< यहोशू 16 >
1 योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।
And it went out the lot of [the] descendants of Joseph from [the] Jordan of Jericho to [the] waters of Jericho east-ward the wilderness going up from Jericho in the hill country Beth-el.
2 त्यसपछि यो बेथेलबाट लूजतिर, अरकीको क्षेत्रतिर गयो ।
And it goes out from Beth-el Luz towards and it passes on to [the] border of the Arkite[s] Ataroth.
3 त्यसपछि यो तल्लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्चिमतिर झर्यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो ।
And it goes down west-ward to [the] border of the Japhletite[s] to [the] border of Beth Horon lower and to Gezer and they are (extremities its *Q(K)*) [the] sea towards.
4 योसेफका कुल मनश्शे र एफ्राइमले तिनीहरूका उत्तराधिकार यसरी प्राप्त गरे ।
And they received their inheritance [the] descendants of Joseph Manasseh and Ephraim.
5 कुल-कुलअनुसार एफ्राइमको कुलको क्षेत्रः तिनीहरूको भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारबाट माथिल्लो बेथ-होरोनसम्म निस्क्यो,
And it was [the] territory of [the] descendants of Ephraim to clans their and it was [the] border of inheritance their east-ward Ataroth Addar to Beth Horon upper.
6 र यो त्यहाँबाट सममुद्रसम्म पुग्यो । मिक्मतातबाट उत्तरतिर यो पूर्वतर्फ तानत-शीलोतिर मोडियो र यसभन्दा उता पूर्वतिर यानोह निस्क्यो ।
And it goes out the border the sea towards Micmethath [is] from [the] north and it turns the border east-ward Taanath Shiloh and it passes by it from [the] east Janoah.
7 त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।
And it goes down from Janoah Ataroth and Naarah towards and it touches Jericho and it goes out the Jordan.
8 तप्पूहबाट पश्चिमतिर कना खोलातिर समुद्रमा टुङ्गियो । यो कुल-कुलअनुसार एफ्राइमको कुलको भाग,
From Tappuah it goes the border west-ward [the] wadi of Kanah and they are extremities its the sea towards this [was] [the] inheritance of [the] tribe of [the] descendants of Ephraim to clans their.
9 मनश्शेको कुलको उत्तराधिकारभित्र एफ्राइमको कुललाई चुनिएका सहरहरूसँगै तिनीहरूका गाउँहरूसहित सबै सहर थिए ।
And the cities the separate places for [the] descendants of Ephraim [are] in [the] midst of [the] inheritance of [the] descendants of Manasseh all the cities and villages their.
10 तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।
And not they dispossessed the Canaanite[s] who dwelt in Gezer and he has dwelt the Canaanite[s] in [the] midst of Ephraim until the day this and he became a slave gang of laboring.