< यहोशू 15 >

1 यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो ।
O lote para a tribo dos filhos de Judá, de acordo com suas famílias, estava na fronteira de Edom, mesmo no deserto de Zin em direção ao sul, na parte mais ao sul.
2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ ।
A fronteira sul deles era a partir da parte mais extrema do Mar Salgado, a partir da baía que olha para o sul;
3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो ।
e saiu para o sul da subida de Akrabbim, e passou para Zin, e subiu pelo sul de Kadesh Barnea, e passou por Hezron, subiu para Addar, e virou para Karka;
4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो ।
e passou para Azmon, saiu no riacho do Egito; e a fronteira terminou no mar. Esta será sua fronteira sul.
5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।
A fronteira leste era o Mar Salgado, mesmo até o fim do Jordão. A fronteira do bairro norte era da baía do mar, no final do Jordão.
6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।
A fronteira subiu até Beth Hoglah, e passou pelo norte de Beth Arabah; e a fronteira subiu até a pedra de Bohan, o filho de Reuben.
7 त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो ।
A fronteira subiu até Debir do vale de Achor, e assim para o norte, olhando para Gilgal, que enfrenta a subida de Adummim, que fica no lado sul do rio. A fronteira passou para as águas de En Shemesh, e terminou em En Rogel.
8 अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ ।
A fronteira subiu pelo vale do filho de Hinnom até o lado sul do Jebusite (também chamado Jerusalém); e a fronteira subiu até o topo da montanha que fica antes do vale de Hinnom para o oeste, que fica na parte mais distante do vale de Rephaim para o norte.
9 त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो ।
A fronteira se estendeu do topo da montanha até a nascente das águas de Neftoah, e foi até as cidades do Monte Ephron; e a fronteira se estendeu até Baalah (também chamada de Kiriath Jearim);
10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो ।
e a fronteira virou de Baalah para o oeste até o Monte Seir, e passou ao lado do Monte Jearim (também chamado de Chesalon) ao norte, e desceu até Beth Shemesh, e passou por Timnah;
11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो ।
e a fronteira saiu para o lado de Ekron ao norte; e a fronteira se estendeu até Shikkeron, e passou pelo Monte Baalah, e saiu em Jabneel; e as saídas da fronteira foram para o mar.
12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो ।
A fronteira oeste era até a costa do grande mar. Esta é a fronteira dos filhos de Judá, de acordo com suas famílias.
13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए ।
Ele deu a Calebe, filho de Jefoné, uma porção entre os filhos de Judá, de acordo com o mandamento de Yahweh a Josué, até mesmo Kiriath Arba, nomeado em homenagem ao pai de Anak (também chamado Hebron).
14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए ।
Caleb expulsou os três filhos de Anak: Sheshai, e Ahiman, e Talmai, os filhos de Anak.
15 त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए ।
Ele foi contra os habitantes de Debir: agora o nome de Debir antes era Kiriath Sepher.
16 कालेबले भने, “जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।”
Caleb disse: “Aquele que atacar Kiriath Sepher, e o levar, eu lhe darei minha filha Achsah como esposa”.
17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए ।
Othniel, o filho de Kenaz, irmão de Caleb, tomou-a: e lhe deu sua filha Achsah como esposa.
18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?”
Quando ela chegou, ela pediu que ele pedisse um campo ao pai. Ela saiu do burro e Caleb disse: “O que você quer?”.
19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
Ela disse: “Dê-me uma bênção. Porque você me colocou na terra do Sul, dê-me também nascentes de água”. Assim, ele lhe deu as molas superiores e as inferiores.
20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो ।
Esta é a herança da tribo dos filhos de Judá, de acordo com suas famílias.
