< यहोशू 16 >

1 योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।
And the limit of the land marked out for the children of Joseph went out from Jordan at Jericho, at the waters of Jericho on the east, in the waste land, going up from Jericho through the hill-country to Beth-el;
2 त्यसपछि यो बेथेलबाट लूजतिर, अरकीको क्षेत्रतिर गयो ।
And it goes out from Beth-el to Luz, and on as far as the limit of the Archites to Ataroth;
3 त्यसपछि यो तल्‍लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्‍चिमतिर झर्‍यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो ।
And it goes down to the west to the limit of the Japhletites, to the limit of Beth-horon the lower, as far as Gezer; ending at the sea.
4 योसेफका कुल मनश्शे र एफ्राइमले तिनीहरूका उत्तराधिकार यसरी प्राप्‍त गरे ।
And the children of Joseph, Manasseh and Ephraim, took their heritage.
5 कुल-कुलअनुसार एफ्राइमको कुलको क्षेत्रः तिनीहरूको भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारबाट माथिल्‍लो बेथ-होरोनसम्म निस्क्यो,
And the limit of the land of the children of Ephraim by their families was marked out in this way: the limit of their heritage to the east was Ataroth-addar, to Beth-horon the higher;
6 र यो त्यहाँबाट सममुद्रसम्म पुग्यो । मिक्मतातबाट उत्तरतिर यो पूर्वतर्फ तानत-शीलोतिर मोडियो र यसभन्दा उता पूर्वतिर यानोह निस्क्यो ।
The line goes out to the west at Michmethath on the north; then turning to the east to Taanath-shiloh, going past it on the east of Janoah;
7 त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्‍यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।
And from Janoah down to Ataroth, and to Naarah, and touching Jericho, it goes on to Jordan.
8 तप्‍पूहबाट पश्‍चिमतिर कना खोलातिर समुद्रमा टुङ्गियो । यो कुल-कुलअनुसार एफ्राइमको कुलको भाग,
From Tappuah the line goes on to the west to the river of Kanah; ending at the sea. This is the heritage of the children of Ephraim by their families;
9 मनश्शेको कुलको उत्तराधिकारभित्र एफ्राइमको कुललाई चुनिएका सहरहरूसँगै तिनीहरूका गाउँहरूसहित सबै सहर थिए ।
Together with the towns marked out for the children of Ephraim in the heritage of Manasseh, all the towns with their unwalled places.
10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।
And the Canaanites who were living in Gezer were not forced out; but the Canaanites have been living among Ephraim, to this day, as servants, doing forced work.

< यहोशू 16 >