< यूहन्‍ना 9 >

1 येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।
Ao passar por ele, ele viu um homem cego de nascença.
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्‍यो र यो अन्धो जन्मिएको?”
Seus discípulos lhe perguntaram: “Rabino, quem pecou, este homem ou seus pais, que ele nasceu cego...”.
3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्‍वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
Jesus respondeu: “Este homem não pecou, nem seus pais, mas para que as obras de Deus pudessem ser reveladas nele.
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
Devo trabalhar as obras d'Aquele que me enviou enquanto é dia”. A noite está chegando, quando ninguém pode trabalhar.
5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
Enquanto eu estiver no mundo, eu sou a luz do mundo”.
6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
Quando ele disse isto, cuspiu no chão, fez lama com a saliva, untou os olhos do cego com a lama,
7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्‍ने भएर आयो ।
e disse-lhe: “Vai, lava-te na piscina de Siloé” (que significa “Enviado”). Então ele foi embora, lavou-se, e voltou a ver.
8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन?”
Então os vizinhos e aqueles que viram que ele estava cego antes disseram: “Não é este aquele que se sentou e implorou?
9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
Outros diziam: “É ele”. Outros ainda diziam: “Ele é parecido com ele”. Ele disse: “Eu sou ele”.
10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
Por isso lhe perguntavam: “Como seus olhos foram abertos”?
11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ ।”
Ele respondeu: “Um homem chamado Jesus fez lama, ungiu meus olhos e me disse: 'Vá para a piscina de Siloé e lave-se'. Então fui embora e me lavei, e recebi a visão”.
12 तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्?” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
Então lhe perguntaram: “Onde ele está?” Ele disse: “Eu não sei”.
13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
Eles trouxeram aquele que tinha sido cego para os fariseus.
14 येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
Era um sábado quando Jesus fez a lama e lhe abriu os olhos.
15 तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
Mais uma vez, portanto, os fariseus também lhe perguntaram como ele tinha recebido sua visão. Ele lhes disse: “Ele colocou lama em meus olhos, eu lavei, e vejo”.
16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
Alguns, portanto, dos fariseus disseram: “Este homem não é de Deus, porque ele não guarda o sábado”. Outros disseram: “Como pode um homem que é pecador fazer tais sinais?” Então houve uma divisão entre eles.
17 त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
Por isso perguntaram novamente ao cego: “O que você diz sobre ele, porque ele abriu seus olhos”? Ele disse: “Ele é um profeta”.
18 यहूदीहरूले आफ्नो दृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने तिनीहरूले अझै विश्‍वास गरेनन् ।
Os judeus, portanto, não acreditavam que ele tinha sido cego e tinha recebido sua visão, até que chamaram os pais daquele que tinha recebido sua visão,
19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?”
e lhes perguntaram: “Este é seu filho, que você diz ter nascido cego? Como então ele vê agora”?
20 त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ ।
Seus pais responderam: “Sabemos que este é nosso filho, e que ele nasceu cego;
21 अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ ।
mas como ele vê agora, não sabemos; ou quem lhe abriu os olhos, não sabemos”. Ele é maior de idade. Pergunte a ele. Ele falará por si mesmo”.
22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
Seus pais disseram estas coisas porque temiam os judeus; pois os judeus já haviam concordado que se algum homem o confessasse como Cristo, ele seria expulso da sinagoga.
23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
Portanto, seus pais disseram: “Ele é maior de idade”. Pergunte-lhe”.
24 त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
Então eles chamaram o homem que estava cego uma segunda vez, e lhe disseram: “Dê glória a Deus”. Sabemos que este homem é um pecador”.
25 तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
Portanto, ele respondeu: “Eu não sei se ele é pecador. Uma coisa eu sei: que embora eu fosse cego, agora eu vejo”.
26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदिए?”
Eles disseram a ele novamente: “O que ele fez com você? Como ele abriu seus olhos”?
27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?
Ele lhes respondeu: “Eu já lhe disse, e você não me escutou. Por que você quer ouvi-lo novamente? Você não quer se tornar discípulo dele também, não é mesmo?”
28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ ।
Eles o insultaram e disseram: “Você é seu discípulo, mas nós somos discípulos de Moisés”.
29 हामी जान्दछौँ, कि परमेश्‍वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।”
Sabemos que Deus falou a Moisés. Mas quanto a este homem, não sabemos de onde ele vem”.
30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, यो त अचम्म भो!
O homem respondeu-lhes: “Que maravilha! Você não sabe de onde ele vem, mas ele me abriu os olhos.
31 हामी जान्दछौँ, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कोही भक्‍त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।
Sabemos que Deus não escuta os pecadores, mas se alguém é adorador de Deus e faz sua vontade, ele o escuta.
32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । (aiōn g165)
Desde o início do mundo nunca se ouviu falar que alguém tenha aberto os olhos de alguém que nasceu cego. (aiōn g165)
33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।”
Se este homem não fosse de Deus, ele não poderia fazer nada”.
34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
Responderam-lhe: “Você nasceu em pecado e nos ensina”? Então eles o expulsaram.
35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”
Jesus ouviu dizer que o haviam expulsado e, ao encontrá-lo, disse: “Você acredita no Filho de Deus”?
36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकौँ?”
Ele respondeu: “Quem é ele, Senhor, para que eu possa acreditar nele?”.
37 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
Jesus lhe disse: “Ambos o viram, e é ele quem fala com você”.
38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।
Ele disse: “Senhor, eu acredito!” e ele o adorava.
39 येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन्, तिनीहरू अन्धो होऊन् ।”
Jesus disse: “Eu vim a este mundo para julgar, para que aqueles que não vêem possam ver; e para que aqueles que vêem possam ficar cegos”.
40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?”
Os fariseus que estavam com ele ouviram estas coisas e lhe disseram: “Também nós somos cegos”?
41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
Jesus disse a eles: “Se você fosse cego, não teria pecado; mas agora você diz: 'Nós vemos'. Portanto, seu pecado permanece.

< यूहन्‍ना 9 >