< यूहन्ना 9 >
1 येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्नुभयो ।
And as he passed by, he saw a man blind from birth.
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्यो र यो अन्धो जन्मिएको?”
And his disciples asked him, "Rabbi, who sinned, this man or his parents, that he was born blind?"
3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
Jesus answered, "Neither did this man sin, nor his parents; but, that the works of God might be revealed in him.
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन ।
We must work the works of him who sent me, while it is day. The night is coming, when no one can work.
5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
While I am in the world, I am the light of the world."
6 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
When he had said this, he spat on the ground, made mud with the saliva, anointed the blind man's eyes with the mud,
7 उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्ने भएर आयो ।
and said to him, "Go, wash in the pool of Siloam" (which means "Sent"). So he went away, washed, and came back seeing.
8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?”
The neighbors therefore, and those who saw that he was a beggar before, said, "Is this not the one who used to sit and beg?"
9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
Some said, "It is he." Others said, "He looks like him." He said, "I am he."
10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
They therefore were asking him, "How were your eyes opened?"
11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्टि पाएँ ।”
He answered, "A man called Jesus made mud, anointed my eyes, and said to me, 'Go to Siloam, and wash.' So I went away and washed, and I received sight."
12 तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्?” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
Then they asked him, "Where is he?" He said, "I do not know."
13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
They brought him who had been blind to the Pharisees.
14 येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
Now it was a Sabbath on the day when Jesus made the mud and opened his eyes.
15 तब त्यसले त्यसका दृष्टि कसरी प्राप्त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्न सक्छु ।”
Again therefore the Pharisees also asked him how he received his sight. He said to them, "He put mud on my eyes, I washed, and I see."
16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्नहरू कसरी गर्न सक्छ?” त्यसैले, तिनीहरूका बिचमा विभाजन आयो ।
Some therefore of the Pharisees said, "This man is not from God, because he does not keep the Sabbath." Others said, "How can a man who is a sinner do such signs?" There was division among them.
17 त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ ।”
Therefore they asked the blind man again, "What do you say about him, because he opened your eyes?" He said, "He is a prophet."
18 यहूदीहरूले आफ्नो दृष्टि प्राप्त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्टि प्राप्त गरेको थियो भन्ने तिनीहरूले अझै विश्वास गरेनन् ।
The Jewish leaders therefore did not believe concerning him, that he had been blind, and had received his sight, until they called the parents of him who had received his sight,
19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्छ त?”
and asked them, "Is this your son, who you say was born blind? How then does he now see?"
20 त्यसैले, त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ ।
His parents answered them, "We know that this is our son, and that he was born blind;
21 अहिले यसले कसरी देख्छ, हामी जान्दैनौँ, र यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ । यसैलाई सोध्नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ ।
but how he now sees, we do not know; or who opened his eyes, we do not know. He is of age. Ask him. He will speak for himself."
22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । यदि कसैले येशूलाई ख्रीष्ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
His parents said these things because they feared the Jewish leaders; for the Jewish leaders had already agreed that if anyone would confess him as the Messiah, he would be put out of the synagogue.
23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्नुहोस्” भने ।
Therefore his parents said, "He is of age. Ask him."
24 त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
So they called the man who was blind a second time, and said to him, "Give glory to God. We know that this man is a sinner."
25 तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्छु ।”
He therefore answered, "I do not know if he is a sinner. One thing I do know: that though I was blind, now I see."
26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्यो? उसले तिम्रा आँखा कसरी खोलिदिए?”
They said to him, "What did he do to you? How did he open your eyes?"
27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्न चाहनुहुन्न, चाहनुहुन्छ त?
He answered them, "I told you already, and you did not listen. Why do you want to hear it again? You do not also want to become his disciples, do you?"
28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौँ ।
They insulted him and said, "You are his disciple, but we are disciples of Moses.
29 हामी जान्दछौँ, कि परमेश्वर मोशासँग बोल्नुभयो, तर यो मानिस कहाँबाट आएको हो, हामी जान्दैनौँ ।”
We know that God has spoken to Moses. But as for this man, we do not know where he comes from."
30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्नुहुन्न, यो त अचम्म भो!
The man answered them, "How amazing. You do not know where he comes from, yet he opened my eyes.
31 हामी जान्दछौँ, कि परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न, तर यदि कोही भक्त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्नुहुन्छ ।
We know that God does not listen to sinners, but if anyone is a worshipper of God, and does his will, he listens to him.
32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन । (aiōn )
Since the world began it has never been heard of that anyone opened the eyes of someone born blind. (aiōn )
33 यदि यो मानिस परमेश्वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्नुहुन्नथ्यो ।”
If this man were not from God, he could do nothing."
34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
They answered him, "You were altogether born in sins, and do you teach us?" They threw him out.
35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ?”
Jesus heard that they had thrown him out, and finding him, he said, "Do you believe in the Son of Man?"
36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्वास गर्न सकौँ?”
He answered, "Who is he, Lord, that I may believe in him?"
37 येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
Jesus said to him, "You have both seen him, and it is he who speaks with you."
38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्वास गर्छु” तब त्यसले उहाँको आराधना गर्यो ।
He said, "Lord, I believe." and he worshiped him.
39 येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।”
Jesus said, "I came into this world for judgment, that those who do not see may see; and that those who see may become blind."
40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?”
Those of the Pharisees who were with him heard these things, and said to him, "Are we also blind?"
41 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
Jesus said to them, "If you were blind, you would have no sin; but since you say, 'We see,' your sin remains.