< यूहन्‍ना 8 >

1 [नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
Ісус же пійшов на гору Оливну.
2 बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
Вранці ж ізнов прийшов у церкву, і всї люде приходили до Него; й сівши навчав їх.
3 शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
Приводять же письменники та Фарисеї до Него жінку, схоплену в перелюбі, і, поставивши її посередині,
4 [नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
кажуть Йому: Учителю, сю жінку схоплено в перелюбі, на самому вчинку.
5 व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ?”
В законі ж Мойсей нам звелів таких каменувати; Ти ж що кажеш?
6 तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
Се ж казали, спокушуючи Його, щоб мали чим винувата Його. Ісус же, схилившись до долу, писав пальцем по землі'.
7 [नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।”
Як же не переставали питати Його, піднявшись рече до них: Хто з вас без гріха, нехай первий кине камінь на неї.
8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।
І, знов, схилившись до долу, писав по землї.
9 [नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
Вони ж, почувши й докорені совістю, вийшли один за одним, почавши від старших та аж до останніх; і воетавсь один Ісус та жінка, стоячи посередині.
10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्‍ड दिएन?”
Піднявши ся ж Ісус і нікого не бачивши, тільки жінку, рече їй: Жінко, де ж ті винувателї твої? ніхто тебе не осудив?
11 त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
Вона ж каже: Нїхто, Господи. Рече ж їй Ісус: І я тебе не суджу: йди, і більш не гріши.
12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
Знов же промовляв їм Ісус, глаголючи: Я сьвітло сьвіту. Хто йде слїдом за мною, не ходити ме в темряві, а мати ме сьвітло життя.
13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
Казали тодї Йому Фарисеї: Ти про себе сьвідкуєш; сьвідченнє Твоє неправдиве.
14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
Озвавсь Ісус і рече їм: Хоч я сьвідкую про себе, правдиве сьвідченнє моє; бо я знаю, звідкіля я прийшов, і куди йду.
15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
Ви по тілу судите; я не суджу нікого.
16 तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
Коли я суджу, суд мій правдивий; бо я не один, а я й пославший мене Отець.
17 हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
І в законі ж вашому написано, що двох людей сьвідченнє правдиве.
18 मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
Я сьвідкую про себе, й сьвідкує про мене пославший мене Отець.
19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
Казали тодї Йому: Де Отець Твій? Відказав Ісус: Нї мене не знаєте, ні Отця мого. Коли б мене знали, й Отця мого знали б.
20 उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
Такі слова промовив Ісус у скарбницї, навчаючи в церкві; і ніхто не хапав Його; бо ще не прийшла година Його.
21 त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
Рече їм тодї знов Ісус: Я йду, й шукати мете мене, і в гріхах ваших повмираєте. Куди ж я йду, ви не можете йти.
22 यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”
Сказали тодї Жиди: Чи не вбє Він себе, що каже: Куди я йду, ви не можете йти?
23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
І рече їм: Ви од нижнього, я од вишнього; ви од сьвіту сього, я не од сьвіту сього.
24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
Тим я сказав вам, що повмираєте в гріхах ваших: коли бо не увіруєте, що се я, повмираєте в гріхах ваших.
25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।
Казали тодї Йому: Хто Ти єси? І рече їм Ісус: Той, що з почину, як і глалолю вам.
26 मैले तिमीहरूबारे भन्‍नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
Багато маю про вас глаголати й судити; тільки ж Пославший мене правдивий; і я, що чув від Него, се глаголю в сьвітї.
27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
Не розуміли, що про Отця їм глаголе.
28 येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
Рече ж їм Ісус: Як знесете вгору Сина чоловічого, тодї зрозумієте, що се я, і що від себе не роблю нїчого; тільки, як навчив мене Отець мій, таке глаголю.
29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु ।”
І Пославший мене - зо мною; не зоставив мене одного Отець; бо я роблю всякого часу, що подобаєть ся Йому.
30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।
Як се Він промовляв, многі увірували в Него.
