< यूहन्‍ना 7 >

1 अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
Zitatha izi Yesu anayendayenda mu Galileya, ndi cholinga chakuti asafike ku Yudeya chifukwa Ayuda kumeneko amadikira kuti amuphe.
2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
Koma phwando la Ayuda lamisasa litayandikira,
3 यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।
abale a Yesu anati kwa Iye, “Inu muyenera kuchoka kuno ndi kupita ku Yudeya, kuti ophunzira anu akaone zodabwitsa zomwe mumachita.
4 यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”
Palibe wina aliyense amene amafuna kukhala wodziwika amachita zinthu mseri. Popeza Inu mukuchita zinthu izi, mudzionetsere nokha ku dziko la pansi.”
5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे ।
Pakuti ngakhale abale ake omwe sanamukhulupirire.
6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैँ तयार छ ।
Choncho Yesu anawawuza iwo kuti, “Nthawi yanga yoyenera sinafike; kwa inu nthawi ina iliyonse ndi yoyenera.
7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
Dziko lapansi silingakudeni inu, koma limandida Ine chifukwa Ine ndimachitira umboni kuti zomwe limachita ndi zoyipa.
8 तिमीहरू चाडमा जाओ, म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
Inu pitani kuphwando. Ine sindipita tsopano kuphwando ili chifukwa kwa Ine nthawi yoyenera sinafike.”
9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।
Atanena izi, Iye anakhalabe mu Galileya.
10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
Komabe, abale ake atanyamuka kupita kuphwando, Iye anapitanso, osati moonekera, koma mseri.
11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
Tsopano kuphwandoko Ayuda anakamufunafuna ndi kumafunsana kuti, “Kodi munthu ameneyu ali kuti?”
12 त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भिडहरूलाई बहकाउँछ ।”
Pakuti pa chigulu cha anthu panali kunongʼona ponseponse za Iye. Ena ankanena kuti, “Iye ndi munthu wabwino.” Ena ankayankha kuti, “Ayi, Iye amanamiza anthu.”
13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
Koma panalibe amene ankanena kalikonse poyera za Iye chifukwa choopa Ayuda.
14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
Phwando lili pakatikati, Yesu anapita ku bwalo la Nyumba ya Mulungu ndi kuyamba kuphunzitsa.
15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
Ayuda anadabwa ndipo anafunsa kuti, “Kodi munthu uyu nzeru izi anazitenga kuti popanda kuphunzira?”
16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
Yesu anayankha kuti, “Chiphunzitso changa si cha Ine ndekha. Chimachokera kwa Iye amene anandituma.
17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।
Ngati munthu asankha kuchita chifuniro cha Mulungu, adzazindikira ngati chiphunzitso changa nʼchochokera kwa Mulungu kapena ngati ndi mwa Ine ndekha.
18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्‍यक्‍ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
Iye amene amayankhula za Iye mwini amatero kuti adzipezere ulemu, koma amene amagwira ntchito kuti amene anamutuma alandire ulemu, ameneyo ndiye munthu woona; mu mtima mwake mulibe chinyengo chilichonse.
19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
Kodi Mose sanakupatseni lamulo? Komatu palibe ndi mmodzi yemwe mwa inu amene akusunga lamulo. Nʼchifukwa chiyani mukufuna kundipha Ine?”
20 भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”
Gulu la anthu linayankha kuti, “Iwe ndiye wagwidwa ndi ziwanda. Ndani akufuna kukupha?”
21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
Yesu anawawuza kuti, “Ine ndinachita chodabwitsa chimodzi ndipo inu mwadabwa.
22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
Koma, chifukwa chakuti Mose anakulamulani kuti muzichita mdulidwe (ngakhale kuti sunachokere kwa Mose, koma kwa makolo anu), inuyo mumachita mdulidwe mwana tsiku la Sabata.
23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
Tsopano ngati mwana angachite mdulidwe pa Sabata kuti lamulo la Mose lisaswedwe, nʼchifukwa chiyani mukundipsera mtima chifukwa chochiritsa munthu pa Sabata?
24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
Musamaweruze potengera maonekedwe chabe, koma weruzani molungama.”
25 यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?
Pa nthawi imeneyi anthu ena a ku Yerusalemu anayamba kufunsana kuti, “Kodi uyu si munthu uja akufuna kumuphayu?
26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?
Uyu ali apa, kuyankhula poyera, ndipo iwo sakunena kanthu kwa Iye. Kodi olamulira atsimikizadi kuti Iye ndi Khristu?
27 तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ । तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”
Koma ife tikudziwa kumene achokera munthuyu; pamene Khristu adzabwere, palibe amene adzadziwa kumene akuchokera.”
