< योना 3 >

1 परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,
Luego el Señor le habló a Jonás por segunda vez:
2 “उठ्‍, र त्यस ठुलो सहर निनवेमा जा र त्‍यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
“Ve de inmediato a la gran ciudad de Nínive, y anúnciales el mensaje que te doy”.
3 यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्‍यस बेला निनवे अत्यन्‍तै ठुलो सहर थियो । त्यहाँ पुग्‍न तिन दिनको यात्रा गर्नुपर्थ्‍यो ।
Y Jonás hizo lo que Dios le dijo. Y se dirigió a Nínive, una ciudad que era tan grande, que se necesitaban tres días para atravesarla de a pie.
4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
Jonás entró a la ciudad caminando por un día, y gritaba: “¡En cuarenta días Nínive será destruida!”
5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए ।
Y el pueblo de Nínive creyó en Dios. Anunciaron ayuno, y todos los habitantes, desde el más grande hasta el más pequeño, se vistieron de silicio.
6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे ।
Cuando las noticias llegaron al rey de Nínive, éste se levantó de su trono, se quitó la túnica, se vistió de silicio y se sentó en cenizas.
7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् ।
Entonces el rey y los nobles emitieron un mensaje a todo el pueblo de Nínive: “Ninguna persona, animal, rebaño de ovejas o bueyes comerá ni beberá nada.
8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् ।
Cada persona y animal deberá vestir de silicio. Todos deben orar con sinceridad a Dios, renunciar a su maldad, y abandonar la violencia.
9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।”
¿Quién sabrá si Dios cambia de parecer y se arrepiente? De pronto decida no destruirnos con su ira”.
10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
Y Dios vio lo que habían hecho, y que abandonaron sus malos caminos, y cambió de parecer, y no llevó a cabo la destrucción que había anunciado.

< योना 3 >