< योना 2 >
1 तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्वरसँग प्रार्थना गरे ।
Y oró Jonás desde el vientre del pez á Jehová su Dios,
2 तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो । (Sheol )
Y dijo: Clamé de mi tribulación á Jehová, y él me oyó; del vientre del sepulcro clamé, y mi voz oiste. (Sheol )
3 तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्तस्करणमा नै फाल्नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।
Echásteme en el profundo, en medio de los mares, y rodeóme la corriente; todas tus ondas y tus olas pasaron sobre mí.
4 मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
Y yo dije: Echado soy de delante de tus ojos: mas aun veré tu santo templo.
5 पानीले मेरा घाँटीसम्म नै भर्यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
Las aguas me rodearon hasta el alma, rodeóme el abismo; la ova se enredó á mi cabeza.
6 पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो ।
Descendí á las raíces de los montes; la tierra [echó] sus cerraduras sobre mí para siempre: mas tú sacaste mi vida de la sepultura, oh Jehová Dios mío.
7 जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
Cuando mi alma desfallecía en mí, acordéme de Jehová; y mi oración entró hasta ti en tu santo templo.
8 तिनीहरूले प्रेमपुर्ण विश्वस्ततालाई प्रेम गर्न छोड्दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए ।
Los que guardan las vanidades ilusorias, su misericordia abandonan.
9 तर मेरो बारेमा, उच्च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्ति परमप्रभुबाट नै आउँछ!”
Yo empero con voz de alabanza te sacrificaré; pagaré lo que prometí. La salvación [pertenece] á Jehová.
10 त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो ।
Y mandó Jehová al pez, y vomitó á Jonás en tierra.