28 त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ ।
Kenaka Yesu, akuphunzitsabe mʼbwalo la Nyumba ya Mulungu anafuwula kuti, “Zoona, mukundidziwa Ine, ndipo mukudziwa kumene ndikuchokera. Ine sindili pano mwa Ine ndekha, koma Iye amene anandituma Ine ndi woona. Inu simukumudziwa,
29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
koma Ine ndikumudziwa chifukwa ndichokera kwa Iyeyo ndipo ndiye amene anandituma Ine.”
30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
Chifukwa cha izi iwo anayesa kumugwira Iye, koma palibe aliyense amene anayika dzanja lake pa Iye, chifukwa nthawi yake inali isanafike.
31 तर भिडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्न‍हरू गर्नुहुनेछ र?”
Komabe, ambiri a mʼchigulucho anamukhulupirira Iye. Iwo anati, “Kodi pamene Khristu abwera, adzachita zizindikiro zodabwitsa zambiri kuposa munthu uyu?”
32 भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पुजारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
Afarisi anamva chigulucho chikunongʼona zinthu zotere za Iye. Kenaka akulu a ansembe ndi Afarisi anatumiza asilikali a mʼNyumba ya Mulungu kuti akamumange Iye.
33 त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
Yesu anati, “Ine ndili ndi inu kwa kanthawi kochepa chabe, ndipo kenaka ndizipita kwa Iye amene anandituma Ine.
34 तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”
Inu mudzandifunafuna koma simudzandipeza; ndipo kumene Ine ndili inu simungathe kubwera.”
35 त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ? के यिनी ग्रिकहरूका बिचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन्?”
Ayuda anati kwa wina ndi mnzake, “Kodi munthu uyu akuganizira zoti apite kuti kumene ife sitingathe kumupeza Iye? Kodi Iye adzapita kumene anthu amakhala mobalalikana pakati pa Agriki, ndi kuphunzitsa Agriki?
36 यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”
Kodi Iye amatanthauza chiyani pamene anati, ‘Inu mudzandifunafuna koma simudzandipeza,’ ndi ‘Kumene Ine ndili, inu simungathe kubwera?’”
37 चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
Pa tsiku lomaliza ndi lalikulu kwambiri laphwando, Yesu anayimirira nafuwula nati, “Ngati munthu ali ndi ludzu, abwere kwa Ine kuti adzamwe.
38 धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
Malemba kuti ‘Aliyense amene akhulupirira Ine, mitsinje yamadzi amoyo idzatuluka kuchokera mʼkati mwake.’”
39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
Ponena izi Iye amatanthauza Mzimu Woyera, amene adzalandire amene amakhulupirira Iye. Pa nthawiyi nʼkuti Mzimu Woyera asanaperekedwe, pakuti Yesu anali asanalemekezedwe.
40 जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।”
Pakumva mawu ake, ena a anthuwo anati, “Zoonadi munthu uyu ndi mneneri.”
41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त?
Ena anati, “Iye ndiye Khristu.” Komanso ena anafunsa kuti, “Kodi Khristu angachokere bwanji ku Galileya?
42 के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र?”
Kodi Malemba samanena kuti Khristu adzachokera mʼbanja la Davide, ndi ku Betelehemu mu mzinda umene Davide anakhalamo?”
43 यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो ।
Kotero anthu anagawikana chifukwa cha Yesu.
44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
Ena anafuna kumugwira Iye, koma palibe amene anayika dzanja pa Iye.
45 त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
Pomaliza asilikali a mʼNyumba ya Mulungu anabwerera kwa akulu a ansembe ndi Afarisi amene anawafunsa iwo kuti, “Kodi ndi chifukwa chiyani simunamugwire Iye?”
46 अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”
Asilikali aja anati, “Palibe wina amene anayankhula ngati Munthu ameneyo nʼkale lonse.”
47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?
Afarisi anawadzudzula nati, “Kodi mukutanthauza kuti Iye anakunamizani inunso?”
48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्?
“Kodi alipo ena a olamulira kapena a Afarisi, anamukhulupirira Iye?
49 तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।”
Ayi! Koma gulu limene silidziwa malamulo ndi lotembereredwa.”
50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,
Nekodimo, amene anapita kwa Yesu poyamba paja ndipo anali mmodzi wa iwo, anafunsa kuti,
51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र?”
“Kodi lamulo lathu limatsutsa munthu popanda kumva mbali yake kuti tipeze chimene wachita?”
52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्‍ता आउँदैन ।”
Iwo anayankha kuti, “Kodi ndiwenso wochokera ku Galileya? Tayangʼananso, ndipo udzapeza kuti mneneri sachokera ku Galileya.”
53 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यूहन्‍ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
Kenaka onse anachoka, napita kwawo.

< यूहन्‍ना 7 >