Bet Hogle proti severu in izhodi meje so bili pri severnem zalivu slanega morja, pri južnem koncu Jordana. To je bila južna pokrajina.
20 पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो ।
Jordan je bil njegova meja na vzhodni strani. To je bila dediščina Benjaminovih otrok, po njihovih pokrajinah naokoli, glede na njihove družine.
21 बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
Torej mesta rodov Benjaminovih otrok glede na njihove družine so bila Jeriha, Bet Hogla, dolina Kecíc,
22 बेथ-अराबा, समारैम, बेथेल,
Bet Arába, Cemarájim, Betel,
24 कपर अमोनी, ओप्नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए ।
Kefár Amoní, Ofní in Gaba, dvanajst mest z njihovimi vasmi.
25 त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए ।
Gibeón, Rama, Beerót,
28 सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।
Cela, Elef, Jebús, kar je Jeruzalem, Gíbea in Kirját, štirinajst mest z njihovimi vasmi. To je dediščina Benjaminovih otrok glede na njihove družine.