< योना 3 >

1 परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,
Ndipo Yehova anayankhula ndi Yona kachiwiri kuti,
2 “उठ्‍, र त्यस ठुलो सहर निनवेमा जा र त्‍यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
“Nyamuka, pita ku mzinda waukulu wa Ninive ndipo ukalalikire uthenga umene ndikupatsa.”
3 यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्‍यस बेला निनवे अत्यन्‍तै ठुलो सहर थियो । त्यहाँ पुग्‍न तिन दिनको यात्रा गर्नुपर्थ्‍यो ।
Yona anamvera mawu a Yehova ndipo anapita ku Ninive. Tsono Ninive unali mzinda waukulu kwambiri; wofunika masiku atatu kuwudutsa.
4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
Yona analowa mu mzindawo, nayenda ulendo wa tsiku limodzi. Iye ankalalikira kuti, “Atsala masiku makumi anayi kuti Ninive awonongedwe.”
5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए ।
Anthu a ku Ninive anakhulupirira Mulungu. Analengeza kuti aliyense, wamkulu ndi wamngʼono yemwe asale zakudya ndipo avale chiguduli.
6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे ।
Mfumu ya ku Ninive itamva nkhaniyi, inatsika pa mpando wake waufumu, nivula mkanjo wake waufumu ndipo inavala chiguduli ndi kukhala pansi pa fumbi.
7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् ।
Tsono mfumuyo inalengeza mu Ninive kuti, “Mwa lamulo lochokera kwa mfumu ndi akalonga ake: “Munthu aliyense kapenanso nyama, ngʼombe kapena nkhosa, zisadye kanthu kalikonse; musazilole kuti zidye kapena kumwa.
8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् ।
Koma anthu avale ziguduli, ndipo nyamanso aziveke ziguduli. Munthu aliyense azifuwula kwa Mulungu ndi mphamvu zake zonse. Anthuwo asiye makhalidwe awo oyipa ndi machitidwe achiwawa.
9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।”
Angadziwe ndani? Mwina Mulungu nʼkutikhululukira ndipo mwa chifundo chake nʼkuleka kutikwiyira, ifeyo osawonongedwa.”
10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
Mulungu ataona zimene anthuwo anachita, ndi mmene anasiyira makhalidwe awo oyipa, anawachitira chifundo ndipo sanabweretse chiwonongeko chimene anawaopseza nacho.

< योना 3 >