21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,
As cidades mais distantes da tribo dos filhos de Judá em direção à fronteira de Edom no Sul foram Kabzeel, Eder, Jagur,
22 कीना, दीमोना, अदाद,
Kinah, Dimonah, Adadah,
23 केदेश, हासोर, यित्‍नान,
Kedesh, Hazor, Ithnan,
24 जीप, तेलेम, बालोत,
Ziph, Telem, Bealoth,
25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),
Hazor Hadattah, Kerioth Hezron (também chamada Hazor),
26 अमाम, शेमा, मोलादा,
Amam, Shema, Moladah,
27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,
Hazar Gaddah, Heshmon, Beth Pelet,
28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
Hazar Shual, Beersheba, Biziothiah,
29 बाला, ईम, एसेम,
Baalah, Iim, Ezem,
30 एल्तोलद, कसील, होर्मा,
Eltolad, Chesil, Hormah,
31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,
Ziklag, Madmannah, Sansannah,
32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।
Lebaoth, Shilhim, Ain, e Rimmon. Todas as cidades são vinte e nove, com seus vilarejos.
33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,
In the lowland, Eshtaol, Zorah, Ashnah,
34 जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,
Zanoah, En Gannim, Tappuah, Enam,
35 यर्मूत, अदूल्लाम, सोको, आजेका,
Jarmuth, Adullam, Socoh, Azekah,
36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।
Shaaraim, Adithaim e Gederah (ou Gederothaim); catorze cidades com seus vilarejos.
37 सनान, हदाशा, मिग्‍दलाद,
Zenan, Hadashah, Migdal Gad,
38 दिलान, मिस्पा, योक्‍तेल,
Dilean, Mizpah, Joktheel,
39 लाकीश, बोस्कत, एग्लोन,
Lachish, Bozkath, Eglon,
40 कोब्‍बन, लहमास, कितलीश,
Cabbon, Lahmam, Chitlish,
41 गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
Gederoth, Beth Dagon, Naamah, e Makkedah; dezesseis cidades com suas aldeias.
42 लिब्‍ना, एतेर, आशान,
Libnah, Ether, Ashan,
43 यिप्‍ताह, अश्‍ना, नसीब,
Iphtah, Ashnah, Nezib,
44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
Keilah, Achzib, e Mareshah; nove cidades com suas aldeias.
45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
Ekron, com suas cidades e aldeias;
46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।
de Ekron até o mar, todos que estavam à beira de Ashdod, com suas aldeias.
47 अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।
Ashdod, com suas vilas e aldeias; Gaza, com suas vilas e aldeias; até o riacho do Egito, e o grande mar com sua linha costeira.
48 पहाडी देशमा, शामीर, यत्तीर, सोको,
No país das colinas, Shamir, Jattir, Socoh,
49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),
Dannah, Kiriath Sannah (que é Debir),
50 अनाब, एश्तमोह, अनीम,
Anab, Eshtemoh, Anim,
51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।
Goshen, Holon, e Giloh; onze cidades com suas aldeias.
52 अरब, दुमा, एशान,
Arab, Dumah, Eshan,
53 यानूम, बेथ-तप्‍पूह, अपेका,
Janim, Beth Tappuah, Aphekah,
54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।
Humtah, Kiriath Arba (também chamada Hebron), e Zior; nove cidades com suas vilas.
55 माओन, कर्मेल, जीप, युक्‍ता,
Maon, Carmel, Ziph, Jutah,
56 यिजरेल, योक्दाम, जानोह,
Jezreel, Jokdeam, Zanoah,
57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।
Kain, Gibeah, e Timnah; dez cidades com suas aldeias.
58 हलहूल, बेथ-सर, गदोर,
Halhul, Beth Zur, Gedor,
59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
Maarath, Beth Anoth, e Eltekon; seis cidades com suas vilas.
60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए ।
Kiriath Baal (também chamada Kiriath Jearim), e Rabbah; duas cidades com suas vilas.
61 मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,
In the wilderness, Beth Arabah, Middin, Secacah,
62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।
Nibshan, a Cidade do Sal, e En Gedi; seis cidades com suas aldeias.
63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।
Quanto aos jebuseus, os habitantes de Jerusalém, os filhos de Judá não puderam expulsá-los; mas os jebuseus vivem com os filhos de Judá em Jerusalém até os dias de hoje.

< यहोशू 15 >