< यहोशू 11 >
1 जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए ।
Då Jabin, kongen i Hasor, fekk spurt dette, sende han bod til Jobab, kongen i Madon, og til kongen i Simron og kongen i Aksaf
2 उनले उत्तरी पहाडी देशमा, किन्नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्चिमतिरको नपोत डोरमा बस्ने राजाहरूलाई पनि समाचार पठाए ।
og dei andre kongarne der nord, i fjellbygderne og på moarne sunnanfor Kinnerot og på låglandet og på Dorhøgderne utmed havet -
3 उनले पूर्व र पश्चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।
til kananitarne, både i aust og i vest, og til amoritarne og hetitarne og perizitarne og jebusitarne uppi fjelli, og hevitarne nedunder Hermon, i Mispalandet.
4 उनीहरूका सबै फौज उनीहरूसँगै समुद्र किनारको बालुवाका कण जत्तिकै ठुलो सङ्ख्यामा आए । उनीहरूसँग कैयौँ घोडा र रथहरू थिए ।
Då tok dei ut med alle herarne sine, ein hop so tett som sanden på havsens strand, med hestar og vogner i haugetal.
5 यी सबै राजा तोकिएको समयमा भेटे र उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले ।
Alle desse kongarne sette einannan stemna, og for til Meromvatnet; der lægra dei seg alle i hop, og vilde stridast med Israel.
6 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”
Då sagde Herren til Josva: «Ver ikkje rædd deim! I morgon dette bil legg eg deim alle drepne framfor augo åt Israel. Du skal skjera sund hasarne på hestarne deira og brenna upp vognerne!»
7 यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।
Josva og heile heren hans kom brått yver deim ved Meromvatnet, og tok på deim.
8 परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।
Og Herren gav deim i Israels hender; Israels-sønerne vann yver deim og sette etter deim alt til Stor-Sidon og Misrefot-Majim og i aust alt til Mispedalen, og hogg deim ned, so ingen vart att eller slapp undan.
9 यहोशूले उनीहरूलाई परमप्रभुले भन्नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।
Og Josva for åt med deim som Herren hadde sagt til honom; hestarne deira skar han hasarne sund på, og vognerne brende han upp.
10 त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)
Med so gjort snudde han um, og tok Hasor og hogg ned kongen som budde der; for Hasor var fyrr i tidi hovudstaden for alle desse riki.
11 तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।
Dei bannstøytte byen, og tynte med odd og egg kvart mannsbarn som der fanst; det vart ikkje livande liv att. Josva brende upp Hasor;
12 यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्ट पारे ।
sidan tok han alle dei andre kongebyarne med kongarne deira, og øydde deim med odd og egg; han bannstøytte deim, soleis som Moses, Herrens tenar, hadde sagt honom fyre.
13 इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए ।
Men ingen av dei byarne som låg der på høgderne, sette israelitarne eld på; det var berre Hasor Josva brende upp.
14 इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।
Og alt herfanget og bufeet Israels-sønerne tok i desse byarne, eigna dei til seg; men folki tynte dei med odd og egg, til dei hadde rudt deim ut; dei sparde ikkje eit einaste liv.
15 परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।
Det som Herren hadde sagt Moses, tenaren, sin fyre, det hadde Moses sagt med Josva, og etter det gjorde Josva; han gløymde ikkje noko av alt det Herren hadde sagt til Moses.
16 यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।
Soleis tok Josva heile dette landet, både fjellbygderne og heile Sudlandet og heile Gosenlandet og låglandet og moarne og fjellbygderne i Israel og flatlandet som ligg nedunder deim,
17 तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।
frå svadknausen som ris upp yver Se’ir, til Ba’al-Gad i Libanonsdalen, nedunder Hermonfjellet; og alle kongarne der fanga han, og slo deim i hel.
18 यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।
I lang tid låg Josva i strid med alle desse kongarne.
19 गिबोनमा बस्ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।
Det fanst ingen by som gav seg under Israels-sønerne med gode, utan hevitarne i Gibeon; alt hitt tok dei med magt.
20 किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्ट पार्नुभएको होस् ।
Herren laga det so at dei gjorde seg harde i hugen og møtte Israel i strid, av di han vilde at dei skulde bannstøytast og ingen nåde få, men øydast ut, soleis som han hadde sagt med Moses.
21 त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।
I den same tidi kom Josva og rudde ut anakitarne i fjellbygderne, i Hebron og Debir og Anab, og på heile Judafjellet og heile Israelsfjellet. Han bannstøytte både deim og byarne deira.
22 गाजा, गात र अश्दोदमा बस्ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् ।
Ingen anakit vart att i Israelslandet, berre dei som var i Gasa og Gat og Asdod, fekk liva.
23 त्यसैले परमप्रभुले मोशालाई भन्नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।
Josva lagde under seg heile landet, heiltupp soleis som Herren hadde sagt til Moses, og let israelitarne få det til odel og eiga etter sine folkegreiner og ætter, då landet var kome til ro etter ufreden.