< यूहन्ना 8 >
1 [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
A Isus se uputi na Maslinsku goru.
2 बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
U zoru eto ga opet u Hramu. Sav je narod hrlio k njemu. On sjede i stade poučavati.
3 शास्त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
Uto mu pismoznanci i farizeji dovedu neku ženu zatečenu u preljubu. Postave je u sredinu
4 [नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
i kažu mu: “Učitelju! Ova je žena zatečena u samom preljubu.
5 व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्नुहुन्छ?”
U Zakonu nam je Mojsije naredio takve kamenovati. Što ti na to kažeš?”
6 तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
To govorahu samo da ga iskušaju pa da ga mogu optužiti. Isus se sagne pa stane prstom pisati po tlu.
7 [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
A kako su oni dalje navaljivali, on se uspravi i reče im: “Tko je od vas bez grijeha, neka prvi na nju baci kamen.”
8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
I ponovno se sagnuvši, nastavi pisati po zemlji.
9 [नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
A kad oni to čuše, stadoše odlaziti jedan za drugim, počevši od starijih. Osta Isus sam - i žena koja stajaše u sredini.
10 येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
Isus se uspravi i reče joj: “Ženo, gdje su oni? Zar te nitko ne osudi?”
11 त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
Ona reče: “Nitko, Gospodine.” Reče joj Isus: “Ni ja te ne osuđujem. Idi i odsada više nemoj griješiti.”
12 फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
Isus im zatim ponovno progovori: “Ja sam svjetlost svijeta; tko ide za mnom, neće hoditi u tami, nego će imati svjetlost života.”
13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
Farizeji mu nato rekoše: “Ti svjedočiš sam za sebe: svjedočanstvo tvoje nije istinito!”
14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
Odgovori im Isus: “Ako ja i svjedočim sam za sebe, svjedočanstvo je moje istinito jer znam odakle dođoh i kamo idem. A vi ne znate ni odakle dolazim ni kamo idem.
15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
Vi sudite po tijelu; ja ne sudim nikoga;
16 तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
no ako i sudim, sud je moj istinit jer nisam sam, nego - ja i onaj koji me posla, Otac.
17 हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
Ta i u vašem zakonu piše da je svjedočanstvo dvojice istinito.
18 मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
Ja svjedočim za sebe, a svjedoči za mene i onaj koji me posla, Otac.”
19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
Nato ga upitaju: “Gdje je tvoj Otac?” Odgovori Isus: “Niti mene poznajete niti Oca mojega. Kad biste poznavali mene, i Oca biste moga poznavali.”
20 उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
Te riječi rekao je Isus u riznici dok je naučavao u Hramu. I nitko ga ne uhvati jer još ne bijaše došao njegov čas.
21 त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
Reče im ponovno Isus: “Ja odlazim, a vi ćete me tražiti i u svojem ćete grijehu umrijeti. Kamo ja odlazim, vi ne možete doći.”
22 यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”
Židovi se nato stanu pitati: “Da se možda ne kani ubiti kad govori: 'Kamo ja odlazim, vi ne možete doći'?”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
A Isus nastavi: “Vi ste odozdol, ja sam odozgor. Vi ste od ovoga svijeta, a ja nisam od ovoga svijeta.
24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
Stoga vam i rekoh: 'Umrijet ćete u grijesima svojim.' Uistinu, ako ne povjerujete da Ja jesam, umrijet ćete u grijesima svojim.”
25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।
Nato mu oni rekoše: “A tko si ti?” Odvrati Isus:
26 मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
“Ta što da vam s početka opet zborim? Mnogo toga imam o vama zboriti i suditi; no onaj koji me posla istinit je, i što sam čuo od njega, to ja zborim svijetu.”
27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
Ne shvatiše da im govori o Ocu.
28 येशूले भन्नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्ने तिमीहरूले जान्नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
Isus im nato reče: “Kad uzdignete Sina Čovječjega, tada ćete upoznati da Ja jesam i da sam od sebe ne činim ništa, nego da onako zborim kako me naučio Otac.
29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु ।”
Onaj koji me posla sa mnom je i ne ostavi me sama jer ja uvijek činim što je njemu milo.”
30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्वास गरे ।
Na te njegove riječi mnogi povjerovaše u njega.