31 येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
Рече тодї Ісус до Жидів, що увірували Йому: Коли пробувати мете у слові моєму, справді ви ученики мої будете,
32 र तिमीहरूले सत्य जन्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।”
і зрозумієте правду, й правда визволить вас.
33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ ।”
Відказали Йому: Ми насїннє Авраамове, й нї в кого не були в неволї ніколи. Як же Ти говориш, що вільнї будете?
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
Відказав їм Ісус: Істино, істино глаголю вам: Що всякий, хто робить гріх, невільник гріха.
35 दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ । (aiōn g165)
Невільник же не пробував в дому до віку, Син пробував до віку. (aiōn g165)
36 यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।
Коли ж Син визволить вас, справді вільними будете.
37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
Знаю, що ви насїннє Авраамове; та шукаєте вбити мене, бо слово моє не містить ся в вас.
38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
Я, що видїв ув Отця мого, глаголю; а ви, що видїли в отця вашого, робите.
39 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
Озвались вони й казали Йому: Отець наш Авраам. Рече їм Ісус: Коли б ви дїти Авраамові були, дїла Авраамові робили б.
40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
Тепер же шукаєте вбити мене, чоловіка, що вам правду глаголав, котру чув я від Бога. Сього Авраам не робив.
41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।”
Ви робите дїла отця вашого. Казали тодї Йому: Ми не з перелюбу родились: одного Отця маємо, Бога.
42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
Рече ж їм Ісус: Коли б Бог отець ваш був, любили б ви мене; бо я від Бога вийшов і приходжу, бо не від себе прийшов я, а Він мене післав.
43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
Чом бесїди моєї не розумієте? Бо не можете слухати слова мого.
44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
Ви від отця диявола, й хотїння отця вашого диявола хочете робити. Той був душогубцем з почину; й в правдї не встояв; бо нема правди в йому. Коли говорить брехню, із свого говорить; бо він брехун і отець її.
45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
А що я правду глаголю, не віруєте менї.
46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?
Хто з вас докорить менї за гріх? Коли ж правду глаголю, чому ви не віруєте менї?
47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
Хто від Бога, слова Божі слухає. Тому ви не слухаєте, що ви не від Бога.
48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
Озвались тодї Жиди, й казали Йому: Чи недобре ми кажемо, що Самарянин єси Ти, і біса маєш?
49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
Відказав Ісус: Я біса не маю, а шаную Отця мого; ви ж не шануєте мене.
50 म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
Я ж не шукаю моєї слави; єсть, хто шукає й судить.
51 म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।” (aiōn g165)
Істино, істино глаголю вам: Коли хто слово моє хоронити ме, смерти не побачить по вік. (aiōn g165)
52 यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’ (aiōn g165)
Сказали тодї Йому Жиди: Тепер ми знаємо, що Ти біса маєш. Авраам умер і пророки, а Ти кажеш: Коли хто слово моє хоронити ме, не вкусить смерти по вік. (aiōn g165)
53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ?”
Хиба Ти більший єси, нїж отець наш Авраам, що вмер? І пророки повмирали. Ким Ти себе робиш?
54 येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ ।
Відказав Ісус: Коди я прославляю себе, слава моя нїщо. Єсть Отець мій, що прославляє мене, про котрого ви кажете, що Він Бог ваш.
55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
не пізнали Його; я ж знаю Його. А коли я скажу, що не знаю Його, буду подобний вам ложник. Нї, знаю Його, й слово Його хороню.
56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
Авраам, отець ваш, рад був видїти день мій; та він увидїв, і зрадїв.
57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ?”
Казали тодї Жиди до Него: Не маєш пятидесяти років ще, і Авраама видїв єси?
58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
Рече їм Ісус: Істино, істино глаголю вам: Перш нїж Авраамові бути, я був.
59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
Брали тодї каміннє, щоб кидати на Него; Ісус же сховав ся, і вийшов з церкви, пройшовши посеред них, і дійшов так мимо.

< यूहन्‍ना 8 >