< यूहन्ना 7 >
1 अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
tataḥ paraṁ yihūdīyalōkāstaṁ hantuṁ samaihanta tasmād yīśu ryihūdāpradēśē paryyaṭituṁ nēcchan gālīl pradēśē paryyaṭituṁ prārabhata|
2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
kintu tasmin samayē yihūdīyānāṁ dūṣyavāsanāmōtsava upasthitē
3 यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्न सकून् ।
tasya bhrātarastam avadan yāni karmmāṇi tvayā kriyantē tāni yathā tava śiṣyāḥ paśyanti tadarthaṁ tvamitaḥ sthānād yihūdīyadēśaṁ vraja|
4 यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”
yaḥ kaścit svayaṁ pracikāśiṣati sa kadāpi guptaṁ karmma na karōti yadīdr̥śaṁ karmma karōṣi tarhi jagati nijaṁ paricāyaya|
5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैनथे ।
yatastasya bhrātarōpi taṁ na viśvasanti|
6 त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।
tadā yīśustān avōcat mama samaya idānīṁ nōpatiṣṭhati kintu yuṣmākaṁ samayaḥ satatam upatiṣṭhati|
7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
jagatō lōkā yuṣmān r̥tīyituṁ na śakruvanti kintu māmēva r̥tīyantē yatastēṣāṁ karmāṇi duṣṭāni tatra sākṣyamidam ahaṁ dadāmi|
8 तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
ataēva yūyam utsavē'smin yāta nāham idānīm asminnutsavē yāmi yatō mama samaya idānīṁ na sampūrṇaḥ|
9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै बस्नुभयो ।
iti vākyam ukttvā sa gālīli sthitavān
10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
kintu tasya bhrātr̥ṣu tatra prasthitēṣu satsu sō'prakaṭa utsavam agacchat|
11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
anantaram utsavam upasthitā yihūdīyāstaṁ mr̥gayitvāpr̥cchan sa kutra?
12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
tatō lōkānāṁ madhyē tasmin nānāvidhā vivādā bhavitum ārabdhavantaḥ| kēcid avōcan sa uttamaḥ puruṣaḥ kēcid avōcan na tathā varaṁ lōkānāṁ bhramaṁ janayati|
13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
kintu yihūdīyānāṁ bhayāt kōpi tasya pakṣē spaṣṭaṁ nākathayat|
14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
tataḥ param utsavasya madhyasamayē yīśu rmandiraṁ gatvā samupadiśati sma|
15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
tatō yihūdīyā lōkā āścaryyaṁ jñātvākathayan ēṣā mānuṣō nādhītyā katham ētādr̥śō vidvānabhūt?
16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
tadā yīśuḥ pratyavōcad upadēśōyaṁ na mama kintu yō māṁ prēṣitavān tasya|
17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्नेछ ।
yō janō nidēśaṁ tasya grahīṣyati mamōpadēśō mattō bhavati kim īśvarād bhavati sa ganastajjñātuṁ śakṣyati|
18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्यक्ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
yō janaḥ svataḥ kathayati sa svīyaṁ gauravam īhatē kintu yaḥ prērayitu rgauravam īhatē sa satyavādī tasmin kōpyadharmmō nāsti|
19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
mūsā yuṣmabhyaṁ vyavasthāgranthaṁ kiṁ nādadāt? kintu yuṣmākaṁ kōpi tāṁ vyavasthāṁ na samācarati| māṁ hantuṁ kutō yatadhvē?
20 भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”
tadā lōkā avadan tvaṁ bhūtagrastastvāṁ hantuṁ kō yatatē?
21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
tatō yīśuravōcad ēkaṁ karmma mayākāri tasmād yūyaṁ sarvva mahāścaryyaṁ manyadhvē|
22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
mūsā yuṣmabhyaṁ tvakchēdavidhiṁ pradadau sa mūsātō na jātaḥ kintu pitr̥puruṣēbhyō jātaḥ tēna viśrāmavārē'pi mānuṣāṇāṁ tvakchēdaṁ kurutha|
23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
ataēva viśrāmavārē manuṣyāṇāṁ tvakchēdē kr̥tē yadi mūsāvyavasthāmaṅganaṁ na bhavati tarhi mayā viśrāmavārē mānuṣaḥ sampūrṇarūpēṇa svasthō'kāri tatkāraṇād yūyaṁ kiṁ mahyaṁ kupyatha?
24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
sapakṣapātaṁ vicāramakr̥tvā nyāyyaṁ vicāraṁ kuruta|
25 यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?
tadā yirūśālam nivāsinaḥ katipayajanā akathayan imē yaṁ hantuṁ cēṣṭantē sa ēvāyaṁ kiṁ na?
26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्ट हुन् भन्ने जान्न सक्दैनन्, जान्न सक्छन् त?
kintu paśyata nirbhayaḥ san kathāṁ kathayati tathāpi kimapi a vadantyētē ayamēvābhiṣikttō bhavatīti niścitaṁ kimadhipatayō jānanti?
