< यहोशू 17 >

1 यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।
Ždrijebom je dopao i dio plemenu Manašeovu, jer je Manaše bio prvenac Josipov. Makiru, prvencu Manašeovu, ocu Gileadovu - bijaše on ratnik bez premca - pripade Gilead i Bašan.
2 यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।
Dobili su svoj dio i ostali sinovi Manašeovi po svojim porodicama: sinovi Abiezerovi, sinovi Helekovi, sinovi Asrielovi; sinovi Šekemovi, sinovi Heferovi i sinovi Šemidini. To su muški potomci Manašea, sina Josipova, po svojim porodicama.
3 मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।
A Selofhad, sin Hefera, sina Gileada, sina Makira, sina Manašeova, nije imao sinova nego samo kćeri. Evo im imena: Mahla, Noa, Hogla, Milka i Tirsa.
4 तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।
One dođoše pred svećenika Eleazara i pred Jošuu, sina Nunova, i pred glavare govoreći: “Jahve je zapovjedio Mojsiju da se i nama dade baština među našom braćom.” I dadoše im po Jahvinoj zapovijedi baštinu među braćom njihova oca.
5 गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,
Tako je dopalo Manašeu deset dijelova, povrh gileadske i bašanske zemlje, koje su s onu stranu Jordana.
6 किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।
Kćeri Manašeove dobiše baštinu među njegovim sinovima, a zemlja gileadska pripala je drugim sinovima Manašeovim.
7 मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो ।
Međa je Manašeova išla od Ašera do Mikmetata, koji leži nasuprot Šekemu, a zatim zavijala desno prema Jašibu na izvoru Tapuahu.
8 (तप्‍पूहको भू-भाग मनश्शेको थियो, तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो ।)
Pokrajina Tapuah pripadaše Manašeu, ali sam Tapuah na međi Manašeovoj pripadaše sinovima Efrajimovim.
9 त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो । मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए । मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो र यो समुद्रमा टुङ्गिएको थियो ।
Međa je silazila do potoka Kane. Južno od potoka bili su i ovi gradovi što su Efrajimovim sinovima pripadali između Manašeovih gradova; a zemlja se Manašeova nalazila na sjeveru i izbijala na more.
10 दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो ।
Područje s juga pripadalo je Efrajimu, na sjeveru Manašeu, a more im bi međa; na sjeveru su graničili s Ašerom, a s Jisakarom na istoku.
11 इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) ।
Manašeu pripadahu u Jisakaru i Ašeru: Bet-Šean sa svojim selima, Jibleam sa svojim selima, stanovnici Dora sa svojim selima, stanovnici En-Dora sa svojim selima, stanovnici Taanaka sa svojim selima, stanovnici Megida sa svojim selima; dakle: tri područja.
12 तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन्, किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे ।
Ali Manašeovi sinovi nisu mogli osvojiti te gradove i zato su Kanaanci ostali u tom kraju.
13 जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् ।
Ali kad su ojačali sinovi Izraelovi, nametnuše Kanaancima tlaku, ali ih nisu uspjeli protjerati.
14 त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, “तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको छ?”
Obrate se tada Josipovi sinovi Jošui i upitaju: “Zašto si nam dao u baštinu prema jednom ždrijebu, samo jedan dio, kad smo mnogobrojni i Jahve nas dosad blagoslivljao?”
15 यहोशूले तिनीहरूलाई भने, “यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।”
Jošua im odgovori: “Kad ste narod mnogobrojan, pođite u šumu i krčite ondje sebi zemlje u periškoj i refaimskoj krajini, ako vam je pretijesna gora Efrajimova.”
16 योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् ।
A sinovi Josipovi rekoše: “Gora nam ova neće biti dosta, a svi Kanaanci koji žive u ravnici imaju željezna kola, oni što su u Bet-Šeanu i selima njegovim i oni koji su u dolini jizreelskoj.”
17 त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन ।
Tada odgovori Jošua domu Josipovu, i Efrajimu i Manašeu: “Vi ste brojan narod i imate silnu snagu. Zato nećeš dobiti samo jedan ždrijeb:
18 पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”
neka gora bude tvoja. Ako je šumovita, iskrči je pa će obronci biti posjed doma tvoga. Istjerat ćeš sigurno Kanaance ako i imaju željezna kola, ako i jesu jaki.”

< यहोशू 17 >