31 येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;
Tada Isus progovori Židovima koji mu povjerovaše: “Ako ostanete u mojoj riječi, uistinu, moji ste učenici;
32 र तिमीहरूले सत्य जन्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ ।”
upoznat ćete istinu i istina će vas osloboditi.”
33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्न सक्छौ ।”
Odgovore mu: “Potomstvo smo Abrahamovo i nikome nikada nismo robovali. Kako to ti govoriš: 'Postat ćete slobodni?'”
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
Odgovori im Isus: “Zaista, zaista, kažem vam: tko god čini grijeh, rob je grijeha.
35 दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ । (aiōn )
Rob ne ostaje u kući zauvijek, a sin ostaje zauvijek. (aiōn )
36 यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्यो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ ।
Ako vas dakle Sin oslobodi, zbilja ćete biti slobodni.
37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
Znam: potomstvo ste Abrahamovo, a ipak tražite da me ubijete jer moja riječ nema mjesta u vama.
38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
Ja govorim što vidjeh kod Oca, a vi činite što čuste od svog oca.”
39 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
Odgovoriše mu: “Naš je otac Abraham”. Kaže im Isus: “Da ste djeca Abrahamova, djela biste Abrahamova činili.
40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
A eto, tražite da ubijete mene, mene koji sam vam govorio istinu što sam je od Boga čuo. Takvo što Abraham nije učinio!
41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्वर हुनुहुन्छ ।”
Vi činite djela oca svojega.” Rekoše mu: “Mi se nismo rodili iz preljuba, jedan nam je Otac - Bog.”
42 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि परमेश्वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
Reče im Isus: “Kad bi Bog bio vaš Otac, ljubili biste mene jer sam ja od Boga izišao i došao; nisam sam od sebe došao, nego on me posla.
43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ ।
Zašto moje besjede ne razumijete? Zato što niste kadri slušati moju riječ.
44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
Vama je otac đavao i hoće vam se vršiti prohtjeve oca svoga. On bijaše čovjekoubojica od početka i ne stajaše u istini jer nema istine u njemu: kad govori laž, od svojega govori jer je lažac i otac laži.
45 म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ ।
A meni, jer istinu govorim, meni ne vjerujete.
46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ?
Tko će mi od vas dokazati grijeh? Ako istinu govorim, zašto mi ne vjerujete?
47 जो परमेश्वरको हो त्यसले परमेश्वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ ।”
Tko je od Boga, riječi Božje sluša; vi zato ne slušate jer niste od Boga.”
48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
Odgovoriše mu Židovi: “Ne kažemo li pravo da si ti Samarijanac i da imaš zloduha?”
49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
Odgovori Isus: “Ja nemam zloduha, nego častim svoga Oca, a vi me obeščašćujete.
50 म आफ्नो महिमा खोज्दिनँ; खोज्ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
No ja ne tražim svoje slave; ima tko traži i sudi.
51 म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।” (aiōn )
Zaista, zaista, kažem vam: ako tko očuva moju riječ, neće vidjeti smrti dovijeka.” (aiōn )
52 यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन ।’ (aiōn )
Rekoše mu Židovi: “Sada vidimo da imaš zloduha. Abraham umrije, tako i proroci, a ti kažeš: 'Ako tko čuva moju riječ, neće okusiti smrti dovijeka.' (aiōn )
53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ?”
Zar si ti veći od oca našega Abrahama, koji je umro? Pa i proroci pomriješe. Kime se to praviš?”
54 येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्वर भन्दछौ ।
Odgovori Isus: “Ako ja sam sebe slavim, slava moja nije ništa. Ima koji me slavi - Otac moj, a vi velite da je on vaš Bog,
55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
no ne poznajete ga, a ja ga znam. Ako vam reknem da ga ne znam, bit ću lažac jednak vama. No znam ga i riječ njegovu čuvam.
56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
Abraham, otac vaš, usklikta što će vidjeti moj Dan. I vidje i obradova se.”
57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ?”
Rekoše mu nato Židovi: “Ni pedeset ti još godina nije, a vidio si Abrahama?”
58 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
Reče im Isus: “Zaista, zaista, kažem vam: prije negoli Abraham posta, Ja jesam!”
59 तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
Nato pograbiše kamenje da bace na nj. No Isus se sakri te iziđe iz Hrama.