27 तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्नेछैन ।”
manujōyaṁ kasmādāgamad iti vayaṁ jānōmaḥ kintvabhiṣiktta āgatē sa kasmādāgatavān iti kōpi jñātuṁ na śakṣyati|
28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
tadā yīśu rmadhyēmandiram upadiśan uccaiḥkāram ukttavān yūyaṁ kiṁ māṁ jānītha? kasmāccāgatōsmi tadapi kiṁ jānītha? nāhaṁ svata āgatōsmi kintu yaḥ satyavādī saēva māṁ prēṣitavān yūyaṁ taṁ na jānītha|
29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
tamahaṁ jānē tēnāhaṁ prērita agatōsmi|
30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
tasmād yihūdīyāstaṁ dharttum udyatāstathāpi kōpi tasya gātrē hastaṁ nārpayad yatō hētōstadā tasya samayō nōpatiṣṭhati|
31 तर भिडका धेरैले उहाँमाथि विश्वास गरे, र तिनीहरूले भने, “के ख्रीष्ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्नहरू गर्नुहुनेछ र?”
kintu bahavō lōkāstasmin viśvasya kathitavāntō'bhiṣikttapuruṣa āgatya mānuṣasyāsya kriyābhyaḥ kim adhikā āścaryyāḥ kriyāḥ kariṣyati?
32 भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
tataḥ paraṁ lōkāstasmin itthaṁ vivadantē phirūśinaḥ pradhānayājakāñcēti śrutavantastaṁ dhr̥tvā nētuṁ padātigaṇaṁ prēṣayāmāsuḥ|
33 त्यसपछि येशूले भन्नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
tatō yīśuravadad aham alpadināni yuṣmābhiḥ sārddhaṁ sthitvā matprērayituḥ samīpaṁ yāsyāmi|
34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ ।”
māṁ mr̥gayiṣyadhvē kintūddēśaṁ na lapsyadhvē ratra sthāsyāmi tatra yūyaṁ gantuṁ na śakṣyatha|
35 त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ? के यिनी ग्रिकहरूका बिचमा छरपष्ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन्?”
tadā yihūdīyāḥ parasparaṁ vakttumārēbhirē asyōddēśaṁ na prāpsyāma ētādr̥śaṁ kiṁ sthānaṁ yāsyati? bhinnadēśē vikīrṇānāṁ yihūdīyānāṁ sannidhim ēṣa gatvā tān upadēkṣyati kiṁ?
36 यिनले ‘तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ’ भनेको वचन के हो?”
nō cēt māṁ gavēṣayiṣyatha kintūddēśaṁ na prāpsyatha ēṣa kōdr̥śaṁ vākyamidaṁ vadati?
37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
anantaram utsavasya caramē'hani arthāt pradhānadinē yīśuruttiṣṭhan uccaiḥkāram āhvayan uditavān yadi kaścit tr̥ṣārttō bhavati tarhi mamāntikam āgatya pivatu|
38 धर्मशास्त्रले भनेझैँ जसले मलाई विश्वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्नेछन् ।”
yaḥ kaścinmayi viśvasiti dharmmagranthasya vacanānusārēṇa tasyābhyantaratō'mr̥tatōyasya srōtāṁsi nirgamiṣyanti|
39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्नुभएको थियो जसलाई उहाँमा विश्वास गर्नेहरूले प्राप्त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
yē tasmin viśvasanti ta ātmānaṁ prāpsyantītyarthē sa idaṁ vākyaṁ vyāhr̥tavān ētatkālaṁ yāvad yīśu rvibhavaṁ na prāptastasmāt pavitra ātmā nādīyata|
40 जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्चै अगमवक्ता नै हुन् ।”
ētāṁ vāṇīṁ śrutvā bahavō lōkā avadan ayamēva niścitaṁ sa bhaviṣyadvādī|
41 अरूहरूले भने, “यिनी ख्रीष्ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् त?
kēcid akathayan ēṣaēva sōbhiṣikttaḥ kintu kēcid avadan sōbhiṣikttaḥ kiṁ gālīl pradēśē janiṣyatē?
42 के धर्मशास्त्रले ख्रीष्ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र?”
sōbhiṣikttō dāyūdō vaṁśē dāyūdō janmasthānē baitlēhami pattanē janiṣyatē dharmmagranthē kimitthaṁ likhitaṁ nāsti?
43 यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो ।
itthaṁ tasmin lōkānāṁ bhinnavākyatā jātā|
44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
katipayalōkāstaṁ dharttum aicchan tathāpi tadvapuṣi kōpi hastaṁ nārpayat|
45 त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
anantaraṁ pādātigaṇē pradhānayājakānāṁ phirūśināñca samīpamāgatavati tē tān apr̥cchan kutō hētōstaṁ nānayata?
46 अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”
tadā padātayaḥ pratyavadan sa mānava iva kōpi kadāpi nōpādiśat|
47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?
tataḥ phirūśinaḥ prāvōcan yūyamapi kimabhrāmiṣṭa?
48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्वास गरेका छन्?
adhipatīnāṁ phirūśināñca kōpi kiṁ tasmin vyaśvasīt?
49 तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।”
yē śāstraṁ na jānanti ta imē'dhamalōkāēva śāpagrastāḥ|
50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,
tadā nikadīmanāmā tēṣāmēkō yaḥ kṣaṇadāyāṁ yīśōḥ sannidhim agāt sa ukttavān
51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्न र त्यसले के गर्छ भनी जान्न अगि न्याय गर्छ र?”
tasya vākyē na śrutē karmmaṇi ca na viditē 'smākaṁ vyavasthā kiṁ kañcana manujaṁ dōṣīkarōti?
52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्ता आउँदैन ।”
tatastē vyāharan tvamapi kiṁ gālīlīyalōkaḥ? vivicya paśya galīli kōpi bhaviṣyadvādī nōtpadyatē|
53 (नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
tataḥ paraṁ sarvvē svaṁ svaṁ gr̥haṁ gatāḥ kintu yīśu rjaitunanāmānaṁ śilōccayaṁ gatavān|